×

NMB BANK
NIC ASIA

गाउँपालिकाबाट ११० प्रकारका औषधि निःशुल्क दिने नीति

असार १७, २०७७

NTC
Premier Steels

बाजुराको गौमूल गाउँपालिकाको सातौं गाउँ सभाले सबै वडामा रहेका स्वास्थ्य संस्थाबाट ११० प्रकारका औषधि निःशुल्क दिने नीति अघि सारेको छ ।

Muktinath Bank

गाउँपालिकाका सातौं गाउँ सभाको बजेट र कार्यक्रमबाट सो नीति पास गरिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्वास्थ्य क्षेत्रलाई प्रभावकारी बनाउनाका साथै स्थानीय सरकारले पहिलोपटक ११० प्रकारका औषधि निःशुल्क गर्ने गरी नीति पारित गरिएको गाउँपालिका उपाध्यक्ष सीता थापाले जानकारी दिए । 


Advertisment
Nabil box
Kumari

प्रत्येक वडाका टोलमा बुबा समूह गठन गरी स्वास्थ्य शिक्षालाई बढी प्रभावकारी बनाइनेसमेत नीति पारित गरिएको थापाको भनाइ छ । हरेक टोलका स्वास्थ्य आमा समूहलाई स्वास्थ्यसम्बन्धी सचेतनामूलक तालिम दिइने भएको छ ।

Vianet communication

अन्य स्वास्थ्य संस्थामा ४० प्रकारका औषधि निःशुल्क वितरण गरिने भए पनि गौमूल गाउँपालिकाले ११० प्रकारका औषधि निःशुल्क वितरण गर्ने गरी गाउँ सभाले नीति पारित गरेको अध्यक्ष हरिबहादुर रोकायाले बताए ।

स्वास्थ्यकर्मीलाई चौबिसै घण्टा स्वास्थ्य सेवाका लागि उपस्थित गराउने र त्यसका लागि स्वास्थ्यकर्मीलाई संस्थामै आवासको व्यवस्था गरी जनतामैत्री बनाइने अध्यक्ष रोकायाले बताए । प्रसूति केन्द्र सुदृढ गर्दै घरमा हुने सुत्केरी तथा शिशु मृत्युलाई शून्यमा झारी गाउँपालिकालाई संस्थागत सुत्केरी पालिका घोषणा गरिने भएको छ भने शिशु मृत्यु दरलाई शून्यमा झार्ने प्रयत्न गरिने कार्यक्रम अघि सारिएको छ ।

वास्तविक तथ्यांकका आधारमा खोपको शतप्रतिशत पोषणा र सुरक्षित मातृत्व कार्यक्रम ९० र परिवार योजना कार्यक्रम ४० प्रतिशतभन्दा माथि पुर्‍याएर हजार दिनको अवधिमा आमा तथा बच्चाको स्याहारका लागि घरपरिवार तथा पुरुषको सहभागितामा वृद्धि गरी महिनावारी तथा सुत्केरी भएको बेला महिलालाई बिनाभेदभाव पोषिलो खानेकुरा दिने अभियान सञ्चालन गरेर घरपरिवारबाट शुभारम्भ गरिने गाउँपालिकाले नीति लिएको छ ।

स्वास्थ्य बुवा समूह गठन गरी स्वास्थ्य सचेतना, स्वास्थ्य गतिविधिबारे जानकारी दिने, समुदायमा रहेका रोगीहरूको निगरानी गर्ने गरी गठन गरिने स्वास्थ्य शाखा प्रमुख हरिशचन्द्र विकले बताए ।

नेपाल सरकारले स्वास्थ्य चौकीमा ३९, प्राथमिक. स्वास्थ्य केन्द्रमा ५८, अस्पतालमा ७० प्रकारका औषधि निःशुल्क रुपमा दिने प्रावधान रहेको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका वरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले बताए । यसअघि गाउँपालिकाले मदिरा व्यवस्थापनदेखि अन्य जनहीतका निर्णय गर्दे आएको छ । – गंगराज पण्डित/रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x