×

NMB BANK
NIC ASIA

हिजो दिनभर : नेपालमा कोरोना संक्रमितकाे संख्या साढे १५ हजार नाघ्याे, ढलबाट कोभिड-१९ को सङ्क्रमण फेला परेको प्रमाण छैन : स्वास्थ्य मन्त्रालय

असार २२, २०७७

NTC
Premier Steels

नेकपामा सहमतिको खाका बनाउने जिम्मेवारी दोस्रो वरीयताका नेतालाई 

Muktinath Bank

पार्टीभित्र देखिएको विवाद समाधानका लागि सहमतिको प्रयास खोज्न अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'ले दोस्रो वरीयताका नेतालाई जिम्मा लगाएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

औपचारिक कार्यदल गठन नगरी सहमतिको खाका बनाउन नेताहरुलाई जिम्मेवारी दिइएको नेकपा स्रोतले बतायो ।


Advertisment
Nabil box
Kumari

अध्यक्ष ओली र प्रचण्डबीच आइतवार भएको बैठकमा सहभागी सहयोगी नेताहरुलाई सहमतिको खाका ल्याउन निर्देशन दिइएको हो । ‘कार्यदल बनेको होइन, सहमतिको खाका ल्याउन नेताहरुलाई आग्रह गरिएको हो,’ स्रोतले भन्यो ।

Vianet communication

सोमवार बस्ने दुई अध्यक्षको बैठकअघि महासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्य शंकर पोखरेल तथा जनार्दन शर्मा र वर्षमान पुनले छलफल गरेर सहमतिको खाका ल्याउने छन् । सोमवार बस्ने स्थायी कमिटी बैठक अघि ओली र प्रचण्डबीच पुनः छलफल गर्ने सहमति भएको छ ।

दुई अध्यक्षको वार्तामा सहभागि जनार्दन शर्माले आइतबारकाे बैठक सकारात्मक रहेको प्रतिक्रिया दिएका थिए ।

शुक्रवारको बैठकमा प्रचण्डले आलोपालो सरकारको नेतृत्व गर्नेगरी २०७५ जेठ २ गते भएको सहमतिमा फर्किन प्रस्ताव गरेका थिए भने ओलीले प्रचण्डलाई कार्यकारी अध्यक्ष बनाउने २०७६ मंसिरको प्रस्तावलाई थप व्याख्या गरेर जान प्रस्ताव गरेका थिए ।

एकैदिन २ सय ९३ कोरोना संक्रमित थपिए, संक्रमितकाे संख्या साढे १५ हजार नाघ्याे 

नेपालमा पछिल्लो २४ घन्टामा २ सय ९३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार मुलुकभरीका २५ प्रयोगशालामा गरिएको परीक्षणमा २ सय ९३ जनामा संक्रमण देखिएको हो।

यससँगै संक्रमितको संख्या १५ हजार ७ सय ८४ जना पुगेको छ। आइतबार मात्र १ सय ३२ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन्।


प्रणाली नै ह्याक गरी निजी खातामा पैसा जम्मा गरेकाे खुलासा, नेपाल बैंकका तत्कालीन शाखा प्रबन्धकविरुद्ध भ्रष्टाचार मुद्दा 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल बैंकको प्रणाली नै ह्याक गरी भ्रष्टाचार गरेको अभियोगमा तत्कालीन शाखा प्रबन्धकविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

नेपाल बैंकको डिल्लीबजार शाखाका तत्कालीन प्रबन्धक भूपराज कोइरालाले बैंकमा जम्मा गर्नुपर्ने व्याजसमेत आफ्नो निजी खातामा जम्मा गरेको, बैंकिङ प्रणालीमा प्रयोग गरिने व्यक्तिगत टेलर आइडी र अन्य प्राविधिक प्रणालीको दुरुपयोग गरी ५४ लाख ८४ हजार ४५ बराबरको  रकम दुरुपयोग गरेको पाइएको छ।

बैंकिङ कार्यालयको हिसाब अनधिकृतरुपमा खर्च गरी सरकारी स्रोतको दुरुपयोग गरेको अनुसन्धानबाट खुलेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए। आयोगले आरोपी कोइरालाले हानि नोक्सानी पु-याएको रकम असुल गरी हदैसम्मको कारवाहीको माग गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरिएको हो। 

ढलबाट कोभिड-१९ को सङ्क्रमण फेला परेको प्रमाण छैन : स्वास्थ्य मन्त्रालय 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले फोहर पानीको ढलमा कोभिड- १९ को सङ्क्रमण देखिएको प्रमाण कहीँकतै फेला नपरेको बताएको छ । 

