×

NMB BANK
NIC ASIA

अमरले लकडाउनमा लेखे भाइरसकै उपन्यास

साउन ३, २०७७

NTC
Premier Steels

लकडाउनको फुर्सदमा कोही नेटफ्लिक्स र टोरेन्टमा चलचित्र हेरेर बसिरहेका छन् । कोही टिकटकमा अनेक हाउभाउ कटाक्ष देखाइरहेका छन् । अनि कोही गीत, कविता र गजल वाचन गरेर सामाजिक सञ्जालमा पोस्ट गरिरहेका छन् । 

Muktinath Bank

लकडाउनका बितेका ३ महिनामा साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ले भने कोरोना भाइरसकै बारेमा एउटा उपन्यास तयार गरेका छन् । उपन्यासको नाम हो, ‘प्रेमको भाइरस’ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

लकडाउनका बेला अडियो एवं डिजिटल माध्यमबाट सार्वजनिक गर्ने तयारीमा रहेका सुरेन्द्रको ‘प्रेमको भाइरस’मा भाइरसको महामारी र त्यसक्रममा भएको अद्भूत प्रेमको कथा बुनिएको छ ।


Advertisment
Nabil box
Kumari

आजभन्दा १३५ वर्षअघि काठमाडौंमा फैलिएको हैजाको महामारीका क्रममा रमेशकी प्रेमिका नानीमैयाँको निधन हुन्छ । जब नेपाललगायत विश्वमा कोरोना भइरसको महामारी फैलिन्छ, तब पूर्वजन्मका रमेशले अमरका रूपमा पुनर्जन्म लिएका हुन्छन् र सपनामा नानीमैयाँको सन्देश आउन थाल्छ ।

Vianet communication

सम्मोहन प्रक्रियाबाट अमरमा पूर्वजन्मको स्मृति जागृत हुन्छ । घटनाक्रम यसरी विकसित हुन्छ कि अमर अन्ततः कोरोना भाइरस संक्रमितहरूको राहत र उद्धारमा जुट्न प्रेरित हुन्छन् । पूर्वजन्म, पुनर्जन्म र विश्वमा फैलिएका अनेकौं महामारीको विस्तृत चर्चा गरिएको उपन्यास ‘प्रेमको भाइरस’ले विश्व भातृत्व, प्रेम र सद्भावको सन्देश दिएको छ । 

‘लकडाउन कसरी बिताउँ भन्ने लागिरहेको थियो, उपन्यासको प्लट फुरिहाल्यो, अनि लेख्न बसें,’ हालसम्म दर्जनौं कृति पाठकमाझ ल्याइसकेका सुरेन्द्रले भने, ‘प्रेमको भाइरस यस्तो हुन्छ, जुन एक जुनीबाट अर्को जुनीसम्म संक्रमण हुन्छ भन्ने उपन्यासको मुख्य प्लट हो ।’

यसअघि सुरेन्द्रका ‘अनुश्का’, ‘मिस्ड कल’ र ‘अदभूत’ जस्ता उपन्यास पाठकमाझ आइसकेका छन्, जसको अडियो भर्सन यूटयूबमा सुन्न सकिन्छ । 

गीत, हाइकू, तान्का, गीती नाटक, मुक्तक, लघुकथा र चित्रकला विधामा समेत आफ्नो कला पस्किसकेका सुरेन्द्र हरेक वर्ष कुनै न कुनै कृति सार्वजनिक गर्ने व्यस्त सर्जक पनि हुन् । अभियनमा समेत सहभागी हुँदै आएका सुरेन्द्रको बहुमुखी प्रतिभाको कदर गर्दै दर्जनौं संस्थाले पुरस्कार तथा सम्मान पनि दिएका छन् । काठमाडौं, पुतलीसडकका रैथाने सुरेन्द्रले सानैदेखि लेख्न थालेका हुन् । लेखनमा रस बस्दै गएपछि उनले साहित्यका धेरै विधामा हात हाले । उनका गीतले विभिन्न म्युजिक अवार्ड पनि पाएका छन् । यसमा मेलीना राइले गाएको ‘मभन्दा नि धेरै राम्रो’ गीत भाइरल नै भएको छ । ‘प्रेमको भाइरस’ उनको पछिल्लो कृति हो ।

hAMROPATRO BELOW NEWS
TATA Below
असोज ६, २०८०

सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...

चैत ३०, २०८०

लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ ।  अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक भण्डारीको ‘बोरा’ उपन्यास शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिए...

मंसिर २, २०८०

गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...

कात्तिक ८, २०८०

असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...

चैत ३०, २०८०

लोकान्तर डट्कमका स्तम्भकार कमल रिजालसहित २२ जना साहित्यकार तथा प्रतिभालाई नइ पुरस्कार प्रदान गरिएको छ । गोरखापत्रका पूर्वप्रधान सम्पादकसमेत रहेका साहित्यकार रिजाललाई संस्कृतिमा प्राज्ञिक योगदानका लागि ’नइ...

बैशाख ४, २०८१

गजलकार एवं गीतकार प्रकट पंगेनी ‘शिव’को निधन भएको छ । जन्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मंगलवार निधन भएको हो । स्वास्थ्यमा समस्या आएपछि पंगे...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x