सुरु भयो इरानमा कोरोना महामारीको तेस्रो चरण

इरानमा कोरोनाभाइरसको महामारीको तेस्रो चरण शुरु भएको छ । सरकारी अधिकारीहरुले देशको ३२ प्रान्तलाई खतरापूर्ण क्षेत्रका रुपमा घोषणा गरिएको जानकारी दिएका छन् ।मध्यपूर्वका देशमध्ये इरान कोरोनाभाइरसको महामारीबाट धेरै प्रभावित देशमा पर्दछ । यहाँ आइतबार थप १९५ जनाको मृत्यु भएको विवरण सार्वजनिक गरिएको छ ।  

इरानमा कोरोनाका कारण अहिलेसम्म २५ हजार ५८९ जनाको मृत्यु भएको छ । गत फेबु्रअरीमा पहिलो चरणको महामारी फैलिँदा दैनिक ३५ हजारभन्दा बढी सङ्क्रमित भएका थिए । त्यतिबेला दुई महिनामा दुई सयको मृत्यु भएको थियो ।


Advertisement

स्वास्थ्य मन्त्रालयका प्रवक्ता सिमा साडाट लारीले अहिले पनि दैनिक तीन हजार ३६२ भन्दा बढी सङ्क्रमित भएको जानकारी दिए ।     
 
इरानमा अहिलेसम्म चार लाख ४६ हजार ४४८ जना सङ्क्रमित भएका छन् ।


Advertisement

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्