नेकपा विवाद नयाँ मोडमा, स्थायी कमिटी वा केन्द्रीय कमिटी बैठकबारे दुवै पक्ष आआफ्नै रणनीतिमा

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको विवादले नयाँ मोड लिएको छ ।

स्थायी कमिटीमा छताछुल्ल भएको विवाद अब पार्टीको केन्द्रीय कमिटी बैठकमा सर्ने भएको छ । 


Advertisement

पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र वरिष्ठ नेता माधव कुमार नेपाल पक्षले प्रधानमन्त्री एबम् अध्यक्ष केपी शर्मा ओलीलाई स्थायी कमिटी र केन्द्रीय कमिटी दुवै 'फेस' गर्न दवाव दिएका छन् । 

स्थायी कमिटी बैठक सञ्चालन गर्ने र पार्टीभित्र जारी विवाद यसले समाधान गर्न नसके केन्द्रीय कमिटी बैठक बोलाउनुपर्ने निष्कर्षमा प्रचण्ड नेपाल समूहका नेताहरू पुगेका छन् । 


Advertisement

बिहीवार साँझ प्रचण्ड निवास खुमलटारमा प्रचण्ड–नेपाल निकट सचिवालय सदस्य र केन्द्रीय सदस्यहरू भेला भएका थिए ।

उक्त भेलामा पनि प्रधानमन्त्री ओलीले स्थायी र केन्द्रीय दुवै कमिटी 'फेस' गर्नुपर्ने र अबका बैठकमा त्यसका लागि दबाब दिने निर्णय गरेको स्रोतहरूको दावी छ । 

यता प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आफू पक्षीय सचिवालय तथा केन्द्रीय स्तरका नेताहरूसँग हिजो साँझ नै बालुवाटारमा छलफल गरेका थिए ।

उनले आगामी रणनीति तथा कदमबारे कसरी फेस गर्ने भन्ने भनेर एउटा रणनीति बनाएको स्रोतहरूको दावी छ ।  

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्