×

NMB BANK
NIC ASIA

राजश्वमा नोक्सानी पुग्नेगरी ‘एसेम्ब्लिङ’ उद्योग पोस्न केही व्यवसायीको दौडधुप

जेठ ११, २०७७

NTC
प्रतिकार्यात्मक तस्वीर।
Premier Steels

राज्यलाई ठूलो मात्रामा राजश्वमा घाटा पुग्नेगरी केही अटो व्यवसायीहरूले आगामी बजेटमा अटोमोबाइलको ‘एसेम्ब्लिङ’ उद्योगलाई पोस्न चलखेल बढाएको पाइएको छ।

Muktinath Bank

यस्तो चलखेल भैरहेकोबारे जानकार एक सरकारी स्रोतले लोकान्तरलाई दिएको जानकारी अनुसार आउँदो जेठ १५ गते सरकारले ल्याउन लागेको आर्थिक वर्ष २०७७/०७८ को बजेटमा अटोमोबाइलको ‘एसेम्ब्लिङ’ उद्योगलाई पोस्ने दाउपेचमा केही व्यवसायीले सक्रियता बढाएका हुन्। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘केही व्यवसायीले आफ्नो निहित व्यापारीक स्वार्थपूर्तिका लागि अतिरिक्त सक्रियता बढाए पनि उनीहरूको मागलाई बजेटमा समावेश गर्नु हुँदैन,’ ती अधिकारीले लोकान्तरसँग भने, ‘व्यवसायीको प्रभावमा पर्ने हो भने सरकारलाई नै राजश्वमा नोक्सानी पुग्नेछ।’


Advertisment
Nabil box
Kumari

विदेशबाट अटोमोबाइल पार्टस् ल्याएर जडान गरी उत्पादन बनाउने उद्योगलाई ‘एसेम्ब्लिङ’ भनिन्छ। सिद्धान्ततः ‘एसेम्ब्लिङ’ गर्दाको मूल्य सीधैँ आयात गर्दाको मूल्यभन्दा १० देखि २० प्रतिशतसम्म कम हुन आउँछ। तर, अहिले अटो कम्पनीहरूले टुक्रा–टुक्रा गरी ल्याएको अर्थात ‘कम्प्ल्टिली नक डाउन’ (सीकेडी) सवारीसाधन पनि विदेशबाट सीधैँ आयातित सवारीसाधन (कम्प्लिटली बिल्ट युनिट) को बराबर वा त्योभन्दा बढी मूल्यमा आयात गर्दै आएका छन्। 

Vianet communication

‘यसले ‘ब्यालेन्स अफ पेमेन्ट’ नियन्त्रण गर्ने सरकारी प्रयासलाई पनि नकारात्मक प्रभाव पारिरहेको छ’ केही व्यापारीको अस्वभाविक दौडधुपबारे जानकार ती अधिकारीले भने।

सरकारले उद्योगलाई प्रोत्साहन दिने नीतिअनुरुप ‘एसेम्ब्लिङ’ उद्योगलाई अन्तशुल्कमा २५ प्रतिशत छुट दिँदै आएको छ। तर यस्ता उद्योगले सरकारले दिँदै आएको अन्तशुल्क छुटको फाइदा उठाउँदै आफ्नो नाफा मात्र बढाइरहेको आरोप लाग्ने गरेको छ। 

‘त्यसमाथि अहिले ती अटोमोबाइल कम्पनीहरूले कोभिड-१९ को प्रभावमा परेको भन्दै भन्सार कर कम गराउने र अन्तशुल्क छुटलाई पनि बढाउने प्रयास गरिरहेका छन्’ स्रोतले भन्यो, ‘यस्तो नाजायज माग सम्बोधन भयो भने सरकारले पाउँदै आएको राजश्वमा ठूलो ह्रास आउनेछ।’ 

एक तथ्याङ्क अनुसार सवारीसाधन ‘एसेम्ब्लिङ’ उद्योगलाई दिइएको २५ प्रतिशत अन्तशुल्क छुटका कारण चालु आर्थिक वर्षमा मात्र सरकारले १ अर्ब रुपैयाँभन्दा बढी राजश्व गुमाइसकेको छ। 

‘अटो व्यवसायीहरूको मागलाई मानेर अन्तशुल्क छुटको दरलाई यस पटकको बजेटमा बढाउने हो भने भविष्यमा सरकारले अझै धेरै नोक्सानी बेहोर्नुपर्नेछ’ स्रोतले थप्यो। 

कच्चा पदार्थ र उत्पादित वस्तुबीच समान मूल्य संसारको कुनै पनि मुलुकमा हुँदैन। तर नेपालमा भने ‘सीकेडी’ को मूल्य ‘सीबीयु’ सवारीसाधनको मूल्य बराबर वा त्योभन्दा बढी छ। 

‘तसर्थ यस्ता कम्पनीहरूले अस्वभाविक आर्थिक नाफाका लागि मात्र ‘एसेम्ब्लिङ’ उद्योग सञ्चालन गरिरहेको स्पष्ट हुन्छ।’ स्राेतको दाबी छ।

यसका साथै सरकारले उद्योगहरूलाई ट्रेडिङ व्यवसायमाभन्दा २० प्रतिशत कम आयकर लगाउँदै आएको छ। 'एसेम्ब्लिङ’ उद्योगले यो छुटको पनि उपभोग गर्दै आएका छन्। यहाँबाट पनि सरकारले ठूलो आर्थिक क्षति बेहोरिरहेको स्रोतको भनाइ छ।

‘विगतमा पनि सरकारले इलेक्ट्रोनिक्स ‘एसेम्ब्लिङ’ उद्योगलाई कर छुट लगायतमा प्रोत्साहन दिएर ठूलो क्षति व्यहोरिसकेकाले सरकार र सरोकारवालाले यसलाई गम्भीर रुपमा लिनुपर्छ र आगामी बजेटमा यस्तो नाजायज मागको सम्बोधन गर्नुहुँदैन,’ स्रोतले भन्यो। 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x