×

NMB BANK
NIC ASIA

सांसद विकास कोषबाट जुम्लामा ‘नमूना स्याउ बगैँचा’

असार १८, २०७७

NTC
Premier Steels

जुम्लाका सांसद गजेन्द्रबहादुर महतको सांसद विकास पूर्वाधार कोषको आगामी वर्षको सम्पूर्ण बजेट नमूना स्याउ र ओखर बगैँचामा लगानी गरिने भएको छ ।

Muktinath Bank

टुक्रे योजनाले खासै परिवर्तन नहुने भन्दै सांसद महतले ‘नमूना बृहत् स्याउ तथा ओखर बगँैचा’ बनाएर पूरै बस्तीलाई नै समेट्ने गरी एक वर्षको सांसद विकास पूर्वाधारको सबै बजेट प्रयोग गरिने सांसद महतले बताए।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

    बृहत् बगैँचाका लागि कृषि क्षेत्र तथा पशुपक्षी विज्ञ, कृषि अनुसन्धान विज्ञहरुसँग राय सल्लाहसमेत मागिएको छ ।


Advertisment
Nabil box
Kumari

प्रधानमन्त्री कृषि आधुनिकीकरण स्याउ सुपरजोन कार्यालयको सहजीकरणमा सुपरजोनसहित कृषि विकास कार्यालय, कृषि अनुसन्धान केन्द्र, उच्च पर्वतीय कृषि अनुसन्धान प्रतिष्ठान, पशुपालन तथा भेटेरिनरी अस्पताल, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, भेडाबाख्रा केन्द्र गुठिचौरका प्रमुखहरुको सहभागितामा बृहत् चक्लाबन्दी बगैँचाका लागि कसरी अगाडि बढ्ने, प्राविधिक विषयहरु के के हुन् र कसरी सफल हुने भन्ने विषयमा छलफल गरिएको छ ।

Vianet communication

यहाँको तातोपानी गाउँपालिकाको गौतमबाडादेखि डाँगीवाडासम्मको जमीनलाई घेरबार, सिँचाइदेखि संरक्षण गरी नमूना उत्पादन क्षेत्र बनाइने सांसद महतले जानकारी दिए । 

 छलफलमा कृषि अनुसन्धान केन्द्र राजिकोटका प्रमुख राजकुमार गिरीले गुणस्तरीय कलमी व्यवस्थापन, सिँचाइदेखि प्राविधिक विषयमा बढी ध्यान दिने हो भने स्याउ बगैँचा उत्तम हुने बताए । कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटाले बगैँचा क्षेत्रको जग्गालाई २० वर्षका लागि लिजमा लिनुपर्ने, स्वादिष्ट र उन्नत जातको स्याउ रोप्नुपर्ने, बगैँचा क्षेत्रमा ‘एप्पल कटेज’ समेत योजना बनाइनुपर्ने सुझाव दिए। 

    पशुसेवा तथा भेटरिनरी अस्पतालका प्रमुख गोविन्द महतले बगैँचा क्षेत्रमा पशुपालनको प्याकेज पनि थपे राम्रो हुने बताए । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख अमित भुषण सुमनले स्याउका परिकार बनाउने कुरामा लागनी आवश्यक रहेको बताए ।

उच्च पर्वतीय कृषि अनुसन्धान प्रतिष्ठानका निर्देशक डा तीर्थ रिजालले जुम्ला प्रकृतिको वरदानका साथै कृषिको सम्भावित क्षेत्र भएकाले अनुसन्धानलाई जोड दिएर अगाडि बढ्न सूझाव दिए। उहाँले अहिले मार्सी धानको विकल्पमा चन्दननाथ १ को अनुसन्धान भइसकेको बताए ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

बैशाख २०, २०८१

काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

बैशाख १८, २०८१

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमा दिन मनाइँने बुद्धजयन्ती एवं लुम्बिनी दिवसको तयारी शुरू भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयअन्तर्गत रहेको लुम्बिनी विकास कोषले बुद्धजयन्ती एवं लुम्बिनी दिवसका रुपमा...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x