कात्तिक १८, २०८०
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
असार २९, २०७७
हतारमा फुट्ने र फुर्सदमा पछुताउने अवस्था आउन नदिन लागिपरेकाे छु- प्रचण्ड
नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीलाई विधि, पद्धति र एकताबद्ध बनाउन रचनात्मक दबाब आवश्यक भएको बताएका छन्।
आइतबार भरतपुरमा आयाेजित भेलालाई संवोधन गर्दै प्रचण्डले उने, ‘पार्टी एकता गरेर कम्युनिष्ट पार्टी निर्माण गर्ने अठोटका साथ विगतमा निर्वाचनमा गएको बताउँदै त्यसको परिणाम स्वरूप झन्डै दुई तिहाइनजिकको जनमत नेपाली जनताले दिएका हुन्, यसबाट कोही कसैलाई भाग्ने वा बहानाबाजी गर्ने छुट छैन।’
उनले अगाडि भने, ‘तपाइँहरू सबैलाई थाहै छ पार्टीभित्र गम्भीर समस्या सृजना भएको छ तर यो होइन कि पार्टी फुटिहाल्छ।’ आफू पार्टीमा देखिएका पछिल्ला संकटबारे गम्भीर छलफलमा रहेको बताउँदै उनले जिल्लाका नेता कार्यकर्ताहरूलाई नहतारिन आग्रह गरे।
उनले हतारमा फुट्ने र फुर्सदमा पछुताउने अवस्था आउन नदिन आफू हदैसम्म लचकताका साथ लागिपरेको धारणा व्यक्त गरे। ठूलो पार्टीमा विवाद आउनु नौलो नहुने बताउँदै उनले विधि र जनवादी केन्द्रीयताको आधारमा एकदाबद्ध हुने सैद्धान्तिक यथार्थलाई सम्पूर्ण कम्युनिष्ट पार्टीका कार्यकर्ताहरूले मान्नै पर्ने बताए। दुई ठूला पार्टीबीचको एकता अभूतपूर्व भएको भन्दै यसलााई बचाइराख्नु हामी सबैको दायित्व भयको उनको भनाइ थियो ।
'अनर्गल समाचारले नेपाल-भारतको भावनामा गम्भीर आघात पुर्याउछ'
केही भारतीय सञ्चारमाध्यमले नेपाल र नेपाल सरकारका कार्यकारी प्रमुखलाई जोडेर अनर्गल समाचार प्रसारण गरेकामा सरकारले आपत्ति जनाएको छ । ती भारतीय माध्यममा आएका नेपालसम्बन्धी पछिल्ला सामग्री गलत, आधारहीन, असंवेदनशील र नेपालको नेतृत्वलाई आरोपित गर्ने खालको भएको नेपाल सरकारको भनाइ छ ।
सरकारले भारतीय सञ्चारमाध्यमबारे बनाएको धारणामा भनिएको छ, 'त्यस्ता प्रकारका सामग्रीले गलत सूचना दिने मात्रै नभई न्यूनतम सभ्य समाजको सार्वजनिक प्रतिष्ठालाई क्षतिग्रस्त बनाएको छ । यस्ता प्रकारका प्रभावित सामग्री प्रसारणको अभियानले नेपाल र भारतबीचको भावनामा गम्भीर आघात पुर्याउन सक्छ ।'
नेपाल र भारतीबीचको जनस्तरको द्विपक्षीय ऐतिहासिक, सांस्कृतिक, आर्थिक र सामाजिक सम्बन्ध तथा अन्य महत्वपूर्ण पक्ष रहेको एवं आपसी सम्बन्ध सार्वभौम समानता, मित्रता, विश्वास र परस्पर सम्मानका आधारमा रहेको नेपालको भनाइ छ ।
आपसी सम्बन्धलाई प्रगाढ बनाउन सञ्चार क्षेत्रले सही सूचनाको प्रवाह तथा सही सोचको निर्माणमा प्रभावकारी र रचनात्मक भूमिका निर्वाह गर्न सक्ने जनाउँदै सरकारले प्रेस स्वतन्त्रताको सीमा र आचारसंहिताका बारेमा पनि स्मरण गराएको छ।
त्यस प्रकारका गलत, विभाजनयुक्त र घृणायुक्त सामग्रीले नेपाल र नेपाली जनतालाई अवहेलना गरेको जनाउँदै यसले एक्काइसौँ शताब्दीका छिमेकी मुलुकका देशलाई हित नगर्ने पनि स्पष्ट गरेको छ । त्यस्ता सामग्री सम्प्रेषण गर्नेमाथि उपयुक्त कारवाही गर्न र आगामी दिनमा यस्तो नहुने वातावरण निर्माणका लागि भारतीय पक्षसँग आग्रह गरिएको छ ।
