×

NMB BANK
NIC ASIA

महानायकको प्रतिक्षा

शकुन्तलाको झड्काले गायब भएका राजेश हमालको यस्तो छ ‘कम ब्याक’ योजना

कात्तिक १, २०७७

NTC
Premier Steels

भारतीय चलचित्र इतिहासका सबैभन्दा लोकप्रिय अभिनेता को हुन् ? चलचित्र क्षेत्रलाई सर्वोच्च स्थानमा पुर्‍याउन सबैभन्दा महत्त्वपूर्ण योगदान कसको छ ?

Muktinath Bank

बलिउड चलचित्रबारे सामान्य ज्ञान भएकालाई समेत यसको उत्तर सहजै आउँछ – अमिताभ बच्चन । ५० वर्षदेखि निरन्तर बलिउडमा राज गरिरहेका छन् उनले । दर्जनौं हिट चलचित्र दिएका छन्, करोडौं शुभेच्छुक कमाएका छन् । जनजिब्रोमा महानायकको उपाधि पाएका अमिताभलाई सामान्य ज्वरो आउँदा पनि हजारौं शुभेच्छुकहरू मुम्बईस्थित उनको घर ‘जल्सा’ अघि भेला हुन्छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनलाई कहिल्यै चलचित्रको कमी थिएन । आफू अभिनित चलचित्र कहिले ‘हिट’ त कहिले ‘फ्लप’ भइरहेका थिए । तर समय यस्तो पनि आयो – उनी अभिनित अधिकांश चलचित्र ‘फ्लप’ हुन थाले । यो शृंखला लामै समय रह्यो ।


Advertisment
Nabil box
Kumari

अब के गर्ने ? अमिताभ असाध्यै दोधारमा परे । घरपरिवारको सल्लाह लिन खोजे । केही नजिकका इष्टमित्रको सहयोगमा निर्णय लिन खोजे । तर कसैले उनलाई चित्त बुझ्ने निर्णय दिन सकेनन् ।

Vianet communication

सन् १९९२ मा चलचित्र ‘खुदा गवाह’ र त्यसअघिका केही चलचित्रको असफलतापछि अमिताभले चलचित्र उद्योगबाट एकाएक विश्राम लिए । त्यसपछि अध्ययन र घुमफिरमा व्यस्त भए । चलचित्र उद्योगका गतिविधिमा समेत संलग्न भएनन् । अमिताभका ‘फ्यान’ तथा शुभेच्छुकले चलचित्र उद्योगमा फर्काउन निकै प्रयास गरे तर उनी लामै समय गायब भए ।

तर १९९६ मा उनले आफ्नै ब्यानर ‘एबीसीएल’बाट चलचित्र ‘तेरे मेरे सपने’ निर्माण गरे । यो चलचित्र निकै चल्यो । अमिताभलाई ५ वर्षदेखि कुरिरहेका दर्शकको प्रतिक्षालाई चलचित्रले सार्थक तुल्याइदियो । अर्को वर्ष १९९७ मै निर्माण गरेको चलचित्र ‘मृत्युदाता’ले ‘तेरे मेरे’भन्दा दोब्बर आम्दानी गर्‍यो । अमिताभको ‘स्टारडम’ थप मजबुत बनाइदियो । अमिताभले एक भारतीय मिडियासँग बलिउडबाट ५ वर्ष विश्राम लिएको सन्दर्भमा भनेका थिए, ‘त्यो समय विश्राम नलिएको भए मेरा अरु चलचित्र असफल भइरहन्थे । स्टारडम खस्कँदै पछारिनेवाला थियो ।’

त्यसबेलादेखि आजका दिनसम्म अमिताभले कहिल्यै पछि फर्किएर हेर्नुपरेको छैन । ७८ वर्षको उमेरमा पनि पहिलेजस्तै चलचित्रको छायांकनमा व्यस्त छन् उनी । आफ्ना नियमित कामहरू जारी राखेका छन् । उनी प्रस्तोता रहेको ‘कौन बनेगा करोडपति’ नियमित रूपमा प्रशारण भइरहेको छ ।

अमिताभको त्यो जीवन चर्चामा लामै समय गफिएपछि नेपाली चलचित्रका महानायक राजेश हमालले भने, ‘अमिताभले त्यो ५ वर्ष आफूलाई केही परिवर्तन गरेर आउनका लागि समय दिएका थिए । मैले पनि वर्तमान चलचित्रको समय र दर्शकको चाहनाअनुसार केही फरक तरिकाले आउनकै लागि आफैंलाई समय दिएको छु । चलचित्र उद्योगबाट हराएको होइन ।’ अमिताभजस्तै राजेश हमालले ५ वर्षसम्म कुनै पनि चलचित्रको साइन नगर्ने संकेत गरेका छन् ।

किन ? हमाल थप्छन्, ‘नयाँ विषय । दर्शकको चाहना । चलचित्र बजारको लयमा धेरै चेन्जिङ आएको छ । त्यो नबुझेर हचुवाको भरमा कुनै पनि चलचित्र साइन गर्दिनँ ।’ त्यसो त हमालकै माग अनुसारको पारिश्रमिक दिने वाचासहित केही समयअघि चलचित्र ‘प्रेम गीत ३’ टीमले मुख्य भूमिकामा काम गराउन निकै कसरत गर्‍यो । त्यसपछि र अघि पनि दर्जनौं चलचित्रको स्क्रिप्ट पढिसकेका छन् हमालले । तर न प्रेम गीत, न अन्य कुनै चलचित्रमा काम गर्न राजी भए उनी । 

