बिरामी बोकेको गाडी पहिरोमा पर्‍यो

अस्पतालमा सुत्केरी भएपछि घर फर्किरहेका चढेको सवारीसाधन पहिरोमा पर्दा एक जनाको मृत्यु भएको छ । सिद्धलेक गाउँपालिका–६ फिसटारमा ट्याक्सी पहिरोसँगै सडकबाट तल खस्दा एक जनाको मृत्यु भएको हो ।

प्रहरीका अनुसार मृत्यु हुनेमा खनियाबास गाउँपालिका–४ का ५० वर्षीया विष्णुमाया तामाङ छन् । सुत्केरी लिएर काठमाडौँदेखि धादिङबेँसीतर्फ आउँदै गरेको बा १ ज १२६१ नम्बरको ट्याक्सी मलेखु धादिङबेँसी सडकखण्डको पहिरोमा परी खोलामा खसेको थियो । दुर्घटनामा अन्य चार घाइते भएका छन् ।


Advertisement

    दुर्घटनामा  घाइते हुनेमा सोही ठाउँका २२ वर्षीय आशिष तामाङ, ३१ वर्षीय सरोज तामाङ, २५ वर्षीय सन्तुमाया तामाङ र नुवाकोट बेलकोटगढी नगरपालिका–१३ का ६० वर्षीय वीरबहादुर तामाङ छन् । घाइतेको राजमार्ग सामुदायिक अस्पतालमा उपचार गरी थप उपचारका लागि काठमाडौँ ट्रमा सेन्टरमा भर्ना गरिएको छ ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्