×

NMB BANK
NIC ASIA

हिजो दिनभर : चाडपर्वका लागि सरकारले जारी गर्‍याे नयाँ मापदण्ड, भदाै १ गतेदेखि विद्यालयमा भर्ना खाेल्न निर्देशन

साउन २३, २०७७

NTC
Premier Steels

भदाै १ गतेदेखि विद्यालयमा भर्ना खाेल्न सरकारकाे निर्देशन
सरकारले शैक्षिक सत्र ०७७/०७८ काे भर्ना भदाै १ गतेदेखि खाेल्न आह्वान गरेकाे छ।

Muktinath Bank

सरकारले भदाै १ गतेबाट भर्ना खाेल्ने निर्णय यसअघि नै गरे पनि काेराेनाका संक्रमित बढ्न थालेपछि निर्णय पुनर्विचार हुनसक्ने चर्चा समेत भइरहेका बेला शिक्षा मन्त्रालयले बिहीबार  ७ सय ५३ स्थानीय तहलाई परिपत्र गर्दै भर्ना खाेल्न भनेकाे हाे।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

​मन्त्रालयले ०७६ काे नतिजा प्रकाशन गर्न बाकी रहे प्रकाशन गर्न  पनि भनेकाे छ। त्यसैगरी विद्यालयमा विद्यार्थीकाे संख्यात्मक विवरण यकिन गर्न, भर्ना भएका विद्यार्थीकाे शैक्षिक तथ्यांक भराउन, पाठ्यपुस्तक उपलब्ध गराउन भनेकाे छ।


Advertisment
Nabil box
Kumari

कोभिड-१९ काे त्रास: चाडपर्वमा ‘नो भिड’, सरकारले जारी गर्‍याे मापदण्ड
 स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चाडपर्व, जात्रा र उसत्व मनाउँदा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न निर्देशन दिएको छ।

Vianet communication

कोरोना संक्रमित बढ्दै गर्दा सरकारले एकपछि अर्का प्रतिबन्ध कायम गरिरहेका बेला मन्त्रालयलय चाडपर्व, जात्रा र उत्सव मनाउँदा पालना गर्नुपर्ने मापदण्ड ल्याएको हो।

मापदण्डमा भनिएको छ, ‘सबै किसिमका चाडपर्व, जात्रा तथा उत्सव मनाउँदा एउटै घरमा बसोबास गर्ने व्यक्ति बाहेक अन्यसँग भेटघाट कम गर्ने, यदि गर्नै परेमा २ मिटरको दूरी कायम गर्ने।’

घरबाहिरको जमघटमा नजान र जानु परे मास्क लगाउन, कार्यक्रमस्थलमा प्रवेश गर्दा साबुनपानीले हात धुन वा स्यानिटाइजर प्रयोग गर्न पनि मापदण्डमा भनिएको छ। 

बालबालिका र जेष्ठ नागरिकलाई चाडपर्वमा सहभागी नहुने अनुरोध गरेको छ।
 
मापदण्डमा ‘ज्वरो, खोकी तथा श्वासप्रश्वासको समस्या भएका, ६० वर्षभन्दा माथि र १२ वर्षभन्दा कम उमेर, गर्भवती तथा सुत्केरी, रोग प्रतिरोधी क्षमता कम भएका, दीर्घरोगी, अंग प्रत्यारोपण गरेका, मेडिकल उपकरण शरीरमा राखेर हालसालै सर्जरी गरेकाहरुलाई चाडपर्व, जात्रा र उसत्वमा सहभागी नहुन’भनिएको छ ।

प्रदेश २ का मन्त्रीलाई कोरोना संक्रमण देखिएपछि प्रदेश १ का कानून मन्त्री होम आइसोलेसनमा
प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्की होम आइसोलेसनमा बसेका छन् ।

केही दिन पहिले संघीय राजधानी काठमाडौंमा प्रदेश प्रहरी विधेयक पारित भइसकेपछि प्रदेशमा प्रहरी व्यवस्थापन सम्बन्धमा भएको छलफलमा सातवटै प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री सहभागी रहेका अवस्थामा प्रदेश नं. २ का आन्तरिक मामिलामन्त्री ज्ञानेन्द्र यादवलाई कोरोना सङ्क्रमण भएको पुष्टिसँगै उनी होम आइसोलेसनमा बसेको मन्त्री कार्कीका स्वकीय सचिव कमल पौडेलले जानकारी दिए ।

पौडेलका अनुसार मन्त्री कार्कीले आफूहरूसँग प्रत्यक्ष सम्पर्कमा रहेका सबैलाई स्वाब परीक्षण गर्न आग्रह गरेका छन् ।

मन्त्रीको निवासमा कार्यरत सबैको स्वाब लिने तयारी भइरहेको सचिव पौडेलको भनाइ छ । रासस

सरकारले भन्यो– तत्काल देशव्यापी लकडाउन गर्ने कुनै तयारी छैन
सरकारले कोरोना संक्रमणको जोखिम न्यूनीकरणका नाममा पुनः देशव्यापी बन्दाबन्दी (लकडाउन) गर्ने योजना नरहेको सरकारले जनाएको छ ।

सरकारले भदौ १ गतेदेखि सञ्चालन गर्ने भनिएको हवाइ उडान, लामो दूरीका सार्वजनिक यातायात र स्कूल भने तत्काल नखुल्ने संकेत गरेको छ । 

साउन १९ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडाले गत चैत्र ११ गतेदेखि भएको जस्तै लकडाउन फेरि नहुने स्पष्ट गरेका हुन् । 

‘अहिले नै देशव्यापी लकडाउन भनेर जानेतर्फ सोचेको छैन । त्यस्तो परिस्थिति भयो भने स्थानीय प्रशासनले यो कदम चाल्न सक्छ । दुई दर्जन स्थानीय तहमा बन्दाबन्दी गरिएको छ,’ मन्त्री खतिवडाले भने, ‘त्रसित भएर पूर्ण लकडाउन हुन्छ कि भन्ने अवस्था छैन । सन्त्रस्त नहुन सबैलाई आह्वान गर्छु ।’

पछिल्लो २४ घण्टामा ३ सय ६० मा कोरोना संक्रमण, काठमाडौँ उपत्यकामा मात्र ८७ जना

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा देशैभर ३ सय ६० मा कोरोना संक्रमण देखिएको जनाएको छ । 

बिहीवार नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ३ सय ६० कोरोना संक्रमित भेटिएको बताएका हुन् । 

यससँगै नेपालमा सक्रिय संक्रमितको संख्या ६ हजार २ सय ९६ रहेको छ । 

प्रवक्ता डा. गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँ जिल्लामा ७६, भक्तपुरमा १ र ललितपुरमा १० जनामा संक्रमण देखिएको छ । 

पछिल्ला केही दिनमा संक्रमणको दर बढेको छ । उपत्यका काठमाडौँमा पनि संक्रमणको दर विस्तार भएको छ । 

त्यस्तै पछिल्लो २४ घण्टामा २ सय ३३ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x