कात्तिक २०, २०८०
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
जेठ ३१, २०७७
वीरेन्द्रनगर वडा नं. १३ मा पर्ने करेखोलाको रुप बदलिन थालेको छ ।
२ वर्ष अगाडी यहाँ आफर होम सटे सञ्चालन भएपछि चर्चा परिचर्चा शुरू भएको थियो । चैत ११ गतेभन्दा अगाडि होम स्टेमा खाना खान आउनेको लाइन लाग्ने गरेपनि लकडाउन पछि भने होम स्टेको कारोबार शून्यमा झर्यो । यहि समयमा गाउँमा विकास निर्माणलाई तीव्रता दिने भन्दै नमूना गाउँका अध्यक्ष रचना बाठालगायतको टोली लकडाउनको वास्ता नगर्दै काममा खटियो ।
प्रदेश सभा सदस्य पदमा खड्काले दलित विपन्न लक्षित वर्ग विषेश कार्यक्रम सञ्चालन गर्न यहि गाउँ रोजिन् । त्यसकालागि प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले ४० लाख बजेट विनियोजन गरेको थियो । सांसद खड्काले उक्त गाउँमा रहेका ६६ घर दलित परिवारको आर्थिक स्तर उठाउन कृषि तथा पशुपालनमा लगानी गर्ने योजना बनाइन् । सोही योजना अनुसार घरमा बाख्राका खोर निर्माण, बाख्रा वितरण, भकारो सुधार, लोकल कुखुरा वितरण, तरकारी टनेल निर्माण गर्न उक्त बजेट खर्च गरियो ।
‘यहाँ ६० घरमा पाँच घर बाहेक सबै दलित समुदायका छन् । उहाँहरू सबैको आर्थिक स्तर माथि उकास्न हामीले यहाँ लगानी गर्ने योजना बनाएका थियौं । हाल भएको काम हेर्दा खुशी लागेको छ,’ सांसद खड्का भन्छिन्, ‘उहाँहरूले यो काममा निरन्तरता दिने अपेक्षा गरेको छु ।’
लकडाउनले उकुस मुकुस परेको करेखोलाको मुहार परिवर्तन गर्न यो कार्यक्रम प्रभावकारी भएको अध्यक्ष ठाडाको भनाइ छ ।
‘हाम्रो व्यापार व्यवसाय चौपट भएको थियो । के काम गर्नु, कसरी रोजगारी सिर्जना गर्ने र समाजलाई आर्थिक प्रगतितिर लैजाने भन्नेमा हामीले ध्यान केन्द्रित गर्यौं,’ उनले भनिन्, ‘प्रदेश सरकारको कृषि विकास निर्देशनालयबाट आएको यो बजेटलाई जसरी पनि प्रभावकारी रुपमा कार्यान्वयन गर्नेतिर हामी अहोरात्र खट्यौं । अहिले गाउँमा २३ घरमा बाख्राका खोर तयार भएका छन् । हरेकको घरमा ६ बाख्रा अनुदानमा दिएका छौं । बाख्राको खोर निर्माणका लागि हामीले परिवारको अवस्था हेरेर १३ हजार देखि २८ हजार रुपैंया सम्म दिएका छौं । उहाँहरू सबैले राम्रो खोर बनाउनु भएको छ । थप बाख्रा खरिद गरेर मासुमा आत्मनिर्भर करेखोला निर्माणमा सबैको साथ र सहयोग पाएका छौं ।’
अध्यक्ष ठाडाका अनुसार सोही बजेटबाट सात वटा घरमा तीस हजारका दरले लगानी गरेर भकारो सुधार पनि गरिएको छ । भकारो सुधार गर्न घरमा गाई वा भैंसी पालेको हुनुपर्ने शर्त समितिले राखेको उनको भनाइ छ ।
‘१६ घरमा हामीले २८ वटा लोकल पोथी कुखुरा र दुइ वटा भाले वितरण गरेका छौं । प्रतिघर ४३ हजारका माउ कुखुरा हामीले दिएका छौं । यसबाट भविष्यमा लोकल कुखुरा खोज्न टाढा जानु नपर्ने र बजारको पनि अभाव नहुने हामीले व्यवस्था मिलाएका छौं,’ उनले भनिन्, ‘लकडाउन खुलेपछि हामीले तत्काल होम स्टे सञ्चालन गर्ने र त्यसका लागि आवश्यक पर्ने सबै बस्तु गाउँमै उत्पादन गर्ने योजना बनाएका छौं ।’
उनका अनुसार कार्यक्रमको ८१ हजारका दरले गाउँमा सात वटा टनेल निर्माण गरि तरकारी खेति गरिएको छ । किसानले तरकारी उत्पादन गरी बजारमा विक्री पनि गरिसकेका छन् ।
अहिले गाउँमा खुशी थपिएको छ । हरेक वाख्राको बीमा गरिएको छ । गाउँमा १३० वटा वाख्रा भित्रिएका छन् । ती बाख्राले पाठा पाठी जन्माए भने गाउँको आर्थिक उपार्जनको बाटो खुल्ने र कामका लागि भारत जानैपर्ने बाध्यता अन्त्य हुने सपना सोही गाउँका नन्दकली विकले देखेकि छिन् ।
‘श्रीमान भारत जानु हुन्थ्यो । अब भारतको रोजगारी भन्दा घरमै बसेर बाख्रा पालन र तरकारी खेति गर्ने योजना बनाएका छौं,’ उनले भनिन्, ‘हामीले खोर निर्माणमा केही लगानी गरेका छौं । ६ वटा बाख्रा पाएका छौं । यी बाख्राबाट पर्याप्त आम्दानी हुने अपेक्षासहित अरु बाख्रा पनि थप गर्ने योजना बनाइरहेका छौं ।’
प्रदेश सरकारको ४० लाख लगानी मात्रै भएपनि गाउँलेले कम्तिमा ३० प्रतिशत लगानी थप गरी संरचना निर्माण गरेका छन् । समितिका सचिव यशोदा विश्वकर्माले गाउँमा अब सिंचाईको व्यवस्था आवश्यक भएको बताईन । ‘बाख्रा नुहाउने पोखरी, कम्पोष्ट मल उत्पादन तथा विक्री वितरण, बेसार र अदुवा खेती, टिमुर खेतीका लागि कतैबाट सहयोग पाइन्छ कि भन्ने आशा राखेका छौं,’ उनी भन्छिन्, ‘हामी कसैलाई पनि निराश हुन दिदैंनौं । अर्को वर्ष आउनु होला तपाईले सोचेको भन्दा राम्रो प्रगति गरेर हामी देखाइदिन्छौं ।’
कृषि विकास निर्देशनालय सुर्खेतका प्रमुख चित्रबहादुर रोकायाले काम अपेक्षा भन्दा राम्रो भएको बताए । ‘उहाँहरूले गर्नु भएको काम अत्यन्तै राम्रो छ । हामीले सोचेको भन्दा विल्कुल राम्रो काम भएको मैले अनुगमनका क्रममा देखें,’ उनले भने, ‘सबैले यसरी नै काम गरेको खण्डमा कृषि तथा पशुपालनको क्षेत्रमा कर्णाली उदाहरणीय फड्को मार्ने मैले देखेको छु ।’
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
जेठ ६ गते नेपाल–चीनमैत्री मञ्चद्वारा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुका साथै नेपालले कुनै पनि तत्त्वलाई चीनविरुद्धको गतिविधिमा लाग्न ...
नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...
एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...