जनताले कांग्रेसलाई पाँच वर्ष प्रतिपक्षीय भूमिका रहने म्यान्डेट दिएका हुन्- गगन थापा

फाइल फोटो।

नेपाली कांग्रेसका नेता गगन थापाले सत्तासिन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको द्वन्द्वमाथि टिप्पणी गरेका छन्।

थापाले आइतबार राति माइक्रोब्लक ट्वीटरमा कांग्रेससँगको सामिप्यता देखाएर नेकपाभित्रको गुटको विवादमा एक अर्कालाई तर्साउने धन्दामा लाग्नु मतादेशको अवमूल्यन रहेको बताएका हुन्।


Advertisement

उनले जनताले कांग्रेसलाई पाँच वर्ष प्रतिपक्षीय भूमिमा रहने म्यान्डेट दिएको पनि स्मरण गराएका छन्। थापाले लेखेका छन्, ‘जनताले ५ वर्ष नेकपालाई सरकार चलाउन र कांग्रेसलाई सवल प्रतिपक्षीय भूमिकामा रहने म्याण्डेट दिएका हुन्।यसमा हामी स्पष्ट छौं।'

 


Advertisement

जनताले ५ बर्ष नेकपालाई सरकार चलाउन र कांग्रेसलाई सवल प्रतिपक्षीय भुमिकामा रहने म्याण्डेट दिएका हुन।यसमा हामी स्पष्ट छौं।कांग्रेससँगको सामिप्यता देखाएर नेकपा भित्रको गुटको विवादमा एक अर्कालाई तर्साउने धन्दामा लाग्नु मतादेशको अबमुल्यन हो।
प्रवृति फेर,धन्दा छोड।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्