बैठक कति सर्ने हो ? लाजै मर्दो भो अब त !

शुक्रवार बिहान बोलाइएको सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी अपराह्न ३ बजेलाई सारिएको छ ।

असार १८ देखि पटक-पटक सर्दै आएको बैठक शुक्रवार पनि निर्धारित समयमा बस्न नसकेपछि पूर्वअर्थमन्त्रीसमेत रहेका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले लाजैमर्दो भएको प्रतिक्रिया दिएका छन् ।


Advertisement

सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै उनले भनेका छन्, 'नेकपा स्थायी समिती बैठक ११ बजेबाट ३ बजेलाई सरेछ । अब कति सर्ने हो ? लाजै मर्दो भो अब त !'


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्