×

NMB BANK
NIC ASIA

बाली लगाउनुअघि नै नाफा सुनिश्चित गर्ने नीतिबाट किसान हर्षित

जेठ ३, २०७७

NTC
Premier Steels

सरकारले बाली लगाउनुअघि नै किसानको नाफा सुनिश्चित गर्ने नीति लिँदै कृषि पूर्वाधारमा ठूलो लगानी गर्ने घोषणा गरेपछि म्याग्दीका किसान हर्षित भएका छन् । सरकारले शुक्रबार सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा बाली लगाउनुअघि नै किसानको नाफा सुनिश्चित गर्ने उल्लेख भएपछि किसान खुशी भएका हुन् ।

Muktinath Bank

म्याग्दीको बेनी नगरपालिका–२ खबराका व्यावसायिक कृषक चन्द्रबहादुर कार्कीले सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रम व्यवहारमा लागू भए कुनै पनि कृषक निराश हुन नपर्ने दिन आउने बताउनुभयो । अहिलेसम्म सरकारले किसानलाई अनुदान दिने र कृषि उत्पादकत्व बढाउने नाममा तालिम, गोष्ठी र सेमिनारबाहेक अरु केही नगरेको बताउँदै वास्तविक किसानका लागि यसपटक सरकारले राम्रो नीति ल्याएको र व्यवहारमा समेत कार्यान्वयन गर्न आग्रह गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यसैगरी अर्का कृषक शोभित सापकोटाले आगामी १० वर्षमा कृषिको उत्पादकत्व दोब्बर बनाउन आधुनिकीकरण र व्यावसायिक कृषि अभ्यासको योजना ल्याउने सरकारको नीतिले धेरै मानिसको कृषि पेशाप्रति आकर्षण बढ्ने र यो पेशा सम्मानित पेशा हुने बताउनुभयो । सापकोटाले भन्नुभयो, “सरकारले कृषि क्षेत्रका लागि निकै राम्रो र समयानुकूल नीति तथा कार्यक्रम ल्याएको छ । यसले सम्पूर्ण किसानको हित गर्ने देखिन्छ ।”


Advertisment
Nabil box
Kumari

कृषियोग्य भूमिको पूर्ण परिचालन गर्ने, रासायनिक मल र उन्नत जातको बीउको वितरण स्थानीय तहमार्फत गर्ने सरकारको नीति अत्यन्तै उपयुक्त रहेको कृषकले बताएका छन् । सरकारले आधुनिक यन्त्रीकरणमार्फत कृषि उत्पादन बढाउने, स्वदेशी उत्पादन प्रयोगमा जोड दिने, कृषि प्रशोधन केन्द्र खोलेर कृषि उपज निर्यातमा प्रोत्साहन गरिने जनाएको छ ।

Vianet communication

नीति तथा कार्यक्रममा स्थानीय तहमा बीउ, नश्ल सुधार, बजारीकरणको एकाइ बनाइने, कृषि उपजको मूल्य शृङ्खलामा कृषि तथ्याङ्क एकीकृत गरिने, खाद्य स्वच्छता प्रवद्र्धन गर्ने, कृषि भूमिको सदुपयोग गरी भूमि बैंकको व्यवस्था गर्ने र चक्लाबन्दी खेतीमा जोड दिने उल्लेख छ । स्थानीय तहमार्फत करार खेतीमा प्रोत्साहन गर्ने, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परिमार्जन गरेर लागू गर्न र राष्ट्रिय आवश्यकता र स्थानीय उत्पादनको आधारमा ठूलो क्षेत्रमा एकैखाले उत्पादनमा जोड दिने, अन्य परियोजनासँग दोहोरो नपर्ने गरी काम गर्ने नीति पनि सरकारले सार्वजनिक गरेको छ । सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा कृषि क्षेत्रले महत्व पाएकामा कृषक दङ्ग परेका छन् ।

मङ्गला गाउँपालिकाका कृषक सुनिता सापकोटाले बीउ, मल र विषादी स्थानीय तहबाट नै पाउने र उत्पादन गरेका तरकारी तथा फलफूल स्थानीय तहले नै खरिद गरेर बिक्री वितरण गरे मात्र कृषकलाई फाइदा पुग्ने बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले सरकारले कृषि क्षेत्रलाई धेरै नै महत्व दिएको टेलिभिजन हेरेर थाहा पाएँ, टिभीमा भनेझैं हुने हो भने हामीहरु (कृषक)लाई राम्रो हुने थियो ।”

नौ लाख सहयोग

उत्तरी म्याग्दीको रघुगङ्गा गाउँपालिकाले विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस रोकथाम, नियन्त्रण र व्यवस्थापनका लागि स्थापना गरेको कोषमा गाउँपालिकाका कर्मचारी र शिक्षकले रु नौ लाख सहयोग गरेका छन् । गाउँपालिकाभित्रका  शिक्षक र कर्मचारीको बैठकले अधिकृत तहको पाँच दिन बराबर, अन्य कर्मचारीको तीन दिन, गाउँपालिकाभित्रका शिक्षकको तीन दिन र सहयोगी तहका कर्मचारीले एक दिनको तलब गरी रु नौ ९ लाख जम्मा गरेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिए ।

कोषमा गाउँपालिकाको वडा  नं १ मा स्थायी घर भइ हाल हङकङमा बसोबास गर्ने गोविन्द पुनले १५५ बोरा चामल, ३१० केजी नुन, १५५ लिटर तेल सहयोग गर्नुभएको थियो । उक्त खाद्यान्न १, २, ३ ४ नं वडाका असिनापीडित किसानलाई वितरण गरिएको प्रशासकीय अधिकृत सुवेदीको भनाइ छ । कोरोना कोषमा गाउँपालिकाले रु ७१ लाखको कोष स्थापना गरेका छ । उक्त कोषबाट जिल्ला अस्पताललाई आइसोलेसन वार्ड स्थापनाका लागि रु दुई लाख ५० हजार सहयोग गर्ने निर्णयसमेत गरेको छ । ध्रुवसागर शर्मा,रासस

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x