×

NMB BANK
NIC ASIA

१२० श्ययाको आइसोलेसन वार्ड निर्माण

साउन ३१, २०७७

NTC
Premier Steels

वाग्मती प्रदेशको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको हेटौँडा अस्पतालले निर्माण शुरु गरेको पाँच दिनमै १२० श्ययाको सुविधासम्पन्न आइसोलेसन वार्ड स्थापना गरेको छ । अस्पतालले हेटौँडा उपमहानगरपालिकासँग समेत सहकार्य गरेर हेटौँडा–६ स्थित गौरीटार रङ्गशालामा रहेको छात्रावास भवनमा आइसोलेसन वार्ड सञ्चालनमा ल्याएको हो । 

Muktinath Bank

केही दिनअघि प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, सामाजिक विकासमन्त्री युवराज दुलाल,  प्रमुख सचिव डा मानबहादुर विश्वकर्मा, हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महत, प्रदेश प्रहरी प्रमुख वसन्तकुमार लामालगायत विज्ञ एवं चिकित्सकको टोलीले त्यस क्षेत्रको अवलोकन गरी आइसोलेसन वार्ड सञ्चालनका लागि उपयुक्त हुने ठहर गरेको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

 सामाजिक विकास मन्त्रालय, हेटौँडा अस्पताल र उपमहानगरको संयुक्त टोलीले पाँच दिनमै १२० श्ययाको वार्ड तयार पारेको अस्पतालले जनाएको छ । वार्डमा केही साताअघि लिसा हिमालयन इभीले सहयोग गरेको श्यया प्रयोग गरिएको छ । 


Advertisment
Nabil box
Kumari

प्रदेशको प्रदेश कोभिड सङ्कट व्यवस्थापन समितिको बैठकको विद्यालयबाट आइसोलेसन तथा क्वारेन्टिन हटाउन भएको निर्णय कार्यान्वयन गर्न तथा जिल्लामा बढ्दो सङ्क्रमित सङ्ख्यालाई ध्यानमा राख्दै आइसोलेसन वार्ड स्थापना गरिएको हेटौँडा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रकाश पौडेलले जानकारी दिए । उनका अनुसार मकवानपुरमा अप्रत्याशित रुपमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि सङ्क्रमितलाई घरमै राख्नुपर्ने अवस्था सिर्जना भएको थियो ।  

Vianet communication

नवनिर्मित आइसोलेसन वार्डमा  नेपाल प्रहरीका नौसहित १२  कोरोना सङ्क्रमितलाई राखिएको वार्ड प्रमुख डा सागर काफ्लेले जानकारी दिए । शुक्रबार साँझदेखि सङ्क्रमितलाई राखेर आवश्यक उपचार प्रक्रिया शुरु गरिएको डा काफ्लेले जानकारी दिए । उहाँका अनुसार आइसोलेसन वार्ड क्षेत्र परिसरमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई सुरक्षाका लागि खटाइएको छ ।

यसअघि अस्पतालले हेटौँडा–४ स्थित श्रमिक माविको भवनमा ३५ श्ययाको आइसोलेसन वार्ड स्थापना गरेको थियो । अस्पतालका अध्यक्ष पौडेलका अनुसार आवश्यक परेका अवस्थामा विद्यालय खाली गर्न सकिने भए पनि सो आइसोलेसन तत्काल बन्द गरिनेछैन । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x