×

NMB BANK
NIC ASIA

चक्रपथको विस्तार : संरचना हटाउने काम अन्तिम चरणमा

असोज ४, २०७७

NTC
तस्वीर सौजन्य : गोरखापत्र दैनिक
Premier Steels

चक्रपथको कलङ्की–महाराजगञ्ज–धोबीखोला खण्डको विस्तारका लागि चक्रपथ क्षेत्रमा परेका संचरणा हटाउने काम लगभग अन्तिम चरणमा पुगेको छ । दोस्रो चरणअन्तर्गत विस्तार हुन लागेको त्यस खण्डमा परेका रूख कटान सम्पन्न भइसकेको छ ।

Muktinath Bank

बिजुलीको पोल, खानेपानी तथा ढलका पाइप हटाउने काम अन्तिम चरणमा पुगेको चक्रपथ सुधार आयोजनाले जनाएको छ । कलङ्कीदेखि धोबीखोलासम्म दुई हजार दुई सय रूख काटिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आयोजना प्रमुख अमृतमणि रिमालले चक्रपथको दोस्रो चरणअन्तर्गत विस्तार हुन लागेको खण्डको क्षेत्रमा परेका संरचनाहरू हटाउने काम अन्तिम चरणमा पुगेको बताउँदै ९५ प्रतिशत संरचना हटाउने काम सम्पन्न भइसकेको जानकारी दिए।


Advertisment
Nabil box
Kumari

“बिजुली तथा टेलिकमका खम्बा र खानेपानी तथा ढलका पाइप हटाउने काम असोजभित्र सम्पन्न हुन्छ”, उहाँले थप्नुभयो, “चक्रपथ क्षेत्रमा परेका बूूढानीलकण्ठ विद्यालयको भवन भत्काउने काम भइरहेको छ । ”
नयाँ बसपार्क अगाडि चक्रपथमा रहेको आकाशे पुल भत्काइने छ । उहाँले भन्नुभयो, “असोज ७ भित्र पुलमुनि रहेका पसल हटाउन सम्बन्धितलाई पत्राचार भइसकेको छ । पसल हटाएपछि एक हप्ताभित्र पुल भत्काइने छ । ”

Vianet communication

मुआब्जाका लागि प्रक्रिया
चक्रपथको सो खण्ड विस्तारको मुख्य समस्याका रूपमा रहेको महाराजगञ्ज क्षेत्रको जग्गा अधिग्रहणका लागि मुआब्जा लिन सम्बन्धित जग्गाधनीको नाममा दोस्रो सूचना जारी गर्ने तयारी भइरहेको आयोजना प्रमुख रिमालले जानकारी दिए । उनका अनुसार यसै साताभित्र सूचना जारी गरिनेछ ।

जग्गाको मुआब्जा लिन यसअघि आह्वान गरिएको सूचनापछि ४९ वटा कित्तामध्ये जम्मा १९ वटा कित्ताको जग्गाधनीले निवेदन दिएका थिए । ती ४९ कित्तामध्ये केही जग्गामा २० वटा घर छन् । चक्रपथ विस्तारका लागि सो क्षेत्रमा कुल १५ रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने आयोजनाले जनाएको छ ।

मुआब्जा लिन यसअघि असार २३ गते सूचना जारी गरिएको थियो । गएको पुस १४ गते बसेको मन्त्रिपरिषद् बैठकले चक्रपथ विस्तारका लागि महाराजगञ्ज क्षेत्रमा सडक सीमाको दायाँबायाँ ३१÷३१ मिटर जग्गा अधिग्रहणका लागि मन्त्रिपरिषद्ले निर्णय गरेको थियो ।

चक्रपथको ‘राइट अफ वे’ ६२ मिटर हुनुपर्नेमा महाराजगञ्ज क्षेत्रमा ३० मिटर मात्र छ । जुनसुकै डिजाइनमा विस्तार गरिए पनि महाराजगञ्ज क्षेत्रमा पर्ने घर भत्काउनुको कुनै विकल्प नरहेको आयोजना प्रमुख रिमालले
स्पष्ट पारे।

तयारी कुरेर बस्दै छ चीन
सडक विभाग, विकास सहायता कार्यान्वयन महाशाखाका प्रमुख अर्जुनजङ्ग थापाले चक्रपथको कलङ्कीदेखि धोबीखोला पुलसम्म विस्तार गर्न दुई मुलुकबीच सबै कानुनी प्रक्रिया पूरा भइसकेको छ । विस्तारका लागि नेपालतर्फको तयारी पूरा हुन नसकेकाले चिनियाँ प्राविधिक तथा कामदार नेपाल आउन नसकेको जानकारी उनले दिए।

उनले भने, “चक्रपथ विस्तारका लागि चिनियाँ टोली नेपालको तयारी कुरेर बसेको छ । बिजुलीको पोल स्थानान्तरण, सडक क्षेत्रमा परेका संरचना हटाउने तथा जग्गा अधिग्रहणको काम पूरा भएको जानकारी हुने बित्तिकै चिनियाँ टोली नेपाल आई काम शुरू गर्ने हुनेछ । ”

चक्रपथको कलङ्कीदेखि धोबीखोला (चाबहिल) पुलसम्मको कुल लम्बाइ ११.६ किलोमिटर छ । कलङ्कीदेखि महाराजगञ्जसम्मको लम्बाइ ८.२ किलोमिटर र कलङ्कीदेखि कोटेश्वरसम्मको कुल लम्बाइ १७ किलोमिटर छ । चक्रपथको कुल लम्बाइ २७ किलोमिटर छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको चैत २०७२ मा भएको चीन भ्रमणका क्रममा पूरै चक्रपथ विस्तार गर्ने सहमति भएको थियो । २०२७ सालमा चीन सरकारकै अनुदान सहयोगमा चार लेनको चक्रपथ निर्माण भएको थियो ।  गोरखापत्र दैनिकमा भउचप्रसाद यादवले खबर लेखेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x