×

NMB BANK
NIC ASIA

कर्णालीकी मन्त्री केसीको बजेट सक्ने काइदा : कानूनबाहिर गएर धमाधम कार्यविधि निर्माण !

असार ३, २०७७

NTC
Premier Steels

कर्णाली प्रदेश सरकारकी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले ऐनभन्दा बाहिर गई धमाधम कार्यविधि निर्माण गरेर बजेट खर्च गरेको देखिएको छ ।

Muktinath Bank

प्रदेश सरकारले सदनबाट पारित भएको आर्थिक विनियोजन ऐनअनुसार कार्यविधि बनाई बजेट खर्च गर्नुपर्नेमा बजेट भाषणमा टेकेर मन्त्री केसीले ४३ वटा कार्यविधि, नियमावली निर्माण गरी बजेट खर्च गरेको खुलेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मन्त्री केसीले बजेट सक्नका लागि एकैदिन १२ वटासम्म कार्यविधि निर्माण गरी जारी गरेकी छन् । उनले २०७५ मंसिर ५ गते १२ वटा कार्यविधि वार्षिक कार्यक्रमअनुसार भन्दै जारी गरेकी हुन् ।


Advertisment
Nabil box
Kumari

एक वडा एक कृषि/पशु सेवा प्राविधिक व्यवस्थापन कार्यविधि, कृषिजन्य वस्तु प्रशोधन केन्द्र निर्माण तथा सञ्चालन कार्यविधि, कृषि हाटबजार तथा कृषि उपज संकलन केन्द्र निर्माण तथा सञ्चालन कार्यविधि, चौँरी गाई स्रोत केन्द्र/सामूहिक चौँरी गाई पालन कार्यक्रम कार्यान्वयन कार्यविधि, लागत सहभागितामा सञ्चालन गरिने पशु सेवा कार्यक्रम कार्यान्वयन कार्यविधि मंसिर ५ गते नै जारी गरिन् ।

Vianet communication

 

यस्तै, सहकारी नमूना गाउँ (स्थापना, सञ्चालन र व्यवस्थापन) कार्यविधि, ग्रामीण कृषि सडक निर्माण तथा मर्मतसम्भार कार्यविधि, व्यावसायिक फलफूल प्रबद्र्धन कार्यक्रम सञ्चालन कार्यविधि, लागत साझेदारीमा सहकारी संस्थाले कार्यसम्पादन गर्नेसम्बन्धी कार्यविधि, कृषि सिँचाई कार्यविधि, कर्णाली प्रदेश बेरोजगार युवाहरूको समूहमार्फत् सामूहिक पशुपन्छी पालन कार्यक्रम कार्यान्वयन कार्यविधि र कृषि पकेट क्षेत्र सञ्चालन कार्यविधि जारी गरेकी हुन् ।

२०७६ पुस २४ गते मन्त्री केसीले ५ वटा कार्यविधि जारी गरेकी छिन् । न्यूनतम मूल्य सर्मथन पाइलटिङ कार्यक्रम कार्यान्वयन कार्यविधि, कृषि मेला महोत्सव प्रदर्शनी सञ्चालन तथा व्यवस्थापन कार्यविधि, अर्ग्यानिक कृषि मिसन कार्यक्रम सञ्चालन निर्देशिका र अर्ग्यानिक कृषिसम्बन्धी शोधपत्र अनुसन्धान सहयोग उपलब्ध गराउनेसम्बन्धी कार्यविधि जारी गरेकी छिन् । 

मन्त्री भएको साढे दुई वर्षभन्दा बढी भएपनि उनले वैधानिक रूपमा सदनबाटै आवश्यक ऐन पारित गराउनुको साटो चोर बाटोबाट धमाधम कार्यविधि बनाउने र बजेट कार्यान्वयनमा लैजाने गरेको पाइएपछि सदनको आवश्यक काम के हो भन्ने प्रश्न उठेको छ ।

आर्थिक वर्ष २०७६/०७७ को सेवा र कार्यहरूका लागि कर्णाली प्रदेश सञ्चिती कोषबाट व्ययभार हुने रकम विनियोजन गर्ने र सो रकम खर्च गर्ने अधिकार दिन वाञ्छनीय भएको बताउँदै २०७६ असार २९ गते कर्णाली सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभाबाट पारित भएको थियो ।

उक्त ऐनको दफा ८ मा कार्यविधि तथा मापदण्ड बनाउन सक्ने अधिकार प्रदेश सरकारलाई दिइएको छ ।

उपदफा (१) मा यस ऐनको कार्यान्वयन गर्न प्रदेश सरकारले आवश्यक कार्यविधि तथा मापदण्ड बनाउन सक्नेछ, सोही दफाको उपदफा (२) मा उपदफा (१) बमोजिमको कार्यविधि तथा मापदण्ड प्रदेश राजपत्रमा प्रकाशित गरिने उल्लेख छ, तर मन्त्रालयले यी राजपत्रहरू स्वेच्छाचारी ढंगले निर्माण गरेको पाइएको छ भने प्रदेश राजपत्रमा कुनैपनि कार्यविधि प्रकाशित गरिएको छैन ।

