×

NMB BANK
NIC ASIA

व्यवस्थित बन्दाबन्दीको प्रतीक्षामा व्यवसायी

जेठ २५, २०७७

NTC
Premier Steels

कोरोना सङ्क्रमणको जोखिमबाट सुरक्षका लागि जारी बन्दाबन्दी ७४ दिन पुग्दा व्यवसायी तथा उद्यमीहरूले यसबाट निकास खोजिरहेका छन् ।

Muktinath Bank

बन्दाबन्दीले आर्थिक गतिविधि ठप्प हुँदा अर्थतन्त्र नै जोखिममा पर्ने, व्यवसायी टाट पल्टने र सर्वसाधारणलाई हातमुख जोड्नसमेत मुस्किल पर्ने खतरा भएको भन्दै उद्यमी व्यवसायी सरकारबाट बन्दाबन्दीको स्वरूप तत्काल पुनर्विचार गर्ने अपेक्षामा छन् । सरकारले यही जेठ ३२ सम्म बन्दाबन्दीलाई निरन्तरता दिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

निजी क्षेत्रको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घले उद्योग व्यवसाय सञ्चालन गर्न सहज हुनेगरी बन्दाबन्दीको शैली परिवर्तन गर्न यसअघि नै सरकारलाई औपचारिक आग्रह गरिसकेको छ । कतिपय स्थानमा अत्यावश्यकबाहेकका पसल व्यवसाय पनि खुल्न थालिसकेका छन् । कोरोना जोखिममा बच्न आफैँ सुरक्षाको विधि अपनाएर व्यवसाय सञ्चालन गर्ने मनस्थितिमा व्यवसायी पुगिसकेको पछिल्ला घटनाक्रमले देखाउँछ ।


Advertisment
Nabil box
Kumari

नेपाल उद्योग परिसङ्घका पूर्वअध्यक्ष हरिभक्त शर्माका अनुसार अब बन्दाबन्दी भन्दै सबै चिज थाती राख्ने अवस्था छैन । 'निश्चित मापदण्ड अपनाएर सुरक्षाका साथ अब अर्थतन्त्रलाई गति दिनुपर्छ,” उनलेभने, 'यसका लागि सरकारले स्तरीय र उचित मापदण्ड निर्धारण गरेर कम जोखिमयुक्त क्षेत्रलाई सुचारु हुने वातावरण बनाउनैपर्छ ।'

Vianet communication

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ पनि यसमा राजी छन्। उनलेथप्नुभयो, 'पूरै मुलुकलाई अब बन्द अवस्थामा राख्नुहुँदैन, सङ्क्रमण बढी देखिएका भौगोलिक क्षेत्रमा कडाइ गर्ने र अन्य क्षेत्रमा अवस्था सुरक्षित तरिकाले सहज बनाउनुपर्छ ।'

नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष चन्द्रप्रसाद ढकाल पनि बन्दाबन्दीले समस्या स्थगन मात्र गर्ने तर पूरै निदान नगर्ने प्रमाणित भएको बताउँछन् । कोरोनाबाट जोगिन खोज्दा भोकमरीले अझ धेरै मर्नुपर्ने अवस्था आउन लाग्यो,” उनले भने, 'लाखौँलाई बेरोजगार बनाउने, उद्योग व्यवसाय थला पार्ने र न्यूनतम बाँच्ने आधारसमेत कमजोर बनाउने लकडाउनको स्वरूप परिवर्तन गर्नैपर्छ ।'

शर्माले आममानिसलाई घरबाहिर रहँदा अनिवार्य मास्क लगाउने, सामाजिक दूरी कायम गर्ने, हात धुने तथा स्यानिटाइजरको प्रयोग गर्नेमा अझै अभ्यस्त बनाउनुपर्ने आवश्यक रहेको औँल्याउनुभयो । उनलेबन्दाबन्दीको निरन्तरताको सट्टा कोरोना परीक्षणको तीव्रता अपरिहार्य रहेको औँल्याए ।

'कर्मचारी तथा श्रमिकलाई स्वास्थ्य सुरक्षाका लागि पीसीआर परीक्षण गराएर कार्य क्षेत्रमा ल्याउनुपर्ने हुन्छ,” उनी भन्छन्, 'तर परीक्षणको अहिलेको गति र पूर्वाधारले त्यो असम्भवप्रायः जस्तै छ, यसको समाधान सरकारले खोज्नैपर्छ ।'

सरकारले गत महिना उद्योग सञ्चालनका लागि निश्चित मापदण्ड निर्धारण गरेको थियो तर त्यस्ता मापदण्ड कार्यान्वयमा कठिनाइ आएपछि धेरैले उद्योग सञ्चालन गर्न सकेनन् । खासगरी कर्मचारी र श्रमिकलाई आवासीय सुविधा दिन उनीहरूलाई समस्या परेको थियो । बन्द होटलले असहयोग गरेको कतिपय उद्यमीको अनुभव छ । एक जनाका लागि दैनिक न्यूनतम दुई हजार रुपियाँ थप लगानी गर्नुपर्ने अवस्थाले उद्यमी समस्यामा परेका थिए ।

पछिल्लो समय छिमेकी भारतलगायत विभिन्न मुलुकले बन्दाबन्दीको तरिकामा परिवर्तन गर्दै आर्थिक गतिविधि चलायमान बनाउन थालेका छन् । करिब छ दर्जन मुलुककले अन्तर्राष्ट्रिय उडानसमेत सुचारु गरिसकेका छन् । चेम्बरले उद्योग व्यवसाय सहज बनाउन केही तरिका सुझाएको छ । जसअनुसार पसल व्यवसाय बिहान १०ः०० देखि साँझ ५ः३० बजेसम्म खोल्ने, जिल्लाभित्र यातायात शुरू गर्नेलगायतका सुझाव छ ।

बन्दाबन्दीको यो अवधिले व्यवसायीमा नियमित काममा फर्कने बाध्यता र मनोबल दुवै बढेको छ,” श्रेष्ठ भन्नुहुन्छ, 'सिमाना, हवाई सेवा, सिनेमा मनोरञ्जन स्थल, धर्म स्थल, विद्यालयजस्ता क्षेत्रलाई बन्द राखेर अरूलाई विधिसम्मत तरिकाले खोल्नुपर्छ ।' सङ्क्रमण उच्च देखिएका जिल्लाहरूमा भने पूर्ण लकडाउनमै रहनुपर्ने उहाँको सुझाव छ ।  गोरखापत्र दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x