चीनबाट जोखिम भएपछि हिन्द प्रशान्त तथा आसियान नीतिलाई एकीकृत गर्दै भारत

चीनको जोखिमलाई ध्यानमा राख्दै भारतले हिन्द–प्रशान्त तथा आसियान नीतिलाई एक इकाइमा एकीकृत गर्न लागेको छ । 

भारतको विदेश मन्त्रालयमा नयाँ इकाइ बनाएर अस्ट्रेलियालाई केन्द्रमा राख्दै ओसेनिया शाखा अनि यससँगै हिन्द–प्रशान्त तथा आसियान शाखा पनि रािखएको छ । 


Advertisement

पश्चिमी प्रशान्तदेखि अन्डमान सागरसम्म फैलिएको क्षेत्रका लागि बनाइएका नीतिअनुकूल यो कदम चालिएको हो । यस क्षेत्रलाई चीनले आफ्नो रणनीतिक प्रभावक्षेत्र मान्छ र साना छिमेकीहरूमाथि प्रभाव पार्न अमेरिकासँग प्रतिस्पर्धा गर्छ । प्रशासनिक तथा कूटनीतिक ध्यान दिँदै भारतले उक्त क्षेत्रमा जोड दिन खोजिरहेको छ । 
 

इटलीका लागि भारतका पूर्व राजदूत रीनत सन्धुले नयाँ इकाइको प्रतिनिधित्व गर्नेछिन् र उनलाई दुई वरिष्ठ निर्देशकहरू गीतिका श्रीवास्तव र पौलोमी त्रिपाठीले सहयोग गर्नेछन् । 


Advertisement

यो भूराजनीतिक कदम तथा सन्देशप्रवाह महत्त्वपूर्ण छ किनकि यसले लामो समयावधिका लागि भारतको प्राथमिकताको संकेत गरेको छ । चीनसँग लद्दाखमा सैन्य तनाव बढिरहेको सन्दर्भमा यो निर्णयको छुट्टै महत्त्व छ ।

हिन्द–प्रशान्त क्षेत्रमा महत्त्वपूर्ण खेमा र राष्ट्रहरूबीच भारतीय स्वार्थलाई अनुकूलन गर्ने सन्देश पनि यसले दिएको छ ।
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्