कार्यविधि निर्माण गर्ने अधिकार प्रत्यायोजित ऐनले प्रदेश सरकारलाई दिएको छ तर मन्त्री केसीले उक्त अधिकार हातमा लिई कार्यविधि बनाएको पाइएको छ ।

प्रदेश सभाका प्रमुख प्रतिपक्षी दलका नेता जीवनबहादुर शाहीले मन्त्री केसीलाई कार्यविधि बनाउने अधिकार नै नभएको बरू ‘नपाएको पगरी बेरेको’ बताए । 

‘विधिविपरीत छ, कानूनको खिल्ली उडाएको मैले महसूस गरेको छु,’ उनले भने, ‘मनलाग्दी, स्वेच्छाचारीरूपमा अघि बढ्ने अधिकार सरकारलाई छैन । हामी काम नगर्नुस् भन्दैनौं । काम गर्ने हो तर कानूनीरूपमा वैधानिक बाटोबाट काम गर्न आवश्यक छ ।’ 

सत्ता हातमा छ भन्दैमा जे पायो त्यही निर्माण गर्दै अघि बढ्ने परम्परा बसाल्न नहुने उनको भनाइ छ ।

‘उहाँहरूले कार्यविधि निर्माणको आधार बजेट वक्तव्यलाई लिनुभएको छ । बजेटमा आयो भन्दैमा कार्यान्वयन गर्ने हो भने सदन बारम्बार किन बसाल्ने ? बजेट पास गर्ने अनि संसदहरूलाई घर पठाइदिए भैगो नि त ?’

उनले भने, ‘हिउँदे अधिवेशन बस्नुको कारण नै सरकारलाई आवश्यक पर्ने कानून बनाउन र सरकारलाई बजेट कार्यान्वयनका कठिनाई समाधान गर्नु हो ।’

उनले सरकारले गरेका यस्ता कामहरू गैरजिम्मेवार भएको बताए । संविधानविद् विपिन अधिकारीले कुनैपनि कानून राजपत्रमा प्रकाशित गर्नुपर्ने अनिवार्य शर्त रहेको बताए । 

‘लुकिछिपी होइन, कानून सार्वजनिक गरेर मात्रै काम गर्ने प्रचलन छ, कुनैपनि कानून राजपत्रमा प्रकाशित अनिवार्य हुन्छ,’ उनले भने, ‘यदि राजपत्रमा प्रकाशित भएको छैन भने त्यो कानून नै होइन । यदि कसैले कानूनलाई सार्वजनिक गरेको छैन । चाहेको बेलामा यो कानून भन्छन्, नचाहेको बेलामा अर्को कानून भन्छन्, छक्क्याए त्यसअनुसार हाम्रो ढाड भाँच्ने गरी दायित्वको सिर्जना गरे भनेर अदालत गए भने अदालतले प्रकाशित नभएको कानूनअन्र्तगत दायित्व निर्वाह नगराउनु भनेर आदेश गरिदिन्छ ।’

यसबारेमा कुरा गर्दा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीले मन्त्रालयका सचिवसँग कुरा गर्न भनिन् ।

मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माले फोन उठाएनन् ।

 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ५, २०८०

संसदीय लोकतन्त्रलाई आदर्श मान्ने नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवादेखि नयाँ दलको रूपमा उदाएको रास्वपाका सांसद स्वर्णिम वाग्ले तथा शिशिर खनालसम्मले महिनामा एकदिन पनि हाजिरी नग...

मंसिर १५, २०८०

धनुषाको शहीदनगर नगरपालिकाका तत्कालीन शिक्षा संयोजक धनेश्वर यादवले झण्डै २ करोड पेस्की लिएर विभिन्न कार्यक्रमका नाममा नक्कली बिल भर्पाइ पेस गरि अनियमितता गरेको पाइएको छ । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका...

पुस २, २०८०

कार्यक्रम : राष्ट्रपति, उपराष्ट्रपतिसहित भीभीआईपीहरूको लर्को लागेको एउटा भव्य विवाह समारोह । ​ मिति : २०८० साल, मंसिर २९ गते, शुक्रवार​ स्थान : गोकर्ण रिसोर्ट, काठमाडौं । (पाँच तारे स्तरको डिलक्स रिसोर्ट) ...

मंसिर १८, २०८०

प्रत्येक भाषणमा पारदर्शिता र सुशासनको गफ लगाउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सचिवालयलाई निकै जम्बो बनाएको पाइएको छ । परिवारका सदस्यदेखि आफूनिकटका व्यक्ति समेत झन्डै ३ दर्जन बढीलाई निय...

चैत ७, २०८०

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अनियमितता प्रकरणमा समेत अर्थमन्त्री वर्षमान पुनको भूमिका शंकास्पद देखिएको छ । २०६८ सालमा अर्थमन्त्री रहेका बेला पुनले प्रचलित कानून, विधि र मापदण्डविपरीत विमानस्थल ...

मंसिर २०, २०८०

नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)का प्रिन्सिपल रामकैलाश बिछाको स्नातकोत्तरको शैक्षिक प्रमाणपत्र नक्कली रहेको आरोप त्यहाँ कार्यरत शिक्षकहरूले लगाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x