आइतबार मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले ढलको पानीमा कोभिड-१९ को भाइरसको पहिचान भए पनि यसको माध्यमबाट मानिसमा भाइरस सार्नसक्ने सम्भावना अध्ययनले पुष्टि नगरेको बताए। 'हालै राजधानीको ढलको पानी नमूना परीक्षण गर्दा कोभिड- १९ को सङ्क्रमण देखिएको भन्ने दाबीप्रति ध्यानाकर्षण भएको छ,' उनले भने, 'विश्वमा अन्यत्र भएको अध्ययनले कोभिड-१९ को सङ्क्रमित भएको अवस्थामा वा निको भएपछि पनि ढलका कोभिड-१९ को व्यक्तिको भाइरसको टुक्राटाक्री भेटिएको देखिन्छ जुन सामान्यतया रोग सार्ने खालको हुँदैन ।'

ढलको पानीमा कोभिड-१९ को सङ्क्रमणको सम्भावना र अन्य सङ्क्रमण रोगका किटाणु प्रशस्त मात्रामा हुने हुनाले ढलको फाेहोर पानीको भने उचित प्रशोधन र व्यवस्थापन हुनु आवश्यक रहेको उनको भनाइ छ । मन्त्रालयका प्रवक्ता डा गौतमले ढलको पानीमा कोभिड– १९ को अंश भेटियो भन्दैमा समुदायमा सङ्क्रमण फैलिएर जटिल अवस्था सिर्जना भएको भन्न नमिल्ने बताए।

'ढलमा हाल केकस्ता भाइरस भेटिएका हुन त्यसको आधिकारिकताको थप अध्ययन नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सहयोगमा मन्त्रालयले गर्नेछ,' उनले भने, 'ढलको पानीमा भाइरस देखियो भन्दैमा कुनै पनि व्यक्ति नआत्तिन र नडराउन अनुरोध गर्दछौँ।'
 
उनका अनुसार विभिन्न अध्ययन अनुसन्धानले कोभिड-१९ भाइरस सामान्य तापक्रमको पानी, क्लोरिन जस्तो जिवाणुनाशक औषधि राखिएको फोहर पानीमा वा अस्पतालबाट निस्कने ढलको पानीमा पनि दुई दिनसम्म बाँच्ने देखिएको छ । 

ढलको पानीमा आधारित इपिडिमियोलोजी विधिले ढलमा रहको पानीका माध्यमबाट मानिसमा कोरोना भाइरस फैलिन्छ भन्ने विषय नभई सो पानीमा रहेको जीवाणु र विषाणुको पहिचान तथा मात्रा तय गरी त्यसका आधारमा समुदायमा सङ्क्रमणको अवस्था बुझ्न सकिने उनको भनाइ थियो । 

प्रवक्ता डा. गौतमका अनुसार कोभिड– १९ को सङ्क्रमण हुने मुख्य दुई माध्यमले सर्ने गर्दछ। तीमध्ये पहिलो श्वासप्रश्वासका माध्यमबाट सङ्क्रमति व्यक्तिले हाँछ्यु वा खोक्दा नजिकमा रहेका व्यक्तिलाई छिटाका माध्यमबाट सर्ने गर्दछ ।
 
त्यस्तै सङ्क्रमित व्यक्तिको हातले कुनै वस्तु छोएमा त्यस्तो वस्तुमा भाइरस केही घण्टा जीवित हुने गर्दछ र त्यही व्यक्तिले छोएको ठाउँमा अन्य व्यक्तिले छुँदा, छोएको हातले मुख, नाक र आँखामा लैजादा भाइरस सर्ने बताइन्छ ।  

विपक्षीसँगकाे साँठगाँठमा कम्युनिष्ट पार्टीको भविष्य अन्धकारतर्फ धकेल्ने कुकर्म नहोस्- नेता रावल 

सत्तासीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य भीम रावलले राजनीतिलाई सत्ताको फोहोरी खेल नतुल्याउन आग्रह गरेका छन्।

नेकपाभित्रको शक्ति संघर्षका कारण पार्टी नै विभाजनको जोखिममा रहेको आकलन भइरहेका बेला पूर्वमन्त्री समेत रहेका रावलले ‘राजनीतिलाई सत्ताको फोहोरी खेल तुल्याउने विगतका विकृति फेरि शुरू गरी जनता र पार्टीलाई धोका दिने काम नहोस्’ भनेका हुन्।

उनले नेकपाको सिद्धान्त, नीति, विधान, संगठन र सदस्यहरूमाथि विश्वास र भरोसा गर्न पनि आह्वान गरेका छन्। ‘विपक्षी दलका नेताहरूसँग साँठगाँठ गरी कम्युनिष्ट पार्टीको भविष्य अन्धकारतर्फ धकेल्ने कुकर्म कतै नहोस्,’ उनले भनेका छन्।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x