×

NMB BANK
NIC ASIA

प्रचण्डका सहयात्री ओलीका सारथि

पूर्व एमालेकै गुट बोकेर नेतृत्वमाथि प्रहार गरेपछि प्रचण्डको साथ छाडें– लेखराज भट्ट [अन्तर्वार्ता]

'हिजो सडकमा बसेर आफैंलाई गाली गर्नेलाई बोलाएर मेराविरुद्ध पगरी गुथाउनुभयो'

साउन १६, २०७७

NTC
Premier Steels

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको विवादमा लेखराज भट्ट दह्रोसँग प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा उभिएका छन् । कुनैबेला प्रचण्डको अत्यन्तनिकट मानिने भट्टले उनको साथ छाड्दा नेकपाको आन्तरिक समीकरणमा नै फेरबदल हुने स्थिति आएको छ । त्यसो त पछिल्लो समय भट्टले मात्र होइन, पूर्वमाओवादीका अन्य नेताहरूले पनि प्रचण्डको साथ छाडेको टिप्पणी राजनीतिक वृत्तमा हुने गरेको छ ।

Muktinath Bank

चार दशक लामो सहकार्यबाट साथ छाड्नै पर्ने गरी प्रचण्डसँग भट्टको चित्तदुखाइ के हो ? यीलगायत नेकपाको विवाद समाधानका उपायहरू र अन्य समसामयिक राजनीतिक विषयमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीसमेत रहेका नेकपा स्थायी कमिटी सदस्य भट्टसँग लोकान्तरका लागिसुशील पन्त र ईश्वर अर्यालले शुक्रवार कुराकानी गरेका छन् । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश :


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पहिलो र आमप्रश्नबाट नै शुरू गरौँ, पार्टीमा समस्या किन आयो ? 


Advertisment
Nabil box
Kumari

पहिलो कुरा त हामीले कसरी बुझ्नुपर्‍यो भने हरेक पार्टीभित्र अन्तरविरोध आइरहन्छन् । विपरीतको एकत्व हुने हुनाले र यही समाजबाट आएको हुनाले यी खालका अन्तरविरोधहरू आउनु स्वाभाविक नै हो । समाधान कसरी गरिन्छ भन्ने मुख्य पाटो हो । 

Vianet communication

अन्तरविरोधको समाधान कुन विधि र पद्धतिबाट हुन्छ, त्यो अन्तरसंघर्षलाई कसरी अघि बढाउने र अन्तरसंघर्ष सञ्चालनका विधिहरू के तय गर्ने, ती कुरामा नेतृत्व अडिएको छ कि छैन, स्वस्थ रूपमा आफ्ना विचारहरू कमिटी प्रणालीमा राख्ने वा बाहिर छताछुल्ल भएर गर्ने हो कि ? यी विषयमा उठेका प्रश्नको समाधान खोज्नुपर्छ । 

विधिमा रहनु नै जनवाद हो भन्ने लाग्छ मलाई । तर बाहिर छताछुल्ल पारियो भने त्यो ध्वंशतिर जान्छ । पार्टीभित्र एकता हुन्छ, त्यसपछि संघर्ष हुन्छ, त्यो परिवार समाज र पार्टीमा पनि हुन्छ । एकता भन्ने कुरा विपरीतको एकत्व हो ।

अहिले पार्टी एकता संघर्ष र रुपान्तरणको विधिलाई व्यवस्थित ढंगले लैजानेभन्दा पनि गुट–उपगुट र कोटरीमा छलफल गर्ने हिसाबले अघि बढ्यो । नेतृत्वले कहिले भैँसेपाटी, कहिले खुमलटार, कहिले अर्को टार कता हो कता भेला बैठक गरिरहने प्रवृत्ति देखायो । पार्टीलाई टारैटारले बिगार्‍यो । 

एकता ताका गरिएको द्विअध्यक्षात्मक प्रणालीलाई नमान्दा यस्तो भएको मान्नुहुन्छ तपाईं ?

