चीन र भारतबीच सैन्य स्तरको बैठक हुँदै

लद्दाखमा सैन्य गतिरोध अन्त्य गर्ने विषयमा भारत र चीनको सैनिकहरूबीच आइतवार पाँचौं बैठक भइरहेको छ । 

बिहान सबा ११ बजेदेखि बैठक शुरू भएको हो । 


Advertisement

बैठक चिनियाँ भूमि माल्डोमा भइरहेको छ । बैठकमा कमान्डर स्तरका अधिकारीहरू सहभागी छन् । 

भारतले बैठकमा फिंगर एरियाको कुरा उठाउने र चिनियाँ सैनिकहरूलाई त्यहाँबाट पछि हट्न भन्ने भारतीय सैन्य सूत्रले द टाइम्स अफ इन्डियालाई बताएका छन् । 


Advertisement

पूर्वी लद्दाखमा केही सैनिकहरू पछि हटेको तर पूर्ण रूपमा डिसइंगेजमेन्ट नभएको बताइएको छ । 

भारतीय सैन्य अधिकारीहरूका अनुसार, पांगोङ ताल र देप्साङमा चिनियाँ सैनिकहरू पछि नहट्नुमा दुईवटा कारण हुन सक्छन् । पहिलो, दुई देशबीच जुलाई १४ मा सैन्य कमान्डर स्तरमा चौथो चरणको कुराकानीमा

डिसइंगेजमेन्टको प्रस्ताव लागू गर्ने कि नगर्ने भन्ने विषयमा चीन दुविधाको स्थितिमा छ । दोस्रो, चीन यस विवादलाई तन्काइरहेर जाडो महिनासम्म लग्न चाहन्छ । 

विवादित क्षेत्रमा शान्ति तथा स्थिरता बहाल गर्ने लक्ष्यका साथ दुवै देशका सैनिकहरूलाई फिर्ता बोलाउनका लागि शीर्ष सैन्य कमान्डरहरूबीच चार चरणको वार्ता भइसकेको छ । 

जुलाई ५ मा भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभाल र चीनका परराष्ट्रमन्त्री वाङ यीले टेलिफोनमा लगभग दुई घन्टा कुराकानी गरेका थिए । 
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्