×

NMB BANK
NIC ASIA

सुटकेसभरि मैला कपडा लिएर अमेरिका भ्रमणमा किन जान्छन् इजरायली प्रधानमन्त्री ?

असोज ११, २०७७

NTC
Premier Steels

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकाको औपचारिक भ्रमणका क्रममा सुटकेसभरि मैला लुगा बोकेर जाने गरेकाले अमेरिकी अधिकारीहरू आश्चर्यचकित भएका छन् । 

Muktinath Bank

द वाशिङटन पोस्टमा अघिल्लो बुधवार प्रकाशित खबरअनुसार, नेतान्याहुले अमेरिकाका सरकारी कामदारहरूलाई आफ्नो मैलो लुगा धुलाउने गरेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

इजरायलका पत्रकारहरूले यसै विषयमा वर्षौंदेखि समाचार लेखिरहेको भए पनि पहिलोपटक अमेरिकी अधिकारीहरूले यस विषयमा मूलधारको सञ्चारमाध्यमलाई बताएका हुन् । 


Advertisment
Nabil box
Kumari

पोस्टको समाचारअनुसार, नेतान्याहु वाशिङटनमा औपचारिक भ्रमणमा आउँदा ब्लेयर हाउसमा बस्छन् र इजरायलबाट मैलो कपडाको झोला र सुटकेस लिएर आउँछन् । त्यसपछि अमेरिकाका सरकारी कामदारहरूले

Vianet communication

नेतान्याहुका कपडा सित्तैमा धोइदिन्छन् । यसले अमेरिकी करदाताको पैसा बेफ्वाँकमा खर्च भइरहेको द वाशिङटन पोस्टको समाचारमा उल्लेख गरिएको छ । 

त्यसो त ब्लेयर हाउसले आफ्ना सबै अतिथिको मैलो लुगा सित्तैमा धोइदिन्छ तर अधिकांश विदेशी अतिथिहरूले जायज तरिकाले त्यसको उपयोग गरिरहेका हुन्छन् । उनीहरू भ्रमणका क्रममा मैलो भएको लुगा मात्र धुन दिन्छन् । 

‘नेतान्याहु परिवारले मात्र सुटकेसका सुटकेस लुगा हामीलाई धुलाउनका लागि ल्याउने गरेका छन्,’ एक अमेरिकी अधिकारीले बताए । ‘उनले अमेरिका आउँदा धेरैपटक यसो गरेपछि यो जानाजान गरिएको स्पष्ट भयो ।’

नेतान्याहुले यस्तो व्यवहार देखाएकोमा इजरायलमा वर्षौंदेखि आलोचना हुँदै आएको छ । सन् २०११ मा खोज पत्रकार रवीव ड्रकरले नेतान्याहु परिवारको लुगा धुलाउने बानीका विषयमा लेखेका थिए । अनि नेतान्याहुका पुराना सहयोगी तर अहिले उनीविरुद्ध बयान दिएका निर हेफेत्जले नेतान्याहु सुटकेसभरि मैलो कपडा लिएर अमेरिका जाने गरेको तर त्यो धोएको बिल चाहिँ गायब हुने गरेको बताए । 

इजरायलको प्रधानमन्त्री कार्यालयले द वाशिङटन पोस्टको समाचारको खण्डन गर्दै जम्मा दुईवटा शर्ट धुन दिएको अनि प्रधानमन्त्री तथा उनकी पत्नीको कपडामा आइरन लगाएको जानकारी दियो । प्रधानमन्त्रीले इजरायलबाट वाशिङटनसम्मको १२ घन्टाको उडानका क्रममा लगाएको पाइन्ट पनि धोएको उक्त कार्यालयले जानकारी दियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x