×

NMB BANK
NIC ASIA

संसद्‍मा परराष्ट्रमन्त्रीको जवाफ– चीनसँग त भारतको वार्ता भयो, नेपालसँग नहुनुपर्ने कारण छैन

जेठ २७, २०७७

NTC
Premier Steels

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतसँगको सीमा विवादबारे वार्ताबाटै निकाश हुन्छ भन्ने विश्वासमा सरकारले अन्य विकल्पबारे नसोचेको बताएका छन् । सीमा विवाद समाधान गर्न छिटो वार्ता गरौं भनेर प्रस्ताव गरिएको उनले बताए । 

Muktinath Bank

विनियोजन विधेयकमाथि सांसदहरूले उठएका प्रश्नको मंगलवार प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै मन्त्री ज्ञवालीले चीन र भारतबीच लद्दाखमा धकेलाधकेलको अवस्थालाई सामान्यकरणगरी वार्ता भएकोमा नेपालसँग नहुनुपर्ने कारण नभएको बताएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘हामी पनि अलिअलि अचम्मित पनि भएका छौं, त्यस्तो तनावको बीचमा झण्डै धकेलाधकेलको अवस्थालाई सामान्यीकरण गरी वार्ता हुन्छ भने नेपालसँग नहुनुपर्ने कारण छैन । छिटो गरौं भनेर निरन्तर ताकेता गरेका छौं । हामी आशावादी छौं, मलाई विश्वास छ, वार्ताबाटै निकास हुन्छ भनेर हामी अन्य विषयमा छलफल गरेका छौनौं,’ मन्त्री ज्ञवालीले भने, ‘बनाउन जरुरी छ जस्तो पनि लाग्दैन, किनभने हामीले कुनै अतिरिक्त भौगोलिक आकांक्षा पालेका होइनौं । एक प्रकारले भन्ने हो भने आफ्नै भू–भागमा हामीले हाम्रो हक कायम गर्न खोजेका हौं, सबै तथ्यहरूले यही कुरा भन्छन् ।’


Advertisment
Nabil box
Kumari

मन्त्री ज्ञवालीले नोभेम्बर २ अगाडि छापिएको भारतीय नक्सामा लिम्पियाधुराबाट आएको नदीको नाम काली नदी थियो त्यही सीमा हो भन्ने तथ्यलाई भारतले नमान्नुपर्ने कारण नभएको बताए । ‘थोरै केही अप्ठ्यारा होलान्, छलफलमा कुरा गरौंला । ऐतिहासिक तथ्यलाई स्वीकार्नुभयो भने समस्या समाधान गर्न सकिन्छ,’ मन्त्री ज्ञवालीले भने । 

Vianet communication

त्यसअघि नेपाली कांग्रेसका सांसद नारायण खड्काले अहिलेको अवस्थामा पनि शनिवार चीन र भारतबीच वार्ता भएको प्रसंग कोट्याउँदै नेपाल–भारत वार्ता कहिले हुन्छ भनेर प्रश्न गरेका थिए । 

‘भारत–चीनको सीमा क्षेत्र लद्दाखमा सम्बन्ध तनावपूर्ण भएको छ । दुवै देशले शनिवार वार्ता गरे । नेपाल–भारत सीमाको वार्ता कहिले हुने हो ? नेपालले कहिलेसम्म पर्खिन्छ ? वार्ताबाट भूमि फिर्ता गर्न नसके अरू विकल्प के छन् ?’ उनले भने । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x