×

NMB BANK
NIC ASIA

तातोपानी नाका असोज १९ गतेबाट खुल्ने

असोज १४, २०७७

NTC
Premier Steels

लामो समयदेखि बन्द रहेको तातोपानी नाका सञ्चालनमा आउने भएको छ ।

Muktinath Bank

मंगलवार मितेरी पुलमा सम्पन्न २ देशका अधिकारीबीचको बैठकले १९ असोजबाट नाका सञ्चालन गर्ने निर्णय गरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कोरोना जोखिमका बीच स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउँदै नाका सञ्चालन गर्ने निर्णय भएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

मंगलवारको द्विदेशीय अधिकारीबीचको बैठकमा भएको सहमतिअनुसार असोज १८ गते चीन क्षेत्रको जाङमु पोर्ट सञ्चालनमा आउने र भोलिपल्टदेखि चिनियाँ सामान तातोपानी नाका हुँदै नेपाल भित्रिनेछन् । ‘१९ गतेदेखि धमाधम सामान आउन थाल्नेछन्,’ बैठकपछि प्रमुख जिल्ला अधिकारी ढकालले भने ।

Vianet communication

नाका सञ्चालनका लागि चिनियाँले स्वास्थ्य सुरक्षाको सवाललाई गम्भीररूपमा लिन र ‘प्रोटोकल’ पूरा गर्न आग्रह गरेका छन् । सामान आयातका लागि जाने चालक, सहचालक र लोडर मजदुरका अनिवार्य पीसीआर गरिने छ । चालक सहचालक र मजदुरसमेत गरी एक सिफ्टमा २९ जनासम्म नेपाली रहनेछन् । 

चिनियाँले नाका सञ्चालन भएपछि ५/५ दिनमा नाकामा खटिने चालक, सहचालक र मजदुरहरूको पीसीआर गर्ने सहमति भएको छ ।

पहिलो समूहका लागि नेपालतर्फ चालक, सहचालक र मजदुरहरू तयारी अवस्थामा रहेको तातोपानी भन्सार कार्यालयले जनाएको छ । नेपाल चीनको प्रमुख व्यापारीक नाका सञ्चालनमा आउन लागेसँगै चिनियाँ क्षेत्रमा अलपत्र परेको नेपाली व्यापारीका सामान नेपाल भित्रिने विश्वास लिइएको छ ।

२०७१ साउन १७ गतेको जुरेपहिरोले तातोपानी नाकाको व्यापारमा धक्का लाग्यो । त्यसपछि २०७२ को विनाशकारी भूकम्पले सीमाक्षेत्र तहसनहस बनेपछि तातोपानी नाका पूर्णतया बन्द भएको थियो । २०७३ को भोटेकोसी बाढीले नाकाक्षेत्रको सडक क्षतविक्षत बनाइदिएका कारण नाका सञ्चालनमा थप कठिनाइ थपिएको थियो ।

तातोपानीतर्फ नेपालले अघोषित नाकाबन्दीकै नियति भोग्दै ४ वर्षपछि २०७६ जेठ १५ मा निकै तामझामका साथ नाका सञ्चालनमा त ल्याइयो तर तातोपानीबाट अपेक्षाकृत व्यापारीक चहलपहल हुन सकेन ।

पछिल्ला बाढीपहिरोले बाह्रबिसे तातोपानी खण्डको सडक क्षतविक्षत छ । तत्काल नाका सञ्चालनमा ल्याउनका लागि सडक स्तरोन्नति गर्नुपर्ने देखिन्छ । ‘सडक विभागले बाह्रबिसे तातोपानी खण्डको सडक सहज बनाउने छ, त्यसो हुँदा सडकको समस्या रहँदैन,’ प्रजिअ ढकालले भने । नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x