माघ ८, २०८०
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...
साउन २१, २०७७
कोरोना भाइरस संक्रमणको महामारीसँगै सर्वसाधारण दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धिको मारमा परेका छन् ।
केही दिनयता दैनिक उपभोग्य वस्तुमा दोब्बरभन्दा बढी मूल्यवृद्धि हुन थालेको छ । लकडाउनको बहाना बनाउँदै मूल्यवृद्धि गरेका व्यवसायीले पछिल्ला दिनमा बाढीपहिरो लगायतका कारण पनि मूल्यवृद्धि भएको बताउन थालेका छन् ।
व्यवसायीले उपभोग्य वस्तुमा उपभोक्तालाई ठग्दै गर्दा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग मुकदर्शक बनेको छ । कालिमाटी तरकारी बजारले सार्वजनिक गर्ने मुल्यसूचीभन्दा धेरै बढी मूल्यमा तरकारी किन्नुपर्दा उपभोक्ता ठगिएका छन् ।
तरकारी बजारले दैनिक सार्वजनिक गर्ने मूल्यसूचीमा असार र साउनको तुलना गर्दा पनि धेरै नै अन्तर देखिएको छ । असार २० गते सानो गोलभेडाको मूल्य औसत १२ रुपैयाँ थियो तर साउन २० गते बजार मूल्य औसत ४२ रुपैयाँ रहेको छ । १ महिनामै सानो गोलभेडाको मूल्यमा ३० रुपैयाँको फरक देखिएको छ ।
असारमा रातो आलुको बजार मूल्य औसत ५२ रुपैयाँ थियो भने साउन बढेर ६७ रुपैयाँ पुगेको छ ।
गत वर्षको तुलनामा पनि यस वर्ष तरकारीको मूल्यवृद्धि बढी छ । गत वर्ष साउनको १९ गतेको मूल्यसूची अनुसार रातो आलूको मूल्य प्रतिकिलो ४०–४२ रुपैयाँ रहेको थियो । यसपालि साउन २० गतेको मूल्यसूची अनुसार रातो आलुको मूल्य ६६–६८ रुपैयाँ प्रतिकेजी रहेको छ । चालम, दाल, चिनी लगायतमा पनि मूल्यवृद्धिको क्रम रोकिएको छैन ।
बिचौलिया हाबी
कालिमाटी तरकारी तथा फलफूल बजारले निर्धारण गरेकोभन्दा शतप्रतिशत बढी मूल्य तिरेर तरकारी बेच्नेहरू यतिखेर मौलाएका छन् । सोमवार कीर्तिपुर तरकारी बजारमा कनिके च्याउ प्रतिकिलो ३०० रुपैयाँमा बिक्री भइरहेको थियो तर कालिमाटी तरकारी बजारमा यसको मूल्य प्रतिकिलो २०० रुपैयाँ निर्धारण गरिएको थियो ।
नेपाल खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठ लकडाउनको समयमा मूल्यवृद्धि भएको बताउँछन् । ‘शुरूमा ढुवानीका साधनहरूको कमी, सडक अवरुद्धजस्ता कुराले प्रभाव पारेको थियो । अहिले भने त्यो अवस्था छैन तर पनि चिनीको भाउ बढिरहेको छ,’ उनले भने, ‘सरकारले मूल्यवृद्धिलाई गहन रुपले नलिँदा समस्या भयो ।’
सरकारले बजारको अवस्था कस्तो छ भन्ने विषयमा चासो नै नदेखाएको उनको आरोप छ । उनले भने, ‘बजारमा चिनीको अभाव हुने हो कि भन्ने चिन्ता छ, अब अहिले भाउ आकाशिएको छ ।’
चिनीको बजारमूल्य अहिले ९० रुपैयाँ रहेको छ । उनले भने, ‘मूल्यवृद्धि कहिले नियन्त्रणमा आउँछ ? यसबारे यसै भन्न सकिने अवस्था छैन ।’
अधिकारकर्मी भन्छन्, ‘सरकार रमिते बन्यो’
मुलुकमा सरकार छ भन्ने कुराको अनुभूत नहुँदा अहिले लुटपाट मच्चिएको राष्ट्रिय उपभोक्ता अधिकार मञ्चका अध्यक्ष प्रेमलाल महर्जन बताउँछन् । लोकान्तरसँग उनले भने, ‘मुलुकमा अहिले सरकार छ भन्ने भान नै छैन, जसको शिकार उपभोक्ता बन्नुपरेको छ ।’ मूल्यवृद्धि नियन्त्रण गर्न सरकारले बजारमा आफ्नो उपस्थिति देखाउन नसकेको दाबी उनले गरे ।
