कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज, संविधान संशोधनको विषय मुख्य एजेण्डा

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक शनिवार (आज) बस्दै छ ।

दिउँसो १ बजे, सानेपा स्थित  पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठकमा संसदमा दर्ता भएको संविधान संशोनको प्रस्तावबारे गहन छलफल हुनेछ । 


Advertisement

कांग्रेसले शनिवारका लागि बैठकको मिटि तोकिएको भन्दै विहीवार नै जानकारी गराएको थियो । 

बैठकमा कांग्रेसले केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुलाई अनिवार्य उपस्थितिका लागि निर्देशन समेत दिएको छ । 


Advertisement

सरकारले हालै जारी गरेको नयाँ नक्सा र निशान छाप परिवर्तनका लागि संविधान संशोधन गरेर जानुपर्ने भएपछि सरकारले बुधवार संविधान संशोधन प्रक्रिया संसदमा शुरू गर्ने कार्यसूची रहेको थियो । तर पछिल्लो समय राष्ट्रिय सहमतिमा मात्रै संविधान संशोधन प्रक्रिया शुरू गरिने भन्दै अन्तिम समयमा संसदको कार्यसूचीबाट सो विषय हटाइएको थियो । 

शनिवारको बैठकमा कांग्रेसले संविधान संशोधनको विषयमा आफ्नो धारणा तय गर्ने छ ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्