साउन २७, २०७९
प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर आरम्भ गरिँदैछ । एक वर्षभित्र दिवङ्गत भएका आफन्तक...
राम्रो र बलियो कपाल होस् भन्ने इच्छा हामी सबैमा हुन्छ तर कपाल झर्ने समस्या अहिले सामान्य भइसकेको छ । कपाल झर्नमा विभिन्न कारण हुनसक्छन् । आनुवंशिक कारण वा मौसम परिवर्तन हुँदा पनि कपाल झर्छ ।
आधुनिक अस्वस्थ जीवनशैलीका कारण पनि कपाल झर्छ । तपाईंमा पनि यस्तो समस्या छ भने कारण पत्ता लगाएर समयमै यसलाई समाधान गर्नतिर लाग्नुस् । कपाल झार्न योगदान गर्ने कुरा यी हुन् :
कपालसम्बन्धी औजार
तपाईं दिनदिनै कपाललाई स्ट्रेट गर्न वा कर्ली गर्नका लागि स्ट्रेटनर र कर्लर जस्ता औजार प्रयोग गर्नुहुन्छ वा दिनदिनै चिसो कपाल सुकाउन ड्रायर प्रयोग गर्नुहुन्छ भने तिनले तपाईंको कपाललाई जरैदेखि कमजोर बनाउँछन् । त्यसपछि कपाल टुक्रिने, झर्ने र मृतजस्तो हुने समस्या आउँछ ।
फंगल इन्फेक्सन र चायाँ
कपालमा फंगल इन्फेक्सन हुँदा त्यो जरैबाट कमजोर भएर टुक्रिन थाल्छ । अनि तालु सुक्खा हुँदा चायाँ पनि पर्छ जसले गर्दा कपाल कमजोर भएर टुक्रिन थाल्छ । कपालको सफाइ र पोषणमा ध्यान दिनुभए मात्र यस्ता स्थितिबाट बच्न सक्नुहुन्छ ।
रसायन
दिनदिनै नयाँ हेयरस्टाइल बनाउने र कपाल रंगाउने गर्दा तिनमा भएका रसायनले कपाललाई कमजोर बनाउँछन् र पोषण सिध्याइदिन्छन् । अनि कपाल झर्न थाल्छ । यस्ता उत्पादनको प्रयोगले कपाल सेतो पनि हुन थाल्छ ।
तनाव
कपाल झर्नुका पछाडि तनाव पनि एक कारण हो । लामो समयसम्म तनाव हुँदा शारीरिक र मानसिक स्वास्थ्य बिग्रन थाल्छ अनि कपाल कमजोर भएर टुक्रिन थाल्छ ।
औषधि
केही विशेष औषधिहरू सेवन गर्दा पनि कपाल कमजोर हुन थाल्छ । रगत पातलो बनाउने औषधि, भिटामिन ए सप्लिमेन्टहरू, बाथरोगको अनि निद्राको औषधि सेवन गर्दा पनि कपाल झर्न थाल्छ ।
गर्भधारण र रजोनिवृत्ति
गर्भवती अवस्थाका महिलामा एस्ट्रोजन हर्मोनको सन्तुलन बिग्रन्छ र कपाल तीव्र गतिका साथ झर्छ । त्यसबाहेक रजोनिवृत्तिका समयमा एस्ट्रोजनको मात्रा घटेर पनि कपाल झर्न थाल्छ ।
एनेस्थेसिया र सर्जरी
एनेस्थेसिया र सर्जरी गरेपछि पनि कपाल झर्छ । यिनीहरूको शरीरमा प्रभाव तथा रिकभरीमा ढिलाइले पनि कपाल झर्छ ।
आनुवंशिक कारण
बाआमाको कपाल झर्ने समस्या छ भने सन्तानको पनि कपाल झर्छ । यसबाट बच्नका लागि केही विशेष काम गर्न सकिन्न तर खानपान र जीवनशैलीलाई राम्रो बनाएर समस्या घटाउन सकिन्छ ।
थाइरोइड
कपाल असाध्यै कमजोर भएर झर्नुमाथाइरोइड पनि एक कारण हुन सक्छ । थाइरोइडको उपचार गराएपछि कपाल झर्ने समस्या पनि समाधान हुन्छ ।
यसबाहेक टाइफाइड र भाइरल संक्रमणले पनि कपाल कमजोर बनाउँछ र ती झर्न थाल्छन् । एजेन्सी
प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर आरम्भ गरिँदैछ । एक वर्षभित्र दिवङ्गत भएका आफन्तक...
सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् । ‘गो’ अर्थात् इन्द्रिय, र &...
नरिवलको तेलले फुस्रो छालाको समस्याबाट छुट्कारा दिन्छ । यसका लागि मह र नरिवलको तेलको मिश्रण बनाएर प्रयोग गर्नुपर्छ । यस्तो मिश्रण लगाएर केही समयसम्म छोड्नुपर्छ र मनतातो पानीले सफा गर्नुपर्छ । घरमै डिप क्लिजिङ गर्न ...
पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमबाट २ जनाको मृत्यु भएको छ । शुक्रवार २ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७८१ जना नयाँ संक्रमित थप...
थाइराइडका रोगीको संख्या पछिल्ला दिनमा बढीरहेको अध्ययनहरुले देखाएका छन् । भारतमा गरिएको एक अध्ययन अनुसार चेतनाको अभावका कारण यो रोगका पीडितको संख्या बढिरहेको छ । थाइराइडका कारण, स्वास्वासप्रस्वास, को...
प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...
नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...
थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...