मेस्सीका लागि युद्ध लडिन्छ : रोड्रिगो डी पल

अर्जेन्टिनाका फूटबल खेलाडी रोड्रिगो डी पलले कप्तान लियोनेल मेस्सीका लागि युद्ध समेत लड्ने बताएका छन् । 
 

मेस्सी पहिलोपटक सन् २०११ मा अर्जेन्टिनाका कप्तान बनेका थिए । अहिले उनी आफ्नो क्लब बार्सिलोनाका पनि कप्तान हुन् । 


Advertisement

डी पलले सन् २०१८ मा पहिलोपटक अर्जेन्टिनाका लागि अन्तर्राष्ट्रिय खेल खेल्न पाएका हुन् । उनी उडिनिज क्लबका लागि खेल्छन् । विगत एक वर्षदेखि उनी अर्जेन्टिना टीममा लगातार परिरहेका छन् र मेस्सीसँग खेल्न रुचाउँछन् । 

एक आदर्श नेता बन्ने गुण मेस्सीसँग रहेको डी पल बताउँछन् । 


Advertisement

‘उनलाई श्रद्धाको दृष्टिकोणले हेरिन्छ अनि आफ्ना विचार उनीसँग साझा गर्न मन लाग्छ । उनी पारदर्शी छन् । उनका बारेमा विचार व्यक्त गर्नुभन्दा पनि छोराछोरीका बारेमा सोध्न मन लाग्छ, त्यति आत्मीय छन् ।’

‘उनी तपाईंको कप्तान बन्दा उनका लागि युद्ध लड्न समेत मन लाग्छ ।’

डी पललाई अर्जेन्टिना टीमका सबभन्दा ठूला जोकर मानिन्छ र मेस्सीले उनीसँग पनि मजाक गर्ने गरेका छन् । 
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्