×

NMB BANK
NIC ASIA

नदीमा पानीको बहाव बढ्दो सतर्कता अपनाउन आग्रह

असार २३, २०७७

NTC
तस्वीर सौजन्य : गोरखापत्र दैनिक
Premier Steels

आउँदो बिहीबारदेखि देशका विभिन्न ठूला नदीको बहावले सतर्कता तह पार गर्ने हुँदा पूर्वतयारी अपनाउन स्थानीयवासीलाई आह्वान गरिएको छ । मनसुन सक्रिय रहेकाले वर्षा हुने क्रम निरन्तर जस्तै छ । नदी, खोला र खहरेमा बाढी बढेकाले त्यसबाट हुने जनधनको क्षति कम गर्न र सतर्क रहन सरकारले अपिल गरेको छ ।

Muktinath Bank

जल तथा मौसम विज्ञान विभागले यही असार २५ गतेदेखि देशैभरका नदीमा बहाव बढ्ने पूर्वानुमान गरेको छ । त्यसैगरी असार २७ देखि २९ गतेसम्म विभिन्न नदीमा उच्च बहावको सम्भावना छ । नारायणी, कन्काई, कोसी, कमला, बाग्मती, तिनाउ, पश्चिम राप्ती, बबई तथा यिनका सहायक नदीमा बहावले सतर्कता तह पार गर्ने सम्भावना औँल्याइएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रदेश १ र २ तथा चुरे एवम् तराईका सबै नदीको बहावले सतर्कता तह पार गरी केही नदीमा खतराको तह आसपास पुग्ने सम्भावना रहेकाले सम्भावित उच्च जोखिम सामना गर्न पूर्वतयारीलाई प्राथमिकता दिन विभागले अनुरोध गरेको छ ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार सोमबार बाग्मती, तिनाउ, पश्चिम राप्ती बबई र केही साना नदीमा बहाव बढ्ने क्रममा छ । तराईका सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा, रौतहट, उदयपुर, ओखलढुङ्गा, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, सिन्धुली, काभ्रे, काठमाडौँ, मकवानपुर, नुवाकोट, रसुवा, धादिङ, गोरखा, लमजुङ, तनहुँ, कास्की, स्याङ्जा, बाग्लुङ, पर्वत र म्याग्दीका नदीको बहाव बढ्ने क्रममा छ ।


Advertisment
Nabil box
Kumari

त्यस्तै, चितवन, नवलपरासी, रुपन्देही, कपिलस्तु, गुल्मी, पाल्पा, अर्घाखाँची, रोल्पा, रुकुम, प्युठान, दाङ, बाँके, बर्दिया, जाजरकोट, सुर्खेत, दैलेख, कैलाली, कञ्चनपुर, अछाम, डोटी, बझाङ, बाजुरा, डडेल्धुरा र आसपासका जिल्लाका नदीमा बहाव बढ्ने खतरा रहेको छ ।

Vianet communication

भारी वर्षाको सम्भावना
मौसम पूर्वानुमान महाशाखाले देशका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना औँल्याएको छ । मौसमविद् मीनकुमार अर्यालका अनुसार देशभर नै मनसुन सक्रिय छ । सोमबार पश्चिम क्षेत्रबाट थप मनसुनी वायु भित्रिएको छ । त्यसैले केही दिन पूर्वको तुलनामा पश्चिमी भेगमा बढी वर्षा हुने सम्भावना देखिएको उनले बताए ।

मनसुन थप सक्रिय बनाउने न्यूनचापीय रेखा पूर्व र पश्चिमबाट नै नजिक आउँदै गरेको छ । “मनसुनी रेखा माथि सर्दैछ, जसका कारण असार २५ गतेदेखि विभिन्न भेगमा भारी वर्षा हुने सम्भावना छ,” अर्यालले भने। प्रदेश–५, गण्डकी प्रदेशसहित पश्चिमतिर बढी केन्द्रित देखिएको छ । प्रदेश–१, २ र बाग्मतीसहित अन्यत्र पनि केही भेगमा भारी वर्षा हुने देखिएको छ ।

स्थानीय वायुको पनि प्रभाव रहेकाले मेघ गर्जन र चट्याङसहित वर्षा हुने जनाइएको छ ।
मनसुनको विगत २० दिनको अवस्था हेर्दा गत वर्षभन्दा यसपालि बढी वर्षा भइरहेको छ । गएको वर्ष १० दिन ढिला गरी मनसुन भित्रिएको थियो । आइतबार कञ्चनपुर क्षेत्रमा सबैभन्दा धेरै १११ मिलिमिटर पानी परेको रेकर्ड थियो । विगत २४ घण्टामा देशका विभिन्न भेगमा रहेको ९९ वटा केन्द्रमा पानी परेको रेकर्ड छ । जसअनुसार सबैभन्दा बढी दैलेखमा ६४.४ मिलिमिटर पानी परेको छ ।

अन्य छवटा केन्द्रमा ५० मिलिमिटरभन्दा बढी पानी परेको छ । त्यस्तै २३ वटा केन्द्रमा २५ मिलिमिटर बढी र ४० वटा केन्द्रमा १० मिलिमिटरभन्दा बढी पानी परेको छ ।

११ पहिरोसहित २० घटना
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विगत २४ घण्टामा २० वटा विपद्का घटना भएका छन् । जसमध्ये सबैभन्दा धेरै पहिरोका ११ घटना छन् । जसअनुसार डोटीको पूर्वीचौकी गाउँपालिकामा पहिरो जाँदा एक जनाको मृत्यु भएको छ । योसहित अन्य स्थानमा भएका पहिरोमा परी पाँच जना घाइते भएका छन् ।

बैतडी, अछाम, सङ्खुवासभा, पश्चिम नवलपरासी, पाल्पा र जाजरकोटका विभिन्न स्थानमा पहिरो जाँदा घरपालुवा पशुसहित भौतिक क्षति भएको प्राधिकरणका प्रमुख अनिल पोखरेलले जानकारी दिए । गोरखापत्र दैनिकमा चाँदनी हमालले खबर लेखेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

बैशाख २४, २०८१

जापानी बिदेशमन्त्री कामिकाबा योको झन्डै आठ घण्टाको नेपाल भ्रमण गरी स्वदेश फर्किएकी छन् । विमान चार्टर गरी नेपाल आएको मन्त्री योकोले स्वदेश फिर्दा भने नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको नियमित उडान प्...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x