फागुन १, २०८०
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
जो उत्साही छ, उ लक्ष्यमा पुग्छ । अरुले सक्ने मैले किन नसक्ने भन्ने आफैंसँगको सामान्य प्रश्नले मानिसलाई उत्साही तुल्याउँछ ।
यसबाट गरे सकिन्छ भन्ने भावना जागृत हुन्छ, जसले लक्ष्यमा पुर्याउन मद्दत गर्छ । आखिर कसैले पनि जन्मिँदैमा सिकेर आउने होइन । सिक्न थालेपछि सिकिने हो ।
गरेपछि काम हुने हो । यथार्थमा गन्तव्यतर्फ फर्किएर हिँड्न थालेपछि गन्तव्यमा पुगिनुको विकल्प नै रहँदैन । यसैलाई जीवनमा सफलता चुमेको भनिन्छ ।
रवीन्द्रनाथ टैगोरको एउटा प्रेरक वाक्यले करोडौंलाई उत्साही तुल्याउन सक्छ । उनी भन्छन्, ‘किनारामा उभिएर र पानीमा हेरेर मात्र समुन्द्र पार गर्न सकिन्न ।’ अर्थात् भगवान्ले पनि भन्छन्, ‘तिमी आट म पुर्याउँछु ।’
भगवान् गौतम बृद्ध भन्छन्, ‘हामी जे छौं त्यो हाम्रै विचारको परिणाम हो ।’ अर्थात् हामी आशावादी छौं, अपेक्षित परिणाम हात पार्छाैं । हामी निराशावादी छौं, पहिल्यै आफूले प्राप्ति हुँदैन भनेर त्यागिसकेको लक्ष्य हासिल हुने कुरै भएन ।
बुद्धले अगाडि प्रकाश पारेका छन्, ‘तिमी जे छौं त्यो तिम्रो विगतको परिणाम हो । जे गर्छाैं, त्यसैले तिम्रो भविष्य निर्माण गर्छ । यत्ति कुराको बोध गर्ने मानिस उत्साही भइहाल्छ । उत्साहले असफल हुनै दिँदैन ।’
चन्द्रशेखर आजाद भारतमा अंग्रेज हटाउ अभियानमा लागेका थिए । एकदिन उनी प्रहरीद्वारा पक्राउ परे तर उनलाई प्रहरीले कारवाही गर्ने कुनै आधार थिएन । जसको कारण प्रहरीले कारवाहीस्वरूप उनलाई एकरात प्रहरी चौकीको चौरमा खुला आकाशमा रहन बाध्य गरियो । सो समय भारतमा निकै चिसो बढेको थियो । केही प्रहरीले चन्द्रशेखर रातभरिमा कठ्यांग्रिएर मर्न सक्नेसम्मको आकलन गरेका थिए ।
चन्द्रशेखरले भारतबाट अंग्रेज नहटाई मृत्युवरण नगर्ने अठोट लिएका थिए, जसको कारण उनमा बाँच्ने उत्साह थियो । राति चिसो निकै बढेपछि उनी उठबस गर्न थाले, यसले जीउ तात्यो । बिहान भएपछि प्रहरीबाट उनी मुक्त भए । यसरी चन्द्रशेखर आप्mनो उत्साहका कारण पुलिसको पञ्जाबाट फुत्किएर अंग्रेज हटाउन सफल भए ।
हरेक व्यक्तिले जे बन्न चाहन्छ, त्यो बन्न सक्छ । यसका लागि आफ्नो इच्छालाई पूर्ण विश्वासका साथ सधै स्मरण गर्नुपर्छ । आफ्नो लक्ष्यमा इमान्दार हुनुपर्छ ।
एउटा घतलाग्दो कथा पढौं । एउटै उद्देश्यका साथ अघि बढेका ३ जना एउटा चोकमा भेट भए । तीनै जनाले एउटा अगाडि र एउटा पछाडि गरी २/२ वटा झोला भिरेका थिए । तीमध्ये पहिलो, उत्साही र प्रशन्न थिए । दोस्रो, थकित तर निराश नभएका थिए । तेस्रो, निराश र दुःखी थिए ।
कारण, पहिलोले राम्रो कुरा राखेको झोला अगाडि भिरेका थिए र नराम्रो कुराको झोला पछाडि बोक्नुका साथै सानो प्वाल पनि पारेका थिए । उनी राम्रो कुरा देखेर उत्साही थिए र नराम्रो कुरा झोलामा भएको प्वालबाट खस्दै गएकाले प्रशन्न थिए ।