उपभोक्ता अधिकारकर्मी ज्योति बानियाँ केन्द्रीय सरकार र स्थानीय सरकारबीच प्रभावकारी समन्वय नहुँदा मूल्यवृद्धिले उचाइ पाएको बताउँछन् । स्थानीय सरकार सञ्चालन ऐनले बजार अनुगमनको अख्तियारी स्थानीय तहको उपप्रमुखको नेतृत्वमा गर्न सक्ने व्यवस्था गरेको छ तर स्थानीय सरकारले त्यसबारे कुनै चासो नदेखाएको र कुनै काम नगरेको कारण यसको चपेटामा उपभोक्ता परेको उनले बताए ।
उनले भने, ‘उपत्यकाका कुनै पनि उपमेयरहरूले यस विषयमा कुनै चासो दिएको देखिएन । व्यापारी र स्थानीय तहबीच नै सेटिङ भएपछि बिचौलिया मौलाएको पाइयो ।’ सबै उपमेयरले व्यापारीबीच सेटिङ मिलाउन साँठगाँठ गरेकाले उपभोक्ता अधिकार छायाँमा परेको उनले बताए ।
उपभोक्ता अधिकार संरक्षण मञ्चका अध्यक्ष माधव तिमल्सिनाले सरकारसँग मूल्य विश्लेषण तथा नियन्त्रण गर्ने विशेष संयन्त्र नभएका कारण बिचौलिया हाबी भएको बताए । बजारमा अनुगमन र नियन्त्रण फितलो भएको बताउँदै उनले वस्तु तथा सेवा क्षेत्रमा हालसम्म पनि सिन्डिकेट र कार्टेलिङ यथावत रहनुजस्ता कारणले बजारमा मूल्यवृद्धि नियन्त्रणबाहिर गएको बताए ।
काठमाठौं महानगरले नै गर्दैन अनुगमन
काठमाडौं महानगरमा पनि अन्य स्थानीय तहमा जस्तै उपप्रमुखको नेतृत्वमा अनुगमन समिति छ । उपप्रमुख हरिप्रभा खड्कीको नेतृत्वमा रहेको समितिको न कहिल्यै बैठक बस्छ, न कहिल्यै अनुगमन नै । लकडाउनअघि कहिलेकाहीँ बजार अनुगमनमा गएजस्तो गर्ने गरिए पनि अहिले कुनै छलफल तथा काम नभएको समितिका एक सदस्यले लोकान्तरलाई बताए ।
ती सदस्यका अनुसार लकडाउनपछि बजार अनुगमनका विषयमा कुनै पहल भएको छैन, न त समितिको बैठक नै बसेको छ ।
हामीले मात्र अनुगमन गरेर हुन्न - विभाग
वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदी आफूहरूले निरन्तर बजारको अनुगमन तथा विश्लेषण गरिरहेको दाबी गर्छन् । लोकान्तरसँग उनले भने, ‘हामी मूल्यवृद्धि नियन्त्रणका लागि बजार अनुगमनमा निरन्तर खटिएका छौं ।’
उनले पछिल्लो समय बाढी र पहिरोको कारण आपूर्तिमा समस्या हुँदा वस्तुको माग बढ्न गई मूल्यवृद्धि हुन पुगेको बताए । उनले भने, ‘हामीले बिहान–बिहान बजार गएर पनि अनुगमन गर्यौं, पछिल्लो समय आपूर्तिमा समस्या हुँदा माग बढ्न गएको र जसले मूल्यवृद्धिको स्थिति सिर्जना गरेको पाइयो ।’ यसरी महानिर्देशक सुवेदीले व्यापारीको जस्तै भाषा बोले ।
अनुगमन आफूहरूको मात्र जिम्मामा नपर्ने भन्दै अख्तियारी पाएका स्थानीय तहका सरकारले पनि सक्रियतापूर्वक अगाडि बढे मूल्यवृद्धि नियन्त्रणमा आउन सक्ने उनले बताए । उनले भने, ‘हरेक स्थानीय तहमा बजार अनुगमन तथा नियन्त्रण गर्ने अख्तियारी छ, उनीहरूले पनि बजार अनुगमन गरेर सहयोग गरे हुने ।’
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...
अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...
यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...
काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...