प्रधानमन्त्री केपी शर्मा ओलीले बाढीपहिरोपीडितको उद्धार र राहत वितरणमा जुट्न तीनवटै सरकारलाई निर्देशन दिएका छन्।
शुक्रबार राति सरकारी टेलिभिन नेपाल टेलिभिजन मार्फत राष्ट्रका नाममा सम्बोधन गर्दे उनले यस्तो निर्देशन दिएका हुन्। सरकारका तीन वटै तह, राजनीतिक दल एकजुट हुनुपर्ने उनले बताए।
बाढीपहिरोले दुखी र स्तब्ध तुल्याएको प्रम ओलीले बताए।
हालसम्म बाढीपहिरो लगायत विपद्बाट ११ जिल्ला प्रभावित भएको उल्लेख गर्दे प्रम ओलीले जोखिमयुक्त बस्ती स्थानान्तरण गरिने बताए।
शुक्रबार मात्र बाढीपहिराेबाट ८ जिल्लामा २३ जनाकाे ज्यान गएकाे छ। एक सय घर क्षतिग्रस्त भएका छन् भने तीन सय घरपरिवार विस्थापित भएका छन्।
लोकान्तर संवाददाता