×

NMB BANK
NIC ASIA

कर्णालीमा कोरोनाभन्दा भयावह आत्महत्या, लकडाउनको अवधिमा ७९ जनाले फाले ज्यान !

असार १, २०७७

NTC
Premier Steels

कर्णाली प्रदेशमा कोरोनाभाइरस (कोभिड– १९) भन्दा आत्महत्या भयावह बन्दै गइरहेको छ । प्रदेश प्रहरी कार्यालय सुर्खेतको तथ्यांकअनुसार यस्तो देखिएको हो ।

Muktinath Bank

कर्णालीमा जेठ ५ गते दैलेखको आठबीस नगरपालिका वडा नं. १ मा पहिलोपटक कोरोना संक्रमण देखिएको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सरकारले कोरोनाको त्रासका कारण चैत ११ गतेदेखि देशभर लकडाउन जारी गर्‍यो । त्यो अवधिदेखि हालसम्म सुर्खेतका एकजना, डोल्पाका एकजना र दैलेखका एक जनाको मृत्युपछि कोरोना पुष्टि भयो ।


Advertisment
Nabil box
Kumari

उनीहरू सबैको मृत्युमा अन्य रोग पनि कारण रहेपनि संक्रमण पुष्टि भएकाले कोरोनाबाट मृत्यु हुनेकै तथ्यांकमा जोडियो ।

Vianet communication

यही अवधिमा प्रदेशभरिमा आत्महत्या गर्ने क्रम भने रोकिएन ।

प्रदेश प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी प्रहरी उपरीक्षक राजीवबहादुर बस्नेतका अनुसार कर्णालीमा जेठ मसान्तसम्म ७९ जनाले आत्महत्या गरेका छन् । 

‘सुर्खेतमा १६ महिला, ८ बालक र ४ बालिका पाँच गरी ३३ जनाले आत्महत्या गरेका छन् । दैलेखमा ७ पुरुष, ६ महिला र १ बालक तथा एक बालिका गरी १५ जनाले आत्महत्या गरेका छन्,’ उनले भने, ‘रुकुममा २ पुरुष, ४ महिला र १ बालकसहित ७ जना, सल्यानमा १२ पुरुष, ७ महिला र १ बालक गरी २० जना, जुम्लाका २ पुरुष, १ बालक गरी ३ जना र डोल्पामा १ महिलाले आत्महत्या गरेका छन् ।’

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्ती मगरकाअनुसार चैत १२ गते देखि हालसम्म ३६ जनाले सुर्खेतमा आत्महत्या गरेका छन् ।

‘यो अवधिमा १४ जना पुरुष, ६ जना महिला र ९ जना बालबालिकाले झुण्डिएर आत्महत्या गरेका छन् । ६ जना पुरुष र १ महिलाले विष सेवन गरी आत्महत्या गरेका छन्,’ उनले भने, ‘कोही गरीबीका कारण, कोही मानसिक तनावका कारण तथा कोही चेतनाको अभावका कारण आत्महत्या गर्ने अवस्थामा पुगेको देखिन्छ,’ उनले भने ।

सबैभन्दा पहिले हरेक व्यक्ति आफैं मर्नु हुँदैन भन्नेबारे सचेत हुनुपर्ने उनी बताउँछन् । ‘मानिस सबैभन्दा सचेत प्राणी हो । आफूले आफैंलाई मार्नु हुँदैन भन्ने थाहा पाउनु पर्ने हो,’ उनी भन्छन्, ‘जनचेतनामूलक कार्यक्रम गर्न जरुरी छ । मैले के गर्न हुने के नहुने भन्नेमा हरेक व्यक्तिले ख्याल राख्नुपर्ने मैले देखेको छु ।’

१४ बालबालिकाले गरे आत्महत्या

लकडाउनको अवधिमा १४ जना बालबालिकाले आत्महत्या गरेका छन् । बालबालिकाले आत्महत्या गर्नुको स्पष्ट कारण खुल्न नसकेको प्रहरी स्रोत बताउँछ ।

‘कोही प्रेममा असफल भएको, कसैलाई बुवाआमा रिसाएको कारण आत्महत्या गर्ने गरेको विगतमा देखिएको छ । अहिले यी घटनामा के कारणले आत्महत्या गरेका हुन् भन्ने कुरा विस्तारै खुल्दै जाला,’ एक प्रहरी अधिकारीले भने, ‘अभिभावकले उचित शिक्षा नदिएका कारण बालबालिकाले आत्महत्या गरिरहेका छन् ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x