कात्तिक १८, २०८०
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
असोज ११, २०७७
प्रदेश पाँचको राजधानी बुटवलको मुख्य बजार क्षेत्रमा पर्ने बुटवल बेलहिया (सुनौली) सडक खण्डमा ठाउँ–ठाउँमा ठूला खाडल परेका छन् ।
ती खाडल वर्षाको कारण वा सवारीको चापले परेका होइनन्, खानेपानी आयोजनाले पानीको पाइप मर्मत गर्नका लागि भन्दै सडक भत्काएको हो ।
तर, भत्काएको सडक मर्मत कहिल्यै पनि गर्दैन । बुटवल–बेलहिया सडकखण्डको बुटवल क्षेत्रमा मात्रै ५/७ स्थानमा पारिएका खाडल मर्मत गरिएको छैन ।
ती खाडलले सडक दुर्घटनाको जोखिम बढ्नुका साथै त्यही खाडलले अरू सडक पनि बिग्रिँदै ठूलो क्षेत्र बनाएको छ ।
त्यस्तै बुटवलका भर्खरै कालोपत्रे गरेको सडक भोलिपल्ट आएर खानेपानी आयोजनाले खाडल पार्छ । तर, भत्काइएको ठाउँमा कहिल्यै कालोपत्रे गरेको देखिँदैन । मर्मत नहुँदा सडकमा ठूल्ठूला खाडल परेका छन् ।
बुटवलका स्थानीय रमेश जैसी भन्छन्, ‘एउटा सरकारी निकाय आज आएर सडक पिच गरेर जान्छ, भोलिपल्ट अर्को सरकारी निकायको टोली आएर कालोपत्रे सुक्न नपाउँदै सडक उप्काएर खाडल पार्छ, त्यो खाल्डो खनेको सडक कहिल्यै पिच गर्दैन ।’
बुटवलका भित्री सडक ५ सय किलोमिटरसम्म छ । अझै मुख्य राजमार्ग भन्दा सहरका भित्री सडकहरूमा यस्तो समस्या बढी देखिन्छ । तर, तत्काल सडक मर्मत कार्यान्वयन नहुँदा राज्यको ठूलो धनराशि सडक मर्मतमा खर्च भइरहेको छ भने जनताले पनि सास्ती भोगिरहेका छन् ।
‘सडक महत्त्वपूर्ण चिज हो भनेर कसैले सोचेनन्,’ बुटवलका अर्का स्थानीय विकास अधिकारीले भने, ‘चिल्ला सडक अहिले खानेपानीका लागि सडक भत्काउनुपरेको छ ।’ समयमै मर्मत नहुँदा यसले सहरी सडक अस्तव्यस्त बनाएको छ ।
सडक डिभिजन कार्यालय, बुटवलका प्रमुख इञ्जिनियर मेघराज मरासिनीले खानेपानीले अथवा अन्य कुनै पनि निकायले सडक खन्नुपर्ने अवस्था आए आफूहरूसँगै अनुमति लिने गरेको बताए ।
‘कुनै पनि निकायले सडक खन्नुपर्ने भए हामीकहाँ निवेदन दिनुपर्छ,’ मरासिनीले भने, ‘खनेको ठाउँमा पिच गर्ने रकम हाम्रो बैंक खातामा दाखिला गर्नुपर्छ, अनि मात्र खन्न पाउँछन् । कसैले आफूखुशी पनि खनेको पाइन्छ । हामीसँग अनुमति लिएकाहरूले बुझाएको रकमबाट ८/१० ठाउँमा खाडल भएपछि बल्ल हामीले पिच गर्ने गरेका छौं । एउटा/एउटा खाडल पिच गर्न पनि सम्भव हुने रहेनछ ।’
तर, सडक डिभिजनले रकम उठाए पनि पिच भने गरेको देखिँदैन, जसले गर्दा सडकभरि धेरै ठूल्ठूला खाडल देखिन्छन् । पूर्वाधार निर्माणका काममा सरकारी निकायबीच समन्वयको अभाव देखिन्छ ।
बुटवलको सडकको बीच भागबाटै खानेपानीको पाइप बिच्छ्याइएको छ, जसले गर्दा खानेपानीमा पटक–पटक समस्या आउँदा खाल्डाले सडक कुरूप बनेको छ ।
बुटवल उपमहानगरपालिकाका योजना प्रमुख सुमन श्रेष्ठले पहुँचका आधारमा पनि जथाभावी रूपमा कालोपत्रे सडक खन्दा यस्तो अवस्था आएको बताए ।
‘कानूनतः नगरका भित्री ठाउँमा सडकमा खाडल खन्नुपर्ने अवस्था आए हामीसँग अनुमति लिनुपर्छ, त्यो बापत हामीलाई राजस्व तिर्ने हो । हामीले पनि एउटा मात्र खाडल टाल्न नमिल्ने र १० वटासम्म भएपछि टेन्डरमार्फत् जानुपर्छ । कानूनी प्रक्रियाबाट जाँदा खाडल पारिएको सडक धेरै बिग्रिसक्छ,’ उनले भने ।
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...