×

NMB BANK
NIC ASIA

दिल्लीमा विद्युतीय सवारीलाई कर छुटैछुट

साउन २५, २०७७

NTC
तस्वीर सौजन्य : कान्तिपुर दैनिक
Premier Steels

नेपालमा सरकारले विद्युतीय सवारीसाधन आयात निरुत्साहित गर्ने नीति लिइरहेका बेला भारतको दिल्ली राज्यले भने प्रोत्साहित गर्न विशेष नीति ल्याएको छ ।

Muktinath Bank

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले विभिन्न सहुलियत र सुविधासहित शुक्रबार विद्युतीय सवारी (ईभी) सम्बन्धी नीति घोषणा गरेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रदूषणविरुद्धको निर्णायक लडाइँका लागि दिल्लीको सडकमा बढीभन्दा बढी विद्युतीय सवारीसाधन गुड्नुपर्ने आवश्यकता रहेको हुँदा त्यसैका लागि नयाँ नीति ल्याइएको मुख्यमन्त्री केजरीवालले बताए । ‘पछिल्लो पाँच वर्षमा प्रदूषण २५ प्रतिशत घटेको छ । तर यो पर्याप्त छैन । त्यसैले दुई/तीन वर्षको मिहिनेत लगाएर नयाँ नीति ल्याइएको हो,’ उनले भनेका छन् ।


Advertisment
Nabil box
Kumari

हाल विद्युतीय सवारीसाधनको सफल प्रयोगका लागि चीनको नाम लिने गरिएकामा नयाँ नीतिको कार्यान्वयनले पाँच वर्षपछि दिल्लीको नाम लिइने उनको दाबी छ । यो नीति मुलुककै सबैभन्दा प्रगतिशील भएको केजरीवालले बताए । ‘नयाँ नीति मुलुककै सबैभन्दा प्रगतिशील हो । यो सम्भवतः विश्वकै राम्रोमध्ये पर्छ,’ उनले भनेका छन् ।

Vianet communication

नीतिमा सन् २०२४ भित्र नयाँ सवारी दर्ताहरूमध्ये कम्तीमा पनि एक चौथाइ विद्युतीय सवारी हुने लक्ष्य राखिएको छ । अहिले दिल्लीमा दर्ता भएका सवारीसाधनमध्ये विद्युतीय सवारीको हिस्सा ०.२ प्रतिशत मात्र छ । यसलाई थप प्रोत्साहन गर्न सवारीसाधन खरिदमा अनुदान र कर छुटको व्यवस्था गरिएको छ । नयाँ कार खरिदमा डेढ लाख भारुसम्म अनुदान दिने घोषणा गरिएको छ । 

इलेक्ट्रिक मोटरसाइकल, ई–रिक्सा र ढुवानी गाडी खरिदकर्ताले ३० हजार भारुसम्म नगद अनुदान पाउनेछन् । यसका अतिरिक्त सडक कर र दर्ता शुल्क पनि छुट गरिएको छ । केजरीवाल नेतृत्वको दिल्ली सरकारले विद्युतीय सवारीको प्रयोगलाई सहज बनाउन सन् २०२४ भित्र थप २०० वटा चार्जिङ स्टेसन बनाउने लक्ष्य राखेको छ । कसैले पेट्रोल र डिजेलबाट चल्ने सवारीसाधनलाई विद्युतीय सवारीमा साट्न चाहे त्यसका लागि पनि विशेष अनुदान दिने व्यवस्था गरिएको छ ।

केजरीवालले दिल्लीको प्रदूषण कम गर्न र अर्थतन्त्रलाई गति दिने प्रमुख उद्देश्यका लागि नयाँ नीति लागू गरिएको प्रस्ट्याएका छन् । नेपालमा भने अर्थमन्त्री युवराज खतिवडाले विद्युतीय सवारी आयात गर्दा भन्सार दरलाई ४० प्रतिशत र अन्तःशुल्कलाई सवारीसाधनको क्षमताअनुसार ३० देखि ८० प्रतिशत लाग्ने व्यवस्था गरेका छन् । यसअघि त्यस्ता सवारीको भन्सार दर १० प्रतिशत मात्र लाग्ने व्यवस्था थियो ।

यसको प्रभावस्वरूप बजेटपछि विद्युतीय सवारीसाधनको आयात ठप्पप्रायः छ । जबकि प्रधानमन्त्री केपी शर्मा ओली आफैंले नै दुई वर्षअघि सन् २०२० भित्र नेपालभित्र चल्ने कुल सवारीमध्ये विद्युतीय सवारीको हिस्सा कम्तीमा पनि २० प्रतिशत पुर्‍याउने घोषणा गरेका थिए ।

ओली सरकारले आफ्नै पूर्वप्रतिबद्धता र घोषणाविपरीत विद्युतीय सवारीसाधनमा कर बढाएको भन्दै चौतर्फी विरोध हुँदै आएको छ । सरोकारवालाहरूले देशमा विद्युतीय ऊर्जाको उत्पादन बढिरहेका बेला सरकारले निजी विद्युतीय सवारीमा कर बढाएर प्रतिगामी कदम चालेको भन्दै आलोचना गरेका छन् ।

सरकारले विद्युतीय सवारीसाधन प्रवर्द्धनको नीति लिएपछि केही वर्षयता त्यस्ता साधनको प्रयोग बढेको थियो । तर सरकारले पछिल्लो बजेटमार्फत करमा वृद्धि गरेपछि निजी विद्युतीय सवारीको आयात ठप्पप्रायः छ । यसअघि मगाइएका गाडी पनि भन्सारबाट छुटाइएका छैनन् । कान्तिपुर दैनिकमा ​सुरेशराज न्यौपानेले खबर लेखेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x