बजेट जनताप्रति होइन, कार्यकर्ताप्रति उत्तरदायी छ – कांग्रेस सांसद पन्त

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद डाक्टर डीला संग्रौला पन्तले कर्मचारीको मात्र नभई राष्ट्रपति र प्रधानमन्त्रीको पनि तलब भत्ता कटौती गर्न माग गरेकी छन् ।

सोमवार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले बजेटले विभेद गरेको बताइन् । ‘यो बजेटले कसैको भत्ता काट्ने र कसैको नकाट्ने गरेर विभेद गरेको छ,’ उनले भनिन्, ‘कर्मचारीको तलब भत्ता कटौती हुँदा प्रधानमन्त्री, राष्ट्रपति लगायतकाको भत्ता कटौती गर्नुपर्छ कि पर्दैन ?’


Advertisement

उनले सांसद विकास कोषलाई कोरोना रोकथाम तथा नियन्त्रण कोषमा ल्याउन प्रतिपक्षी दलले आग्रह गर्दा अर्थमन्त्रीले आँखा चिम्लेको आरोप लगाइन् ।  

उनले बजेट अपारदर्शी, असन्तुलित, परम्परागत र संघीयताविपरित रहेको आरोप लगाइन् । ‘यो बजेटले नेपालीलाई आशा दिएको छैन, बजेट कार्यकर्ताप्रति उत्तरदायी छ,’ उनले भनिन् ।


Advertisement

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्