×

NMB BANK
NIC ASIA

नक्कली भाञ्जा बनाएर मिर्गौला प्रत्यारोपण: चिकित्सकसहित १२ पक्राउ, पूर्वप्रहरी रहेका व्यक्ति विचाैलिया

असार २८, २०७७

NTC
Premier Steels

कानूनमा मिर्गाैला प्रत्यारोपणका लागि आफ्नै नातेदार चाहिन्छ। अन्य व्यक्तिको मिर्गौला प्रत्यारोपण गरेमा मानव बेचबिखनअन्तर्गत मुद्दा चल्छ।

Muktinath Bank

उक्त मुद्दा आकर्षित हुने गरी ललितपुरका एक व्यक्तिको मिर्गाैला प्रत्यारोपण गरेको पाइएको छ। प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका अनुसार नक्कली भाञ्जा बनाएर ती व्यक्तिले नाता नपर्ने अर्कैको मिर्गौला प्रत्यारोपण गरेको पाइएको हो। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उक्त घटनामा अस्पतालका चिकित्सक, ललितपुर र चितवनका प्रशासन कार्यालयका कर्मचारी, जनप्रतिनिधि र प्रहरीको समेत संलग्नता रहेको देखिएको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक गोविन्द थपलियाले जानकारी दिए। 


Advertisment
Nabil box
Kumari

ललितपुरका ती बिरामीको चितवनस्थित कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल भरतपुर (पुरानो मेडिकल कलेज) मा विसं २०७६ साल जेठ २७ गते मिर्गौला प्रत्यारोपण गरिएको थियो । सो घटनाका विषयमा त्यही साल असोज २ गते चिठीमार्फत आएको बेनामी उजुरीका आधारमा ब्यूरोले अनुसन्धान थालेको थियो । 

Vianet communication

शुरुमा उजुरी दिने व्यक्ति सम्पर्कमा नआउँदा उसलाई लुकाएर भारत पु-याएको छ कि भन्ने कोणबाट समेत प्रहरीले अनुसन्धान थालेको थियो। अनुसन्धानकै चरणमा उनी प्रहरीको सम्पर्कमा आए। त्यसपछि लगातार छ महिना लगाएर प्रहरीले अनुसन्धान गर्दा कैफियत भएको निष्कर्ष निकालेको एक प्रहरी अधिकृतले बताए।

केही हप्ताअघि किटानी जाहेरी नै परेपछि ब्यूरोले अनुसन्धानको घेरा फराकिलो पारेको हो । प्रहरी स्रोतका अनुसार जाहेरवालाले आफूलाई प्रलोभनमा पारेर ललाइफकाइ गरी मिर्गौला झिकेको आरोप लगाएका छन् । शुरुमा आठ जनाविरुद्ध जाहेरी परे पनि सोधपुछका क्रममा अन्य व्यक्तिको समेत नाम खुलेपछि १२ जनाविरुद्ध अनुसन्धान थालिएको छ । 

'अनुसन्धानमा नक्कली कागजात बनाएर विदेशमा भएको व्यक्तिको कागजातमा कीर्ते गरी मिर्गौला प्रत्यारोपण गरेको पाइयो,' प्रहरी उपरीक्षक थपलियाले भने, '“प्रारम्भिक अनुसन्धानमा योजनाबद्धरुपमा काम गरेको पाइएको छ, अन्य अनुसन्धानपछि खुल्दै जान्छ।'

प्रहरीका अनुसार उनका वास्तविक भाञ्जा भने हाल विदेशमा रहेको पत्ता लागेको छ। उनको नागरिकतालगायत कागजातमा भाञ्जा बनाएर ओखलढुङ्गाका २७ वर्षीय एक व्यक्तिको मिर्गौला प्रत्यारोपण गरिएको छ। भाञ्जाको कागजातमा उनको फोटो टाँसेर किर्ते गरिएको पाइएको पाइएको छ। 

ललितपुर महानगरपालिका वडा नं ३ का वडाध्यक्ष श्रीगोपाल महर्जनले नक्कली कागजातमा नाता प्रमाणित गरिदिएको प्रहरीले जनाएको छ। जिल्ला प्रशासन कार्यालय ललितपुरका कर्मचारीले नक्कली कागजातमा नागरिकता रुजु गरेका थिए। 