दोस्रोले अगाडिको झोलामा राम्रा कुरा र पछाडिको झोलामा नराम्रा कुरा बोकेका थिए । पछाडिको नराम्रो कुराको झोलाको भार थेग्न नसकेर उनी थकित थिए तर राम्रो कुराको झोला हेरेर आपूmलाई निराश हुनबाट जोगाएका थिए ।
तेस्रोले नराम्रो कुराको झोला अगाडि र राम्रा कुराको झोला पछाडि बोकेका थिए । उनको आँखा सधै नराम्रो कुरामा पर्दा निराश थिए । साथै राम्रा कुराको झोला पछाडि भिर्दा त्यसको लाभ लिन सकिरहेका थिएनन् । उल्टै सो झोलाको भार थेग्न मुस्किल परेकाले दुःखी थिए । हामी सबैको जीवनको कटू सत्य यही हो ।
संसारका सबैभन्दा सुखी मानिस ती होइनन्, जसले धेरै पाएका छन् । ती मानिस सुखी हुन्, जसले अर्कालाई दिन जानेका छन् । अर्काको पक्षमा काम गर्छन् । आप्mनो हित त्यागेर अर्काको हितको संरक्षण गर्छन् । एउटा नीति कथा अनुसार सधै परोपकारी काममा संलग्न एक २५ वर्षे युवकमा अचानक आफ्नो विवाह कहिले होला र सम्पत्ति जोड्न सकिएला भन्ने जिज्ञासा पैदा भयो । उनले ३ दिन ३ रातको यात्रा पार गरेर अनकन्टारमा कुटी खडा गरेर बसेका ज्ञानी मानिसलाई भेटेर जिज्ञासा शान्त पार्ने निर्णय गरे ।
उनको पहिलो बास १ जना वृद्ध आमाको घरमा भयो । ती आमाकी २० वर्षीया सुन्दरी छोरी थिइन्, जसले एक झोला सुन बोकेर आउनेसँग मात्रै विवाह गर्ने वाचा आमालाई सुनाएकी थिइन् । ती वृद्ध आमाले पाहुना लागेका नवजवानलाई आफ्नो समस्याका जवाफ पनि ज्ञानी मानिससँग सोधिदिन आग्रह गरिन् । युवकले टाउको हल्लाए ।
युवकको दोस्रो दिनको यात्रा आरम्भ भयो । सो रात उनी जोगीको कुटीमा बास बस्न पुगे । ती जोगी पनि विगत १० वर्षदेखि अनिदो रहेछन् । आपूmलाई कसरी निद्रा लाग्छ भनी ज्ञानी मानिससँग सोधिदिन उनले पनि आग्रह गरे । युवाले आग्रह टारेनन् ।
ती युवा तेस्रो दिनको यात्रामा निस्किए । सो साँझ उनी एउटा किसानको घरमा बाँस माग्न पुगे । किसानले पनि सबै कुरा बुझेपछि आफ्नो समस्या खोले । उनको बुवाले मृत्युवरण गर्नुपूर्व घर पछाडि रुख रोप्नु, सुन फल्छ भनेर गाउँलेको अगाडि भनेका रहेछन् तर पटक–पटक रुख रोप्दा पनि सुन नफलेर दिक्क भएका रहेछन् । यसर्थ ती अनकन्टारमा बस्ने ज्ञानी मानिससँग यो कुरा सोधिदिन आग्रह गरेछन् । युवाले नाईनास्ती गरेनन् ।
सो दिन बिहान हिँडेका युवा साँझ ज्ञानी मानिसको कुटीमा पुगे । उनले युवालाई खानपिन गरेर आराम गर्न र भोलि बिहान कुराकानी गर्ने बताए । भोलिपल्ट बिहान ज्ञानी मानिसले ‘कुनै ३ प्रश्न सोध, म उत्तर दिन्छु’ भने । युवालाई फसाद पर्यो । कारण, आप्mनो एउटा प्रश्न र ३ रात बास बसेको ठाउँका ३ प्रश्न गरी उनीसँग ४ वटा प्रश्न थिए । युवा परोपकारी भावनाका थिए । तत्कालै उनले आफ्नो स्वार्थ त्यागेर आपूmलाई बास दिने ३ जनाका प्रश्नको उत्तर सोधे । उत्तर पाएपछि खुशी भएर फर्किए ।