पार्टीलाई व्यवस्थित गर्ने दुईवटा नेतृत्वले हो । दुईवटा पार्टीको दुईवटा नेतृत्वले कति बहस गर्‍यो, कति छलफल गर्‍यो ? एकताका निम्ति कुन विधिबाट गयो भन्ने कुरा प्रमुख हो । 

एकतालाई बचाउने र तोड्ने मुख्य जिम्मेवारी बनेको मुख्य नेतृत्वकै हो । उहाँहरू दुईवटैको कर्तव्य के हो भने दुवैजना नेताहरू बसेर कुन विधिबाट एकता गरेको हो, कुन विधिबाट यहाँसम्म आएको हो, त्यसको समीक्षा गरेर अघि बढ्नुपर्छ ।

एकता एउटा ऐतिहासिक कदम थियो, विश्व कम्युनिस्ट आन्दोलनमा एउटा ऐतिहासिक कदम थियो त्यो । 

अहिले एकतालाई बचाउने उहाँ दुवैजनाको मुख्य कर्तव्य हो । एक कदम अघि, दुईकदम पछि भनिन्छ नि, उहाँहरूले अहिले त्यो रणनीति अपनाउनुपर्छ । दुईवटै नेता एक-एक कदम पछि हट्ने हो ।

 त्यो भनेको के हो ? कहाँ पछि हट्नुपर्‍यो तपाईंको दृष्टिमा ?

मैले देखेको के हो भन्दा पहिला दुईवटा एजेण्डामा जानुपर्छ । पहिलो कोभिड– १९, बाढीपहिरो र प्राकृतिक विपत्तिबाट सिर्जना भएको समस्यालाई पार्टीले कुन हिसाबले लिन्छ ? त्यसबाट पैदा हुने आर्थिक क्राइसिसलाई कसरी हेरेको छ र सरकारलाई कसरी सपोर्ट गर्छ, त्यसमा केन्द्रित हुनुपर्‍यो । 

दोस्रो हाम्रो पार्टीभित्र जुन राजनीतिक वैचारिक समस्या आएका छन्, त्यसलाई हल गर्न त महाधिवेशनमै जानुपर्‍यो । दुईवटा अध्यक्ष बसेर प्रस्ताव ल्याउने र सचिवालयमा छलफल गर्ने र त्यसलाई स्थायी कमिटीमा ल्याउने र अघि बढ्ने भन्ने जुन विषय छ, त्यसलाई कार्‍यान्वयन गर्नुपर्‍यो ।

दुईवटा अध्यक्षविनाको कुनै पनि बैठकको अर्थ रहँदैन, त्यसले विभाजनतिर नै लैजान्छ र गुटहरूको सिर्जना गर्छ । इमान्दार एकता चाहने कार्यकर्ता वा नेतृत्व होस्, त्यो दिशातर्फ जानु हुँदैन । त्यसले दुईवटा नेताहरूलाई एकै ठाउँमा ल्याउनुपर्छ । 

त्यो हुन नसके मंसिर ४ मा जानुपर्छ । कार्यकारी अध्यक्षका रूपमा अध्यक्ष प्रचण्डलाई दिने, जुन महत्त्वपूर्ण, रणनीतिक र दूरगामी प्रभाव पर्ने निर्णयहरू छन् त्यसलाई प्रधानमन्त्रीले पार्टी सचिवालयको बैठकबाट छलफल गराएर पारित गराउने । दुवै अध्यक्ष र सचिवालय र आवश्यक परे स्थायी कमिटीमा पनि निर्णय गराउने । दैनिक पार्टी सञ्चालनका काम प्रचण्डले लिने गरेर अघि जानुपर्छ । 

दैनिक सरकारका कामको जिम्मा प्रधानमन्त्रीले लिएर अघि बढ्नुपर्छ । बाँकी संवैधानिक निकाय, राजनीतिक नियुक्ति जस्ता कुराहरू र अन्य रणनीतिक महत्त्वका राष्ट्रिय प्रभाव पार्ने निर्णयहरू जस्तो अन्तर्राष्ट्रिय सन्धि सम्झौता छ भने पार्टी कमिटीमा ल्याएर छलफल गर्नुपर्छ । 

वामदेव गौतमले प्रस्ताव गर्नुभएको जुन ६ वटा बुँदा छ, त्यो र तपाईंको कुरा मिलेको हो ?

सारमा हामी दुवैको कुरा मिल्छ । म त वामदेवजीले अहिले भन्नुभयो, हिजै मैले भन्दै आएको हो । हिजो पार्टी एकता हुँदा सहमतिबाट हरेक मतभेदलाई वार्ताद्वारा हल गर्नुपर्छ भन्ने थियो । निर्णय गर्ने, निष्कर्षमा पुग्ने भनेको छ ।

एकताको महाधिवेशनलाई सहमतिबाटै टुंग्याउने, नेतृत्व छनोट गर्ने भनेपछि विचारहरू मन्थन गरेर एउटा सहमतिको बिन्दुमा पुगेर निर्णय गर्ने । नेतृत्वको चयन पनि र विचारको चयन पनि त्यहाँबाट हल गर्न सकिन्छ, गर्नुपर्छ  ।
बहुमत अल्पमत अहिलेको प्रश्न होइन । बहुमत अल्पमतले अहिले पार्टी विभाजन हुन्छ । 

कमिटी प्रणाली व्यवस्थित गर्नुपर्‍यो भन्नुभयो यहाँले, कमिटी प्रणालीबाट चल्नु कम्युनिस्टहरूको मूल चरित्र पनि हो । तर एउटाले बैठक स्थगित गर्ने, अर्कोले बोलाउने जुन खालको तमासा देखिएको छ, यसबारेमा के छ तपाईंको राय ?

