×

NMB BANK
NIC ASIA

विदेशिएका काभ्रेली ११ हजार ५ सय ८७, थप क्वारेन्टिनको तयारी

जेठ १०, २०७७

NTC
Premier Steels

काभ्रेपलाञ्चोक, १० जेठ (रासस) ःभारतलगायत विभिन्न देशमा ११ हजार ५८७ काभ्रेपलाञ्चोकका नागरिक रहेको तथ्याङ्क प्राप्त भएको छ । सरकारले विदेशबाट नेपाली नागरिक स्वदेश फर्काउने तयारीसँगै जिल्लास्तरीय सङ्कट व्यवस्थापन केन्द्रले विदेशिएकाहरू घर फर्किए अनिवार्य क्वारेन्टिनमा राख्नपुर्ने जनाउँदै क्वारेन्टिनको थप्ने योजनामा जुटेको छ ।
 
काभ्रेपलाञ्चोकका १३ स्थानीय तह तथा संस्थामा ३४२ श्ययाको क्वारेन्टिन व्यवस्थित छन् । कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिम बढ्दै गएपछि व्यवस्थित गरिएका अधिकांश क्वारेन्टिन हाल रित्तिएका छन् । पाँचखाल नगरस्थित क्वारेन्टिनमा चार, धुलिखेल अस्पतालमा ११ र चौँरीदेउराली गाउँपालिकामा १७ जनाको हाल उपचार भइरहेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण जिल्ला कमाण्ड पोष्टले जनाएको छ । अन्य केही क्वारेन्टिनमा बसेकाको दोस्रो परीक्षण तथा क्वारेन्टिन बसाइको समयावधि सकिएपछि घर फर्किएका हुन् ।
 
जिल्लास्तरीय क्वारेन्टिन व्यवस्थित गर्ने तथा भइरहेको क्वारेन्टिन थप व्यवस्थित गर्दै श्यया थप्ने तयारीमा जुटेको केन्द्रका संयोजक एवं प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले बताए । उनले भने, “काभ्रेपलाञ्चोकका विदेशिएका नागरिक फर्किए क्वारेन्टिनमा राख्नपुर्ने भएकाले हामीहरू पूर्वतयारीमा जुटेका हौँ ।” स्थानीय तहमार्फत दोस्रोपटक लिइएको तथ्याङ्कमा भारतलगायत विभिन्न देशमा ११ हजार ५८७ काभ्रेपलाञ्चोकका नागरिक रहेको तथ्याङ्क प्राप्त भएको हो । जसमध्ये एक हजार १२५ भारतमा छन् ।  

Muktinath Bank

गत माघ महिनायता ४५१ विदेशिएका काभ्रेली घर फर्किएको पोष्टले जनाएको छ । जसमध्ये चैत महिनामा मात्रै २५१ घर फर्किएका हुन् । त्यतिबेला २७ देशबाट घर फर्किएका थिए भने भारतपछि दुवईबाट फर्कनेको सङ्ख्या अधिक थियो । यसअघि विदेशबाट घर फर्किएका सबैको कोरोना भाइरस सङ्क्रमण भए÷नभएको स्वास्थ्य परीक्षण भइसकेको पोष्टका सदस्य एवं जिल्ला स्वास्थ्य प्रमुख डा नरेन्द्र झाले बताए । उनका अनुसार विदेशबाट घर फर्किएका केहीबाहेक सबैको स्वास्थ्य परीक्षण गरी होम क्वारेन्टिनमै बसाइएको हो । यससँगै जिल्लामा एक हजार ५१८ को आरडिटी तथा १७२ जनाको पिसीआर प्रविधिबाट परीक्षण भएको छ ।
 
हाल विदेशमा रहेका नागरिकमा पाँचखाल नगरका एक हजार ३२५, नामोबुद्धका एक हजार २१२, मण्डन देउपुरका एक हजार ३६९, धुलिखेलका ९९४, बनेपाका ७३१, पनौतीका ५६४ तथा चौँरीदेउराली गाउँपालिकाका एक हजार ८१, रोशीका ४९३, तेमालका ४१७, भुम्लुका ६३७, महाभारतका ५९७, खोनीखोलाका २१२ र बेथानचोक गाउँपालिकाका ८३० नागरिक छन् ।
 
केन्द्रले स्थानीय तहका प्रमुख, प्रतिनिधि एवं सरोकारवालालाई भेला गराएर सङ्क्रमित जिल्लाबाट आ–आफ्नो तहमा फर्कनेको पिसीआर परीक्षण गरेर मात्रै सम्बन्धित तहले बुझेर लैजाने सहमति गराएको छ । साथै जिल्ला सदरमुकाम धुलिखेल र प्रमुख शहर मानिएको बनेपामा तीन÷तीन सय श्ययाको क्वारेन्टिन व्यवस्थित गरिने तथा अन्य तहमा श्यया बढाइ १०० का दरले क्वारेन्टिन व्यवस्थित गरिने सहमति भएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

धुलिखेल र बनेपामा निर्माण गरिने जिल्लास्तरीय क्वारेन्टिनका लागि भने प्रत्येक नगरपालिकाले रु पाँच लाख र गाउँपालिकाले रु तीन लाख दिनुपर्ने सहमति भएको धुलिखेलका नगरप्रमुख अशोक ब्याञ्जूले बताउनुभयो । उहाँका अनुसार जिल्लास्तरीय क्वारेन्टिनमा रहेकाहरूको कुरुवाका लागि छुट्टै २५ श्ययाको क्वारेन्टिन व्यवस्थित गरिनेछ । काभ्रेपलाञ्चोकमा छ नगरपालिका र सात गाउँपालिका छन् । यस्तै आठ श्ययाको धुलिखेल अस्पतालमा ५० श्ययाको आइसोलेसन कक्ष बनाइने तथा सोही अस्पतालमा हप्ताको दुई दिन मात्रै स्वाब सङ्कलन परीक्षण गर्दै आइएकोमा दैनिकरूपमा गर्ने तयारी भइरहेको जनाइएको छ । 
 


Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x