फर्किदा पहिलो बास किसान कहाँ पर्यो । उनले किसानलाई दुईटा कोदालो ल्याउन आग्रह गरे । घर पछाडि दुवै जनाले बेस्सरी खने । तब किसानको बुवाले राखेको गाडधनरूपी स्वर्ण मुद्रा हासिल भयो । यथार्थमा किसानको बुवाले छोरालाई सांकेतिक अर्थमा रुख रोप्न भनेका थिए । उनले सोचेका थिए, छोराले गहिरो खाल्डो खनी हाल्छ, अनि गाग्री भित्रको मुद्रा फेला पारिहाल्ने छ तर छोरा अल्छी थिए । खासै गहिरो खाल्डो नखनी बिरुवा रोप्थे, जो सर्दैनथ्यो । गाग्रीभरि सुबर्ण मुद्रा देखेर किसान खुशी भए । उनले १ झोला स्वर्ण मुद्रा युवालाई उपहार दिए ।
अर्को दिन युवा किसानको घरबाट निस्किएर राति जोगीको आश्रममा बास बस्न पुगे । ती युवाले जोगीलाई सिरानमा राखिएको स्वर्ण मुद्राले भरिएको झोला फालिदिन र मस्त निदाउन सुझाव दिए । वास्तविकतामा एउटा चोरले बैंकबाट लुटेको स्वर्ण मुद्राले भरिएको झोला जोगीको कुटीमा राख्न दिएर उनी पुलिसबाट जोगिन भागेछन् । उ फर्किएर नआएका कारण जोगीले सुरक्षाका लागि सिरानीमा राखेका रहेछन् र उनको निद हराम भएको रहेछ । जोगीले स्वर्ण मुद्रा भएको झोला किन फाल्नु तिमी लिएर जाऊ भनी तिनै युवलाई दिएछन् ।
ती युवा जोगीको कुटीबाट हिँडेर वृद्ध आमाको घरमा बास बस्न पुगे । आमाले केही सोध्नु पूर्व नै सुन्दरी छोरीले युवालाई झोलामा के ल्याएको भनी सोधिछन् । युवाले स्वर्ण मुद्रा देखाए । तत्कालै ती सुन्दरीले आमातिर फर्किएर म यिनै युवासँग विवाह गर्ने भनिछन् । आमा खुशी भएर अर्को झोलामा के छ नि भनी सोधिछन् । युवाले पुनः झोलाभरि सुनको सिक्का देखाए । तब आमाले धुमधामले विवाह गरेर स्वर्ण मुद्राको उपयोग गरी छोरीज्वाइँको भव्य घरबास बनाइदिएछन् । यसरी युवाले अर्काको सेवा गर्दा आप्mनो लक्ष्य भेट्टाए । प्राकृतिक न्यायको सिद्धान्त यही हो । जसले अर्कालाई हेर्छ, सफलताले उसलाई हेर्छ ।
अन्त्यमा, महाकवि देवकोटाले ‘उद्देश्य के लिनु, उडी छुनु चन्द्र एक’ भनेका छन् । यर्थाथमा परिश्रम नगरी फलको आशा गर्नु न्यायोचित हुने कुरै भएन । यसर्थ आफूले चाहेको फल खान, फल टिप्नुपर्छ, झार्नुपर्छ, झटारो हान्नुपर्छ । रुख चढ्नुपर्छ । यसैलाई उत्साह भनिन्छ । जसले फल दिन्छ । जसलाई सफलता भनिन्छ ।
‘ढुंगाको काप फोरेर पनि उम्रन्छ पिपल, सिर्जना शक्ति संसारमा कहिल्यै हुँदैन विफल’ भन्ने पद्य त्यसै बजनदार ठरिएको होइन । रोमका सेनापति सिजरले जनतामा उत्साह बढाएरै एथेन्स सेनालाई पराजित गरेका थिए । युनेज स्याण्डो दुब्ला र रोगी थिए तर उनी आफ्नो उत्साहका कारण नामूद बडीविल्डर भए । आफूलाई कमजोर ठान्नु महापाप ठानिन्छ । जसको अर्थ हो, कुनै पनि व्यक्तिलाई आप्mनो उत्साह मार्ने स्वतन्त्रता हुँदैन । त्यही भएर भनिन्छ, सफल मानिस त्यो हो, जसले तालुखुइँलेलाई पनि काइँयो बेच्न सक्छ ।
यसर्थ अनुशासन लक्ष्य र सफलता बीचको पुल हो । जसमा उत्साह छ र अनुशासित ढंगले अघि बढ्छ, उसलाई सफलता चुम्ने अधिकार हासिल हुन्छ ।
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...