बाबरी मस्जिद भत्काइएको मुद्दामा सबै आरोपितहरूलाई अदालतले दियो सफाइ

२८ वर्षअघि बाबरी मस्जिद भत्काउने काममा संलग्न रहेको आरोप लागेका ३२ जनालाई विशेष अदालतले सफाइ दिएको छ । 

फैसला पढ्दै न्यायाधीश सुरेन्द्र कुमार यादवले बाबरी मस्जिद भत्काउने पूर्वयोजना नरहेको र नेताहरू त्यसमा प्रत्यक्ष संलग्न रहेको प्रमाण फेला नपरेको बताए । 


Advertisement

फैसला सुनाएसँगै न्यायाधीश यादव रिटायर भएका छन् । 

यस मुद्दामा ३५१ जनाले गवाही दिएका थिए र ६०० वटा दस्तावेज पेश गरिएका थिए । कुल ४९ आरोपित रहेकोमा १७ जनाको सुनुवाइकै क्रममा मृत्यु भयो । 


Advertisement

यससँगै भाजपाका वरिष्ठ नेताहरू लालकृष्ण आडवाणी, मुरली मनोहर जोशी, उमा भारती, साध्वी ऋतम्भरा लगायतलाई राहत मिलेको छ । 

सन् १९९२ मा कारसेवकहरूले बाबरी मस्जिद भत्काएपछि भड्किएको साम्प्रदायिक हिंसामा परी दुई हजारजनाको ज्यान गएको थियो । 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्