कार्यालय सहयोगी घुससहित अख्तियारकाे फन्दामा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको  कार्यालय हेटौंडाले घुस लिएको अभियोगमा एक जना कार्यालय सहयोगीलाई पक्राउ गरेकाे छ।

अख्तियारले घरेलु तथा साना उद्योग कार्यालय बाराका  कार्यालय सहयोगी खेमराज चौधरीलाई कार्यालयकै परिसरबाट  १० हजार घुस रकमसहित  पक्राउ गरेकाे जनाएकाे हाे।


Advertisement

होटल सञ्चालनका लागि अनुमतिपत्र बनाई दिन सहयोग गर्ने भन्दै  कार्यालय सहयोगी चौधरीले उक्त रकम मागेकाले उनलाई पक्राउ गरिएको बताइएको छ।

पक्राउ परेका कार्यालय सहयोगी चौधरीलाई आवश्यक अनुसन्धान र कारवाहीका लागि  अख्तियार दुरुपयोग अनुसन्धान केन्द्रीय कार्यालय काठमाडौँ पठाइने तयारी भइरहेको आयोगको कार्यालय  हेटौँडाका सूचना अधिकारी  शिवराज रेग्मीले जानकारी दिए।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्