×

NMB BANK
NIC ASIA

चैनपुर विमानस्थल निर्माण सम्पन्न

असोज ५, २०७७

NTC
तस्वीर सौजन्य : गोरखापत्र दैनिक
Premier Steels

करिब १२ वर्षदेखि बन्द रहेको बझाङको जयपृथ्वी नगरपालिका देवलस्थित चैनपुर (देवल) विमानस्थलको निर्माण कार्य पूरा भएको छ । अर्को साता परीक्षण उडान गरी दशैँमा उडान भर्न मिल्ने गरी हस्तान्तरणको तयारी भइरहेको छ ।

Muktinath Bank

विमानस्थलको कालोपत्रे गरेर वरिपरि घेरबार लगाउने काम र नाली निर्माणको काम पूरा भएको हो । विमानस्थल सञ्चालन गर्न पटक–पटक यहाँका बासिन्दाले नागरिक उड्डयन प्राधिकरणमा दबाब दिँदै आएका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सोही दबाबपछि २०७५ साउनमा विमानस्थल कालोपत्रे गर्न बोलपत्र आह्वान गरेर निर्माण कार्य अगाडि बढाइएको थियो । झण्डै पाँच करोड ५० लाख रुपियाँको लागतमा १८ महिनामा सो विमानस्थलको कालोपत्रे र घेरबार लगायतका काम भएका हुन् ।


Advertisment
Nabil box
Kumari

विमानस्थल निर्माणको काम वैशाखमा सकिनुपर्ने भए पनि कोरोनाका कारण ढिला भएको ठेकेदार कम्पनीका प्रतिनिधि प्रदीप डङ्गोलले बताए । दशँैसम्म जहाज चलाउन मिल्ने गरेर विमानस्थल हस्तान्तरण गर्ने तयारी रहेको समेत उनले जानकारी दिए।

Vianet communication

विमानस्थलको करिब ६५० मिटर रनवे कालोपत्रे र वरिपरिको नालाको काम सकिएको छ, उनले भन्नुभयो, विमानस्थलको साइड फिलिङको काम भने भइरहेको छ । असोजको दोस्रो साताभित्र परीक्षण उडानको तयारीसमेत भइरहेको उहाँको भनाइ छ ।

नागरिक उड्डयन मन्त्रालयले उडानको अनुमति दिए विमान अवतरण गर्न सकिने तथा विमानस्थल सञ्चालन हुन सक्ने बताइएको छ । समयमै काम पूरा भएर विमानस्थल सञ्चालनमा आएपछि सुत्केरी महिला, दुर्घटनामा परेका र गम्भीर प्रकारका बिरामीले अकालमा ज्यान गुमाउनुपर्ने बाध्यताको अन्त्य हुने स्थानीयवासी देव खड्काले बताए ।

बझाङमा हिउँदको समयमा जयपृथ्वी राजमार्गमा हिउँ जम्मा हुने र वर्षा भएको बेला विभिन्न ठाउँमा पहिरो गएर राजमार्ग अवरुद्ध हुने भएकाले पनि यात्रुले निकै सास्ती खेप्नुपर्ने बाध्यता छ ।

विमानस्थल सञ्चालनमा आएपछि आन्तरिक पर्यटनमा समेत टेवा पुग्ने स्थानीय पर्यटन व्यवसायी किशोर खड्काले बताए । उनले साइपाल हिमाल, खप्तड राष्ट्रिय निकुञ्ज, सुर्मा ताल, कैलाश गुफा, कैलाश मानसरोवर लगायतका दर्जनभन्दा बढी धार्मिक तथा पर्यटकीयस्थलमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको समेत वृद्धि हुने विश्वास गरिएको छ ।

साढे चार दशकअघि २०३५ सालमा निर्माण भएको देवल विमानस्थलको स्तरोन्नति हुन नसक्दा जहाजले उडान भर्न सकेका थिएनन् । केही समय नेपाल वायुसेवा निगम बाहेकका निजी विमान कम्पनीले पनि बझाङबाट नेपालगञ्ज र धनगढीका लागि उडान भर्ने गरेका थिए ।

द्वन्द्वकालमा तत्कालीन माओवादीले दुई पटक विमानस्थलको टावरमा बम विस्फोट गराएपछि पनि विमानस्थलमा निजी क्षेत्रका जहाज फाटफुट रूपमा चल्ने गरेका थिए तर पछि बझाङबाट नेपालगञ्ज जाने यात्रुको चाप घट्न थालेपछि निजी विमान कम्पनीले उडान रद्द गरेका थिए ।

लामो समय सेवा दिएको नेपाल वायुसेवा निगमले २०६६ सालमा बझाङ सदरमुकाममा रहेको आफ्नो कार्यालयसमेत बन्द गरेको थियो । विमानस्थल मर्मत सम्भार भएपछि धनगढी–बझाङ रुटमा दैनिक दुईवटा ट्विनअटर फ्लाइट गर्न सकिने सम्भावना रहेको विमान कम्पनीले बताउँदै आएका छन् । गोरखापत्र दैनिकमा शैलेन्द्र रोकायाले खबर लेखेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x