×

NMB BANK
NIC ASIA

प्रचण्डसँग छलफल सकेर ओली बालकोटस्थित निजी निवासमा

साउन १९, २०७७

NTC
Premier Steels

नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पार्टीका अर्का अध्यक्ष  पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल सकेर भक्तपुरस्थित आफ्नो निजी निवास बालकोट पुगेका छन् ।

Muktinath Bank

सोमवार बिहान प्रचण्ड र झलनाथ खनालसँग छलफल गरेपछि ओली साढे ११ बजे बालकोट पुगेका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

२०७४ फागुनमा प्रधानमन्त्री निर्वाचित भएर बालुवाटारस्थित सरकारी निवासमा सरेपछि ओली बिरलै मात्र बालकोट पुग्ने गरेका थिए ।


Advertisment
Nabil box
Kumari

मन्त्री पदमा रहुञ्जेल बालकोटस्थित ओलीको निवासमा तत्कालीन सूचना तथा सञ्चार मन्त्री गोकुल बाँस्कोटा बस्ने गरेका थिए । 

Vianet communication

प्रधानमन्त्री ओलीका सहयोगीहरूले निजी निवासमा गएको बताएपनि किन भन्ने खुलाएनन् । 

‘प्रधानमन्त्रीज्यू, आफ्नो निवासमा जानका लागि कुनै कार्यक्रम आवश्यक पर्दैन,’ उनका एक सहयोगीले लोकान्तरसँग भने । 

ओली निजी निवासमा पुगेपछि नेकपाका कार्यकर्ताहरू बालकोट पुगेका छन् । 

मृगौला प्रत्यारोपण गरेपछि राष्ट्रपति कार्यालय, संसद् भवन र सिंहदरबारबाहेक अन्यत्र नगएका ओली गत मंगलवार उपाध्यक्ष वामदेव गौतमको भैँसेपाटीस्थित निवासमा पुगेका थिए ।

यसैबीच अध्यक्षद्वय ओली र प्रचण्डबीच बालुवाटारमा भएको आजको भेटवार्ता पनि सहमतिका लागि सहमतिमै सीमित भएको छ ।

पार्टीभित्र गहिरिएको संकट हल गर्न भन्दै आइतवार र सोमवार वरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङलाई साक्षी राखेर अध्यक्षद्वयले भेटवार्ता गरेका थिए ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा आइतवार बिहान करीब ९ बजेदेखि शुरू भएको भेटवार्ता जनैपूर्णिमाको शुभकामना आदानप्रदानका साथ शुरू भएको थियो ।

प्रधानमन्त्री ओलीले पार्टीभित्रको संकट सचिवालयबाट हल गर्नुपर्ने अडान राखेका छन् ।

सोमवारको भेटवार्तामा पनि ओली अध्यक्ष र प्रधानमन्त्री कुनै पनि पदबाट आफूले राजीनामा नदिने, पार्टीभित्रको विवाद सचिवालयबाट हल गर्नुपर्ने, पटक-पटक स्थगित भएको स्थायी कमिटी बैठक तत्काल सुचारू गर्न नसकिने र केन्द्रीय कमिटीको बैठक बोलाउन नसकिने अडानमा रहेको स्रोतले बतायो ।

अध्यक्ष प्रचण्डले स्थायी कमिटीबाटै निर्णय गरेर जाऔं न त भनेर राखेको प्रस्तावमा ओली सकारात्मक देखिएका छैनन् । स्रोतले अध्यक्षद्वयबीच संवादको ढोका बन्द नगर्ने सहमति भने बनेको बतायो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x