बहालवाला सहसचिवसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, भारतीय नागरिकलाई नक्कली जग्गाधनी खडा गरेकाे खुलासा
अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगले बहालवाला सहसचिवसहित १३ जनाविरुद्ध पाँच कराेड पाँच लाख ४२ हजारकाे भ्रटाचार मुद्दा चलाएकाे छ।
अख्तियारले मालपोत कार्यालय नवलपरासीका तत्कालीन प्रमुख मालपोत अधिकृत रहेका बहालवाला सहसचिव टीकाराम ज्ञवाली, तत्कालीन भूमिसुधार अधिकारी ईश्वरप्रकाश कलवार, तत्कालीन मालपोत अधिकृत मनोहरप्रसाद पन्थि, तत्कालीन नायब सुब्बाहरु बुद्धिसागर तिवारी, रमेशमान श्रेष्ठ, तत्कालीन गाविस सचिवहरु नन्दलाल दास, बुद्धिसागर सुवेदी, नन्दलाल कुम्हाल कोहार, तत्कालीन कम्प्युटर अपरेटर सुवास खड्का, तत्कालीन खरिदारहरु नेत्रबहादुर चौधरी, अमृतकुमार काम्मुमगर, खगेन्द्र पराजुली र गेरमी गाउँपालिकका रविकुमार खत्रीविरुद्ध मुद्दा चलाएकाे हाे। गैरनेपाली नागरिकलाई नक्कली जग्गाधनी खडा गरी जग्गा बिक्रीबितरण गरी भ्रष्टाचार गरेको अख्तियारकाे आराेप छ।
नवलपरासी साविक सनई गाविस ८ख कि.नं.१२१, २५१, २९७ समेतका जग्गा हदबन्दी रोक्का रहेकोमा नक्कली जग्गाधनी खडा गरेकाे अख्तियारकाे दाबी छ।
‘भारतमा बसोवास गर्ने र भारतमै मृत्यु भएका व्यक्तिलाई नेपालमै बसोवास गर्ने र नेपालको गेरमी गाविसमै मृत्यु भएको भनी नाता प्रमाणित, मृत्युदर्ता प्रमाणपत्र लगायतका गलत कागजातहरु बनाई सम्बन्धित हकवाला व्यक्ति नै फरक पारी साविक मुलुकी ऐन अपुतालीको महलको १७ नम्बर तथा मुलुकी देवानी संहिता, २०७४ को दफा २४८ बमोजिम नेपाल सरकारको नाममा आउनुपर्ने क्षेत्रफल ३२-२-१७.२५ बिघा जग्गाहरुसमेत भारतीय नागरिक पिएस मेहराको छोरा अनुप मेहरावाट बिक्री बितरण गराउने कार्यमा देहायका भूमिसुधार कार्यालय, मालपोत कार्यालय, नवलपरासीका कर्मचारीहरु तथा स्थानिय निकायवाट सिफारिस दिने कर्मचारीहरु एवं स्थानीय व्यक्तिसमेत भ्रष्टाचार निवारण ऐन, २०५९ वमोजिमको भ्रष्टाचारजन्य कसुरमा संलग्न रहे भएको तथ्य प्रमाणित हुन आएकोले देहायका व्यक्तिहरुको हकमा देहाय वमोजिमको कसुरमा देहाय बमोजिम सजाय हुन मागदाबी लिइएको छ,’ अख्तियारद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
रा भने हाल सशस्त्र प्रहरीको अस्पताल बलम्बुमा उपचार गराइरहेका छन्।
सो वडामा यसका अलवा विदेशबाट फर्किएकी एक महिला, ग्वार्काेको बी एण्ड बी अस्पतालमा उपचारका लागि गएका एक पुरुष र स्थानीय अर्की एक महिला गरी हालसम्म लुभूका १५ जनालाई कोरोना सङ्क्रमण पुष्टि भइसकेको नगर प्रमुख रामेश्वर श्रेष्ठले जानकारी दिए। उनले भने, 'यसका अलवा वडा नं ६ सिद्धिपुरका तीन, वडा नं १ र वडा नं ४ इमाडोलका एक÷एक गरी अन्य पाँच जनासमेत कोरोना पोजेटिभ देखिएको छ, नगरपालिकाभित्र हालसम्म कूल २० जना कोरोना पोजेटिभ देखिएका छन्।'