मैले बैठकका सम्बन्धमा बुझेको के हो भने सचिवालयले प्रस्ताव ल्याउने भनिसकेपछि दुईवटा अध्यक्षहरू मिलेर प्रस्ताव तयार गर्नुपर्थ्यो । प्रधानमन्त्रीज्यूले भनेअनुसार उहाँले बोलाउँदा बोलाउँदा प्रचण्ड साढे १० बजेसम्म आउनुभएन । दुईजना अध्यक्ष मिलेर प्रस्ताव तयार हुन सकेन । 

ओलीले प्रस्ताव तयार गर्नका लागि बैठक स्थगित गरिएको तर उहाँहरू बैठक चलाउनुपर्‍यो भन्दै आउनुभएको बताउनुभएको छ । 

दुईवटा अध्यक्षविनाको कुनै पनि बैठकको अर्थ रहँदैन, त्यसले विभाजनतिर नै लैजान्छ र गुटहरूको सिर्जना गर्छ । इमान्दार एकता चाहने कार्यकर्ता वा नेतृत्व होस्, त्यो दिशातर्फ जानु हुँदैन । त्यसले दुईवटा नेताहरूलाई एकै ठाउँमा ल्याउनुपर्छ । 

दुईवटा अध्यक्षबीचको असमझदारी लम्बिनुको जोखिम के देख्नुभएको छ ?

दुईवटै नेताहरूले एकता बचाउन अन्तिमसम्म प्रयास गर्नुपर्छ । यो पार्टी अब फुट्यो भने अन्तिम अवस्थामा कोर्स नै परिवर्तन हुन्छ । अर्को कोर्समा जान्छ देश । देश अराजकता र अस्थीरतातर्फ जान्छ । त्यसो हुन नदिन नेतृत्वले जिम्मेवारी बोध गर्नुपर्छ र महसूस गर्नुपर्छ । 

आफूले के पायो र गुमायो भन्ने दिशातर्फ गयो भने गैर-जिम्मेवारी हुन्छ । तर पहिलो प्राथमिकता भनेकै राष्ट्र देश र जनता हो, त्यसपछि पार्टी र त्यसपछि व्यक्ति हुन्छ । अहिले व्यक्तिलाई प्रधान बनाएर अरू सबैलाई गौण बनाएर सोच्ने प्रवृत्ति जुन छ, म मेरो भनेर जसरी सोचिएको छ । यो बाट नेतृत्वहरू मुक्त हुनुपर्छ । 

विगत माओवादी पृष्ठभूमिका र आमनागरिकबाट पनि तपाईं र अध्यक्ष प्रचण्डबीचको सम्बन्ध बिग्रेको हो भन्ने खालको धारणा आइरहेको भइरहेको छ । वास्तविकता के हो ? तपाईंको चित्त दुखाइ के हो ?

मेरो चित्त दुखाइ र चित्त खुसीको कुरा होइन । मैले भनेको कुरा के हो भने उहाँचाहिँ जिम्मेवार हुनुपर्छ । उहाँले नै पुल भत्कायौं र पछाडि फर्किन सकिन्न भन्नुभएको हो । 

हिजोको एमालेभित्रको गुटसँग मिलेर अर्कोलाई प्रहार गर्दै हुनुहुन्छ । मूल नेतृत्वलाई विस्थापित गरेर कुनै पार्टी बन्दैन । हिजो पार्टी एकता नहुँदा माओवादीको मूल नेतृत्वसँग म अडेर बसेको हो । साथ दिएको हो ४० वर्षसम्म ।

पछिल्लो चरणमा उहाँका केही भनाइ र गराइहरूमा चित्त बुझेको छैन । सबै समग्रमा समय आएपछि भनौंला । तर मेरो उहाँप्रति केही नकारात्मक छैन । 

मैले एकतालाई बचाउनुपर्छ र दुईवटा नेतृत्व एकठाउँमा हुनुपर्छ भन्नेमा मेरो जोड छ । मैले के पाएँ, के पाइन भन्ने कुरा गौण प्रश्न हो । 

प्रचण्डले तपाईंलाई अलिकति मिस गरेजस्तो, छोडेर जाँदा अलिकति चित्त दुखाएजस्तो पनि गरेको देखिन्छ नि !

