सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर हालै जारी गेरको नक्साअनुसार निशान छाप संशोधनका लागि संविधान संशोधन गर्ने तयारी गरेको छ ।
शुक्रवार बसेको मन्त्रिपरिषद बैठकले संविधान संशोधनको प्रस्ताव दर्ता गर्ने निर्णय गरेको एक मन्त्रीले बताए ।
‘संविधानको अनुसूची ३ मा रहेको निशान छापलाई संशोधन गर्नका लागि संविधान नै संशोधन गर्नुपर्ने भएकाले संशोधन प्रस्ताव पेश गर्ने निर्णय भएको हो,’ ती मन्त्रीले लोकान्तरलाई भने ।
सोमवार बसेको मन्त्रिपरिषद बैठकले नयाँ नक्सा सार्वजनिक गर्ने निर्णय गरेको थियो । बुधवार भूमिसुधार मन्त्रालयले तीनवटै क्षेत्र समेटेर नक्सा जारी गरेको थियो ।
सरकारका नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा बुधवार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले संविधानको अनुसूची संशोधन गर्न अबिलम्व संविधान संशोधन विधेयक संसदमा ल्याउने र सो पारित भएको दिन देशमा दीपालवी हुने विश्वास व्यक्त गरेका थिए ।
लोकान्तर संवाददाता