यी सङ्क्रमितको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। लुभूका यी १२ व्यक्तिमा एकैदिन यही असार २५ गते कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख डा खगेश्वर गेलालले बताए।
प्रदेश ५ मा फेरि भित्रियो सलहको झुण्ड
सलह कीराको नयाँ झुण्ड फेरि नेपाल प्रवेश गरेको छ।
भारतको उत्तर प्रदेश हुँदै आइतबार बिहान प्रदेश पाँचको दाङमा गडवा गाउँपालिकामा सलहको नयाँ झुण्ड देखिएको हो।
भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता विनोद घिमिरेले दाङमा फेरि सलह नयाँ झुण्ड देखिएको पुष्टि गरे। यस अगाडि असार १३ गते रुपन्देहीमा सहल देखिएको थियो। सलहलाई अनुकूल मौषम नभएपछि झुन्ड मरेको थियो।
घुण्ड कति ठूलो संख्या छ भन्ने एकिन नभएको घिमिरेले बता । ‘बिहान दाङका राप्ती र गढवा गाउँपालिका क्षेत्रमा किसान लगाएको मकैबालीमा नयाँ सलह किरा देखापरेको छ। अन्य विवरण संकलनको काम भईरहेको छ,’ मन्त्रालयका कृषि निर्देशक यामनारायण देवकोटाले भने। उनले अर्घाखाँची र प्यूठानमा सतर्कता अपनाउन आग्रह गरिएको बताए।
सलहले पु¥याएको क्षतिको विवरण संकलन र अन्य काम भइरहेको छ। यसअघिको भन्दा ठूलो संख्यामा सलह देखिएको स्थानीय किसानहरुले बताएका छन्।’ किरा फैलिएर मकैबालीमा बसेको छन्। मन्त्रालयले सलह धपाउन भाँडा ठटाउने, धुवाँ लगाउने किसानलाई आग्रह गरेको छ।
पश्चिमबाट पूर्वतर्फ हावा लागेकाले किरा पूर्वतर्फ गइरहेको छ। यसअघि आएको सलह किराले कपिलवस्तु, पाल्पा, गुल्मी, अर्घाखाँची, प्युठान र दाङमा कृषि बालीमा ठूलो क्षति पु¥याएको थियो। यतिबेला तराईमा धान लगाउने सिजन र पहाडतिर मकै हुकर्ने सिजन छ। अहिले तराईमाभन्दा पहाडमा मकैमा धेरै क्षति गर्न सक्ने अनुमान गरिएको छ।
थप ८२ जनामा कोरोना संक्रमण, कुल १६ हजार ८०१ पुगे संक्रमित
नेपालमा कोरोनाभाइरस (कोभिड- १९) संक्रमितको संख्या १६ हजार ८०१ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा आइतवार आयोजित नियमित पत्रकार सम्मेलनमा पछिल्लो २४ घण्टामा थप ८२ जनामा संक्रमण पुष्टि भएको जानकारी दिइएको हो ।
कुन जिल्लामा कति थपिए संक्रमित ?
धनुषा १९
सुर्खेत ११
कालीकोट ७
तनहुँ ६
काठमाडौं ५
चितवन ५
बाग्लुङ २
पर्वत २
डडेल्धुरा २
कैलाली २
रुकुम पश्चिम २
लमजुङ २
मोरङ २
झापा १
सर्लाही १
सिन्धुपाल्चोक १
मकवानपुर १
सिन्धुली १
ललितपुर १
सोलुखुम्बु १
नवलपुर १
स्याङ्जा १
गोरखा १
गुल्मी १
पाल्पा १
दैलेख १
बझाङ १
दार्चुला १
संक्रमितमध्ये ८ हजार ५ सय ८९ जना निको भएर घर फर्किएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
पछिल्लो २४ घण्टामा १ सय ४७ जना डिस्चार्ज भएको प्रवक्ता गौतमले बताए ।
उनका अनुसार कुल संक्रमितको ५१.१ प्रतिशत निको भएर डिस्चार्ज भएका छन् ।
मृतकको संख्या भने ३८ छ ।
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...