×

NMB BANK
NIC ASIA

चिकित्सक तथा रेडक्रसकर्मीको लापरवाहीका कारण जनकपुरमा एक जना सुत्केरी महिलाको मृत्यु भएको छ ।

Muktinath Bank

जनकपुरको एउटा निजी अस्पताल राम जानकी हस्पिटलमा भर्ना भएकी प्रसुती महिलालाई गलत ब्लड ग्रुपको रगत चढाएका कारण मृत्यु भएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

महोत्तरीको गौशाला नगरपालिका वडा नम्बर ११ की २१ बर्षीय गंगा देवी महतोको शुक्रबार ९ बजे मृत्यु भएको छ । ‘ओ पोजिटिभ’ ग्रुपको रगत चढाउनु पर्ने ठाउँमा  ‘बी पोजेटिभ’ ग्रुपको रगत चढाउँदा बिरामीको मृत्यु भएको हो । 


Advertisment
Nabil box
Kumari

मृतक गंगाको पति राज किशोर महतोका अनुसार प्रसुती श्रीमतीको डेलिभरी गराउनका लागि हिजो बिहीबार ४ बजे उक्त अस्पतालमा भर्ना गरिएको थियो ।

Vianet communication

अपरेसन गरेर बच्चाको डेलिभरी गर्नु पर्छ भनेर चिकित्सकले भनेका कारण पहिले देखि नै रगत ल्याएर राख्न उनलाई चिकित्सकले भनेका रहेछन् ।

गंगाको ब्लड ग्रुपको त्यहाँ अस्पतालका चिकित्सकले म्याच गर्दा बी पोजेटिभ ग्रुपको रहेको  बताएका थिए ।

‘मेरो पनि लाइसेन्समा बी पोजेटिभ नै रहेको कारण आफ्नो रगत दिएर रगत लिने भन्दै मलाई अस्पतालको चिकित्सकले मेरो श्रीमतीको स्याम्पल समेत दिएर रेडक्रसको ब्लड बैंकमा पठायो,’ राज किशोरले लोकान्तर सँग भने,‘प्रादेशिक अस्पताल जनकपुरको रेडक्रसको ब्लड बैंकमा मैले एक पोका रगत दिएर त्यहाँ बाट बी पोजेटिभ ग्रुपको एक पोका रगत लिएर आएँ ।’ 

उक्त एक पोका रगत चढाएर चिकित्सकले बिहीबार साँझ ७ बजे तिर गंगाको शल्यक्रिया गरेर बच्चाको रुपमा उनले छोरी पाएको थियो । खुशी भएका राजकिशोरले चिकित्सकलाई मेरो श्रीमतीको अवस्था कस्तो छ भनेर सोध्न जाँदा सबै कुरा ठीक छ, कुनै चिन्ता लिनु पर्दैन भनेर जबाफ दिएका कारण आफू ढुक्क भएर बसेको उनी बताउँछन् ।

तर,अचानक रातको ११ बजे तिर मेरो श्रीमतीलाई अचानक आईसीयूमा भर्ना गर्यो ।  राती ३ बजे तिर अचानक तपाईंको श्रीमतीको ब्लड ग्रुप ओ पोजेटिभ छ, गलत ग्रुपको रगत चढ्यो, अर्को एक पोका ओ पोजेटिभ ग्रुपको रगत लिएर आउनुस् भनेर चिकित्सकले उनलाई भने ।

बिरामीको अवस्था खराब भई रहेको छ त्यसैले छिट्टै रगत लिएर आउनुस् भनेर त्यहाँका चिकित्सकले उनलाई भनेका रहेछन् ।

 ‘त्यस पछि मेरो भाइ राम हरी महतोले बी पोजेटिभ ग्रुपको एक पोका रगत दान गरेर पछि ओ पोजेटिभ ग्रुपको रगत लिएर अस्पतालमा दिएका थियौं,’ राजकिशोरले भने,‘त्यस पछि त प्लास्टिकको प्लास्टिक औषधि किनेर दिएका थियौं ।’

रात भरी औषधि किनेर अस्पतालमा ओसारेका राज किशोरलाई शुक्रबार बिहान ८ बजे तिर बिरामीको अवस्था धेरै सिकिस्त छ, अब हाम्रो नियन्त्रणमा छैन भनेर चिकित्सकले उनलाई जबाफ दिएका थिए ।   

उक्त अस्पतालको आईसीयूमा कार्यरत रहेका चिकित्सक डा. दीपेन्द्र मेहताले पनि ब्लड ट्रान्स्फ्यूजनका कारण बिरामीको मृत्यु भएको बताउँछन् । ‘बिरामीको ब्लड ग्रुप ओ पोजेटिभ हो तर शुरूमा बी पोजेटिभ रगत चढाइएको कारण बिरामीमा एक्युट रिएकसन देखा पर्यो,’ डा. मेहताले भने,‘त्यस पछि बिरामी एनाफेलाक्सिस(शोक)मा गयो र ब्लड प्रेसर पनि गयो ।’

बिरामीलाई बचाउन भेन्टिलेटरमा समेत  राखियो तर आज शुक्रबार बिहान ९ बजे उनको मृत्यु हुन पुगेको उनले बताए ।

‘शुरुमा अस्पतालले बी पोजेटिभ ग्रुपको भनेर बिरामी पक्षलाई भने पनि रेड क्रसले ब्लड ग्रुप स्याम्पल साथ म्याच गरेर मात्र पठाउने तथा त्यो नै अन्तिम निष्कर्ष समेत हुने हुनाले आफूहरुले पनि म्याच गरेर नै ब्लड बैंकले रगत दिएको होला भनेर ढुक्क भएर बी पोजेटिभ रगत नै चढायौँ,’ डा. मेहताले भने,‘हाम्रो लापरबाही भन्दा पनि रेडक्रस ब्लड बैंकको लापरबाहीका कारण बिरामीको मृत्यु भएको हो । ’ यस सन्दर्भमा रेडक्रस धनुषाका सभापति नरेश प्रसाद सिंह सँग सम्पर्क गर्न खोज्दा उनको मोबाइल स्विच ओफ रहेका कारण उनी लोकान्तरको सम्पर्कमा आउन सकेका छैनन् । 

मृतकका श्रीमानले मृतकको शब बुझ्न अस्वीकार गरेका छन । घटनाको छानबिन गरेर दोषी चिकित्सक तथा रेडक्रसकर्मीलाई कारबाही हुनु पर्ने तथा आफूहरुले क्षतिपूर्ति पाउनु पर्ने भन्दै आफ्नो श्रीमतीलाई न्याय नदिए सम्म शब नबुझ्ने मृतकका श्रीमान महतोले बताए ।   

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x