×

NMB BANK
NIC ASIA

दस वर्षमा पनि बनेन कमला पुल

साउन १, २०७७

NTC
तस्वीर सौजन्य : गोरखापत्र दैनिक
Premier Steels

मदन भण्डारी लोकमार्ग अन्तर्गत सिन्धुलीको कमला नदीमा १० वर्षअघि निर्माण सुरु भएको पक्की पुल अझै सम्पन्न हुन सकेको छैन ।

Muktinath Bank

कमला नदीमा निर्माणाधीन पुल समयमा सम्पन्न नहुँदा दुधौली नगरपालिका २, रतनपुरका बासिन्दा जोखिम मोलेर बाढीमा हेलिएर नदी वारपार गर्न बाध्य छन् । वर्षात्को समयमा कमला नदी वारपार गर्दा पाइने हैरानीबाट दिक्क भएका स्थानीयवासी पुलको पिलर हेरेर अर्को वर्ष त बन्ला भन्दै चित्त बुझाउँदै आएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्थानीयका अनुसार समयमा पुल निर्माण सम्पन्न नहुँदा पुलका पिलर धसिँदै गएका छन् । शक्ति केन्द्रको आडमा विभिन्न ठेक्का हत्याउने र कामै नगरेर चर्चा कमाएको पप्पु कन्स्ट्रक्सन र लुम्बिनी निर्माण सेवा जेभीले उक्त पुलको निर्माण गर्ने ठेक्का पाएका थिए । पप्पुको तीव्र विरोध भएपछि जेभीमै रहेको लुम्बिनीले काम थालेको थियो । धिमा गतिमा पुलको काम हुँदा निर्माण सम्पन्न कहिले हुने भन्ने टुङ्गो नभएको स्थानीय रेखराज दाहालले दुःखेसो पोखे ।


Advertisment
Nabil box
Kumari

उहाँका अनुसार तामझामका साथ शिलान्यास भई काम सुरु भएको पक्की पुलले कमलापारिका बासिन्दालाई हर्षित बनाएको थियो । यतिका वर्षसम्म पनि पुलको काम आधा पनि सकिएको छैन । विश्व बैङ्कको सहयोगमा ३२ करोड रुपियाँको लागतमा निर्माण सुरु भएको ५४६ मिटर लम्बाइको उक्त पुलको पिलरको काम सकिएको सात वर्ष बितिसकेको छ ।

Vianet communication

हेटौँडा–सिन्धुली–गाईघाट–चतरा (मदन भण्डारी लोकमार्ग) वैकल्पिक सडक खण्डअन्तर्गत पर्ने उक्त पुल डबल लेनको छ । दुधौली नगरपालिका प्रमुख घनश्याम राउत निर्माण कम्पनीलाई ताकेता गर्दा गर्दा आजित भएको बताउँछन्। ‘एउटाले काम गरेन भनेर अर्कालाई जिम्मा दिएको, कामको गति उस्तै छ,’ उनले भने, ‘हामीले अब एक वर्षभित्रमा जसरी पनि निर्माण सम्पन्न गर्न भनेका छौँ । ’

सडक आयोजनाका अनुसार २०७३ साल असार २८ गतेसम्ममा निर्माण सम्पन्न गर्ने गरी पप्पु–लुम्बिनी जेभीले २०६८ असार ३१ गते सम्झौता गरेको थियो । उनीहरूको आन्तरिक सहमति अनुसार उक्त पुल निर्माण भने पप्पु कन्स्ट्रक्सनले एक्लै गर्दै आएको थियो । पप्पुले तोकिएको समयमा पुल निर्माण नसकी अलपत्र बनाएपछि जेभीमै रहेको लुम्बिनी कन्स्ट्रक्सनले पुल बनाउने जिम्मा लिएको थियो ।

लुम्बिनी कन्स्ट्रक्सनका शङ्कर राउतका अनुसार पुल निर्माणको काम अहिले ७० प्रतिशत सकिएको छ । लकडाउनको घोषणासँगै भारतबाट ल्याउनुपर्ने निर्माण सामग्री ल्याउन नपाएर निर्माण कार्य रोकिएको उनले बताए ।

ठेकेदार राउतका अनुसार पुलका १४ वटा स्पानमध्ये छवटाको काम सकिएको छ । दुईवटा स्पानको आधा मात्रै काम भएको छ भने अरू छवटा स्पानमा काम नै सुरु भएको छैन ।  गोरखापत्र दैनिकमा खबर छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x