×

NMB BANK
NIC ASIA

१५ दिनपछि नेकपा स्थायी कमिटी बैठक बस्दै

साउन २, २०७७

NTC
Premier Steels

१५ दिनको स्थगनपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटीको बैठक शुक्रवार बस्दैछ ।

Muktinath Bank

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजेपछि बस्ने बैठकमा पार्टीभित्र देखिएको बिबाद समाधानका लागि केन्द्रीय कमिटीको बैठक बोलाउने एजेण्डामा छलफल हुने एक स्थायी कमिटी सदस्यले जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सहमतिका लागि पटक पटक भएका प्रयास असफल भएपनि नेकपा नेतृत्व केन्द्रीय कमिटी बोलाएर निर्णयमा पुग्ने सहमतिमा पुगेको थियो ।


Advertisment
Nabil box
Kumari

असार १० गतेबाट शुरु बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका नेताहरुले प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीको राजीनामा माग गरेपछि बिबाद बल्झिएको थियो । 

Vianet communication

ओलीको राजीनामा माग गरिएपछि सहमति खोज्न भन्दै असार १८ गतेदेखि केन्द्रीय कमिटी बैठक स्थगित गरेर अध्यक्षद्वय ओली र प्रचण्डले सहमतिको प्रयास गरेका थिए ।

बिहीवार माधवकुमार नेपालसहित तीन नेताबीच भएको छलफल समेत निष्कर्षमा पुग्न नसकेपछि नेकपा बिबाद केन्द्रीय कमिटीमा जान लागेको हो । केन्द्रीय कमिटी बैठक बोलाउन नेकपाका दुवै पक्ष राजी भएका छन् ।

नेकपा विधानमा ६ महिनामा केन्द्रीय कमिटी बोलाउने प्रावधान छ । पछिल्लो पटक गत माघमा केन्द्रीय कमिटी बैठक बसेको थियो । भदौ पहिलो साता केन्द्रीय समितिको बैठक बोलाउने तयारी रहेको ती स्थायी कमिटी सदस्यले जानकारी दिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x