गत ४० सालमा म उहाँको एकदमै नजिक रहेर काम गरेँ । उहाँलाई अरू धेरैले साथ छोडे तर मैले छोडेको थिइन । तर अहिले उहाँले एकचोटी आत्मसमीक्षा गर्नुपर्‍यो । 

मैले सुदूरपश्चिमलाई के दिएँ, के गरिन त्यो उहाँले एकपटक सम्झिनुपर्छ । हिजो मैले तेस्रो मोर्चा भनेको थिएँ । अनि त्यहाँ कसले के पायो, मूल मुद्दामा हामी गयौं कि गएनौँ । 

अस्ति सुदूरपश्चिमका हिजो उहाँलाई सडकमा गाली गर्ने मान्छे, जसले डिप्रेसनको औषधि खाएका छन् उनलाई बोलाएर ल तपाईं नै नेता हुनुभयो भनेर प्रचण्डले पगरी गुथाउनुभयो, मेरोविरुद्ध । अहिले सामाजिक सञ्जालमा, फेसबूकमा जसले मलाई चिनेकै छैनन्, बुझेको छैन, उसले तथानाम लेखिएरहेको छ । जसलाई प्रचण्डले नै प्रोत्साहन दिएको हो । 

शान्तिप्रक्रियालाई टुंगोमा पुर्‍याउन के गरियो, के गरिएन । लिम्पियाधुरालाई नक्सामा ल्याउन भूमिका खेलियो कि खेलिएन ।

उहाँको सुदूरपश्चिमलाई हेर्ने दृष्टिकोण के हो ? एकता गर्दा सुदूरपश्चिमलाई के दिनुभयो ? यो प्रश्नको उत्तर उहाँ आफैंले खोज्नुपर्ने हो । यहाँ एउटा व्यक्ति लेखराजको प्रश्नै होइन । 

मेरो अहिले पनि सदासयता छ, सम्मान छ प्रचण्डप्रति । उहाँलाई कसले के कुरा लगाउँछन् भन्ने कुरा उहाँले नै जान्नुपर्छ । 

प्रचण्ड गलत सल्लाहको पछि लाग्नुभयो भन्ने हो तपाईंको धारणा ?

अस्ति सुदूरपश्चिमका हिजो उहाँलाई सडकमा गाली गर्ने मान्छे, जसले डिप्रेसनको औषधि खाएका छन् उनलाई बोलाएर ल तपाईं नै नेता हुनुभयो भनेर प्रचण्डले पगरी गुथाउनुभयो, मेरोविरुद्ध । अहिले सामाजिक सञ्जालमा, फेसबूकमा जसले मलाई चिनेकै छैनन्, बुझेको छैन, उसले तथानाम लेखिएरहेको छ । जसलाई प्रचण्डले नै प्रोत्साहन दिएको हो । 

मलाई फाइदा हुने नहुने मैले त केही पनि देखेको छैन । व्यक्तिगत रूपमा त्यो ठाउँमा पुर्‍याइएको मान्छेले आफ्नो जमिन छोडेर बोलेका कुरा, गरेका निर्णयका परिणामहरू के हुन्छन् त्यसमा गम्भीरतापूर्वक अध्यक्षले समीक्षा गर्नुपर्छ । 

तपाईं केपी ओलीसँग मिल्नुलाई अब पार्टी अन्तरघुलन भन्न मिल्छ कि नाईं ?

मैले गरेको होइन एकता । प्रचण्डले गरेका हुन् । अहिले दुईवटा अध्यक्ष हो । देशको कार्यकारी केपी शर्मा हो । अहिले पार्टी टुट्नु हुँदैन अहिले केपी शर्मा नै प्रधानमन्त्री रहनुपर्छ र म उहाँसँग छु भनेको छु, सार्वजनिक रूपमै । 

पार्टी फुट्ने त विचारले हो । एकता हुँदाको राजनीतिक दस्तावेजमा कहीँ पनि भिन्न मत छैन । अस्ति केन्द्रीय कमिटीले पारित गरेको दस्तावेज हेर्नुस् त्यहाँ पनि भिन्न मत छैन । तर अहिले मतभिन्नता भएको कहाँ हो ? 

