×

NMB BANK
NIC ASIA

'गोल्ड मेडलिस्ट’ लाई १४ महिना कैद

असोज १५, २०७७

NTC
Premier Steels

घूस खुवाएर गोल्ड मेडल लिएको अभियोगमा भक्तपुर बहुमुखी क्याम्पसका अध्यापक सुरेन्द्रप्रसाद कोइरालालाई विशेष अदालतले ४ लाख ५७ हजार रुपैयाँ जरिवाना र १४ महिना कैद सजाय सुनाएको छ ।

Muktinath Bank

अध्यक्ष शिवराज अधिकारी र सदस्यहरू बालेन्द्र रूपाखेती र रवि शर्मा अर्यालको इजलासले बुधबार कोइरालासहित अरू २ जनालाई प्रश्नपत्रको गोपनीयता भंग गरेको र घूस खुवाएको फरक अभियोगमा सजाय सुनाएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उक्त आरोप लागेका केदार भट्टराईलाई ११ महिना कैद र तीन लाख ५ हजार जरिवानाको फैसला भएको छ । यी दुवैसँग घूस लिएको र प्रश्नपत्र गोपनीयता भंग गरेको आरोपमा परीक्षा नियन्त्रण कार्यालय बल्खुको एमए गोप्य शाखाका अधिकृत रामबहादुर कर्माचार्यलाई ११ महिना कैद र एक लाख ५५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाइएको छ ।


Advertisment
Nabil box
Kumari

शिक्षण सहायक कोइरालामाथि त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयभित्र सेटिङ गरेर अंक बढाएको र त्यसका आधारमा प्रथम श्रेणी पाउनुका साथै सर्वप्रथम भएर गोल्ड मेडलसमेत जितेको आरोप थियो ।

Vianet communication

एमए इकोनोमिक्समा उनले सबै परीक्षार्थीको भन्दा बढी प्राप्तांक ल्याई सन् २०१९ को दीक्षान्त समारोहमा गोल्ड मेडल लिएका थिए । उनले शाखा अधिकृत कर्माचार्यलाई एक लाख ५० हजार रुपैयाँ घूस
दिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरोप लगाएको थियो । कोइरालाले यसअघि नै ४ वटा विषयमा स्नातकोत्तर तह पास गरेका थिए ।

अख्तियारले भट्टराईमाथि ५ पेपरमा १०/१० अंकका दरले ५० अंक बढाउन ३ लाख घूस दिएको आरोप लगाएको थियो । उनी बानेश्वर बहुमुखी क्याम्पसमा कामु प्रशासनिक अधिकृत छैटौं तहमा कार्यरत थिए । कान्तिपुर दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x