चितवनमा मिर्गौला प्रत्यारोपणको अनुमति दिने समितिमा सहभागी रहेको जिल्ला प्रशासन कार्यालयका एक अधिकृत, अस्पतालका कानूनी सल्लाहकार, अस्पतालका चिकित्सकलगायत समेत उक्त घटनामा मुछिएका छन्।

यस्तै विचौलियाका रुपमा काम गर्ने निलम्बित प्रहरी र बहालवाला प्रहरीसमेत घटनामा जोडिएका छन्। लामो अनुसन्धानपछि १२ जनालाई पक्राउ गरिएको हो। प्रहरी उपरीक्षक थपलियाले तलदेखि माथिसम्म सेटिङमा काम गरेको देखिएको उल्लेख गर्दै घटनाको अझै सुक्ष्म रुपमा अनुसन्धान चलिरहेको बताए।

आर्थिक प्रलोभनमा परेर ती व्यक्तिले मिर्गौला दिएको पाइए पनि केकति लेनदेख थियो भन्ने कुरा भने अनुसन्धानका क्रममा रहेको ब्यूरोले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ। प्रहरीका अनुसार लिनेदिने व्यक्तिलाई सम्पर्कमा ल्याउने, सेटिङ मिलाउने, सरकारी लिखत मिलाउने, त्यस लिखतलाई सही छ भनेर प्रमाणित गरिदिने र सबै ठीक छ भनेर शल्यक्रियामा सहभागी हुने व्यक्तिलाई अनुसन्धानको दायरामा राखेर कतिपयलाई पक्राउ गरिएको र कतिपय खोजीकै चरणमा रहेका छन् । ब्यूरोको टोलीले शनिबार चितवनबाट चार जनालाई पक्राउ गरी ल्याएको हो भने अन्यलाई उपत्यकाबाट पक्राउ गरिएको हो । 

ब्यूरोले उक्त घटनाको अनुसन्धानका लागि १२ जनालाई पक्राउ गरेको छ। पक्राउपर्नेमा जिल्ला प्रशासन कार्यालय चितवनका प्रशासकीय अधिकृत रामचन्द्र ढकाल, गैँडाकोट घर भई कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल भरतपुरका कानूनी सल्लाहकार रमेश काफ्ले, विराटनगर घर भई हाल सोही अस्पतालका प्रमुख सञ्चालक अधिकृत डा सुप्रभात श्रेष्ठ, गोरखा पालुङटार घर भई सोही अस्पतालमा कार्यरत डा बालकृष्ण कालाखेती, काठमाडौँ बानेश्वर बस्ने नोबेल अस्पतालका डा राकेशकुमार वर्षा, भक्तपुरका जमुनाराज भण्डारी रहेका छन् ।

यस्तै गुल्मी घर भई टोखामा अस्थायी रुपमा बस्दै आएका प्रहरी सहायक निरीक्षक भीमप्रसाद खनाल, झापा घर भई काठमाडौँ टोखा बस्ने निलम्बित प्रहरी नायब निरीक्षक योगेन्द्रराज थपलियालाई समेत विचौलिया गरेको आरोपमा पक्राउ परेका छन्।

अन्य पक्राउपर्नेमा भोजपुर घर भई भक्तपुर जगाति बस्ने रेश्मा राई, ललितपुर– ३ का वडाध्यक्ष श्रीगोपाल महर्जन, जिल्ला प्रशासन कार्यालय ललितपुरका तत्कालीन खरिदार नवराज केसी र कार्यालय सहयोगी रामकुमार केसी रहेको ब्यूरोले जनाएको छ । उनीहरु विरुद्ध मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ अन्तर्गतको कसुरमा आज जिल्ला अदालत ललितपुरबाट छ दिनको म्याद थप गरी ब्यूरोले अनुसन्धान थालेको छ । 

ऐनको परिच्छेद ४ को दण्डसजायअन्तर्गत उपदफा १ (ग) मा  प्रचलित कानूनबमोजिम बाहेक मानिसको कुनै अङ्ग झिक्नेलाई १० वर्ष कैद र दुई लाख रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना हुने कानूनी व्यवस्था छ । नारायण ढुङ्गाना/रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x