लेनदेनको कुरा हो भने उहाँहरूले अँध्यारो कोठामा बसेर जे सहमति गर्नुभएको थियो, त्यो सहमति कहाँ कार्यान्वयन भएन, कहाँ कमजोर भयो भएन भन्ने कुरा उहाँहरूले जान्ने कुरा हो । उहाँसँग साक्षी बसेकाले जान्ने कुरा हो । 

पार्टी एकता हुँदा पनि सल्लाह गरेको होइन, छलफल गरेको होइन । अहिले जान्ने कुरा के हो भने दुवै पार्टी अध्यक्षले गरेको कुरा मैले आत्मसात गरेको हो ।

पछाडि फर्किने पुल छैन है भनेर उहाँहरूले भन्नुभएको हो । त्यही कुरालाई दह्रोसँग समातेको मात्र हो ।

महाधिवेशनमा विचार मिल्यो भने तपाईं प्रचण्डसँग मिल्ने सम्भावना छ कि छैन ?

विचार प्रचण्डसँग मिले प्रचण्डसँग, ओलीसँग मिले ओलीसँग, अथवा मैले छुट्टै विचार मैले नै ल्याउन सक्छु । 

प्रचण्ड पक्षका अन्य केही नेताहरू पनि तपाईंले नै राखेको विषय सही छ भन्ने दिशातर्फ आएका छन् । तपाईंसँगै अन्य विषयमा पनि उहाँले लिएको बाटो कहीँ न कहीँ गलत छ भनेर प्रचण्डले रियलाइज गर्नु पर्ने हो ? बजारमा प्रचण्डलाई आफ्नैले साथ छोडेको टिप्पणी भएको छ नि !  

पहिलो कुरा त सुदुरपश्चिमको अलगै पाटो हो । त्यो पनि समीक्षा गर्नु जरुरी छ । अर्को समग्ररूपमा समीक्षा गर्न जरुरी छ । हिजो उहाँका लागि मर्न तयार हुने मान्छेहरू किन छोड्दैछन्, किन टाढा भइरहेका छन्, छन् त्यो त विचार गर्नुपर्छ । 

हिजो किन एकता भयो, कसको प्रेरणाले भयो त्यो ठीक थियो कि थिएन र अहिले किन तोड्न खोजिएको हो ? के मिलेन ? ठीक छ कि छैन भनेर हेर्नुपर्छ । व्यक्तिगत इगो हो कि, स्वार्थ पुगेन कि, भागबण्डा पुगेको छैन कि त्यो पनि समग्रमा समीक्षा गर्नुपर्छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
असार १, २०८०

बुधवार उच्च अदालत विराटनगर पुग्दा धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङ एक वकिलसहित भेटिए । मुद्दाको पेशी भएकाले उनी आफैं उपस्थित भएका रहेछन् । धरान खानेपानी विकास बोर्डको बैठक नबोलाएको भन्दै सा...

असोज ३, २०८०

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल समाजवादी पार्टी (नेसपा)का एकजना अध्यक्ष महिन्द्र राय यादवलाई पार्टी एकताका लागि पत्र पठाएपछि नेसपामा खैलाबैला उत्पन्न भएको छ ।&nb...

जेठ २२, २०८०

प्राध्यापक डा. जयराज आचार्यले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण फलदायी नभएको टिप्पणी गरेका छन् । देशको प्राथमिकतालाई पहिचान गर्न नसक्दा प्रधानमन्त्री चुकेको उनको टिप्पणी छ । ‘हा...

फागुन ३, २०८०

नेपाली कांग्रेसबाट धोका भएको र गठबन्धन सम्बन्धमा पुनर्विचार गर्नुपर्ने अवस्था आउन सक्ने प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिले राजनीति तरंगित छ ।  माओवादीको विधा...

पुस ३, २०८०

बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म मध्यपहाडी यात्रा सकेर नेकपा एमालेको नेतृत्व काठमाडौं फर्किएको छ । संसद्को प्रमुख प्रतिपक्षी दल एमालेको नेतृत्वले मध्यपहाडी यात्राका दौरान सरकारको चर्को आलोचना गरेक...

जेठ १९, २०८०

​​संघीय संसद्को बजेट अधिवेशन प्रारम्भ भई संवैधानिक प्रबन्धअनुसार दुवै सदनको संयुक्त बैठकमा यही जेठ १५ गते नेपाल सरकारका अर्थमन्त्रीबाट आर्थिक वर्ष २०८०/८१ को वार्षिक आय–व्यय (बजेट) प्रस्तुत भइसकेको छ । ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x