हमालले लगभग ४ वर्ष चलचित्र उद्योगबाट विश्राम लिएका छन् । उननी योजनाअनुसार अरु १ वर्ष कुनै पनि चलचित्रमा देखिने छैनन् । तर यो १ वर्षपछि ‘होम प्रोडक्सन’बाट निर्माण हुने चलचित्रबाट अथवा अरु कुनै उत्कृष्ट विषयमा निर्माण हुने चलचित्रसँगै फिल्मी उद्योगमा ‘कम ब्याक’ हुने पक्कापक्की जस्तै छ । ‘होम प्रोडक्सनबाट निर्माण गर्ने चलचित्रको स्क्रिप्टको काम भइरहेको छ,’ हमाल थप्छन्, ‘तर कुन चलचित्रबाट फेरि अभिनय थाल्छु, निर्णय गरिसकेको छैन ।’

कतिपयले चलचित्र नपाएर हमालले अभिनयमा फर्किन नसकेको दाबी गर्छन् । कतिपयले निर्माता–निर्देशकले पत्याएनन्, काम पाएनन् भनिदिन्छन् । कतिपयले हमालको उमेर ढल्कियो, दर्शकले रुचाएनन् भन्छन् । तर कुरो त्यसो नभएको हमाल बताउँछन् ।

युगदेखि युगसम्मबाट चलचित्र यात्रा थालेका हमालले त्यसपछि वसन्ती, चाँदनी, गाउँले, परदेशी कान्छा, ढुकढुकी, सन्तानको माया, हामी तीन भाइ, बाटुली, देउता, धर्मा, शंकर, ज्वाला, सुख दुःख लगायत निरन्तर ‘हिट’ चलचित्र दिइरहेका थिए । २०७३ सालसम्म उनी अत्यन्तै व्यस्त भए । तर ४ वर्षदेखि नेपाली चलचित्रका दर्शकले हमालको अभिनय रहेको नयाँ चलचित्र स्क्रिनमा हेर्न पाएका छैनन् ।

अभिनेता हमाल आफैंका लागि २ महत्त्वाकांक्षी चलचित्र थिए, बाग्मती र शकुन्तला । २०७३ सालको भदौ १० गते प्रदर्शनमा आएको चलचित्र शकुन्तला र २०७२ पुसमा प्रदर्शन भएको बाग्मतीको असफलतासँगै हमालले आफ्नो चलचित्रको यात्रा एकाएक रोकेका हुन् । यी दुवै चलचित्रको असफलताले उनलाई झड्का नै दियो ।

‘मलाई दर्शकले यो क्षेत्रमा अड्काइराख्ने, विभिन्न परिस्थितिको बाबजुद पनि जस्तोसुकै चुनौती आए पनि यो क्षेत्रलाई निरन्तरता दिनुपर्छ भन्ने प्रेरणा दिएका छन्, सोही कारण पनि चलचित्र क्षेत्र मैले कहिल्यै छोड्न सक्दिनँ,’ अभिनेता हमाल भन्छन्, ‘राष्ट्रको राजनीति, सामाजिक परिवेशले धेरै व्यक्तिलाई असुरक्षित महसूस गराएको छ । धेरै कलाकार विदेश पलायन हुनुभयो । तर मैले जीवनमा कहिल्यै हार मानेको छैन । सबै प्रेरणाको स्रोत दर्शक नै ह्ुनुहुन्छ । म केही परिवर्तित भएर आउन विश्राम लिएको हुँ, अभिनय यात्रामा पूर्णविराम लगाएको होइन ।’

पत्नी मधुसँग महानायक राजेश हमाल

मानिसको जीवन समयअनुसार परिवर्तन हुन्छ । मानिसका चाहना पनि समय परिस्थितिले निर्धारण गर्छ । हमालले थपे, ‘म आफ्नो जीवन र करिअरलाई लिएर नयाँ मोडमा उभिएको छु । जीवनमा जे गरें, त्यो राम्रो/नराम्रो आफ्नो हातमा छ । विगतको पानामा छ । अब अगाडिको इतिहास बनाउनु छ । गरिराखेको कामलाई अलिकति फरक तरिकाले प्रस्तुत गर्न मन छ ।’ आफूले कलाकारिताबाटै सबथोक पाएकाले चलचित्र क्षेत्रबाट कहिल्यै टाढा हुने र पलायन हुने सोच नआएको हमाल बताउँछन् ।

को बन्छ करोडपति, विभिन्न मेला महोत्सव, म्युजिक भिडियो, विभिन्न टेलिभिजन कार्यक्रम र भेटघाटमा व्यस्त रहने हमाल आफैंलाई दर्शक तथा शुभचिन्तकबाट निकै दबाब आइरहेको छ – अब चलचित्रको काम थाल्न्ुपर्छ । दर्शकको दबाबलाई उनले विभिन्न तर्क राखेर पन्छ्याउने गरेका छन् । हमाल भन्छन्, ‘वास्तवमा दर्शकले मलाई नयाँ भूमिका, नयाँ विषयसँगै अझ उत्कृष्ट प्रस्तुतिमा देख्न खोज्नुभएको छ । म दर्शकको प्रतिक्षाको घडी धेरै लामो बनाउन चाहन्न ।’

कोरोना अर्थात् कोभिड १९ का कारण अझै २ वर्षजति चलचित्र उद्योग चलायमान हुन नसक्ने हमालको अनुमान छ । सोही कारण हतारमै चलचित्र साइन नगर्ने अडानमा छन् उनी । ‘खासमा म कलाकार नै हो, विभिन्न किसिमको पात्र र भावनामार्फत दर्शकलाई इन्टरटेन गराउने एकदमै प्रतिक्षामा छु । अहिले नयाँ मोडमा उभिएको छु । समयको माग, मेरो परिस्थितिको माग पनि त्यही हो । अब छिट्टै चलचित्रमा फर्किनेछु,’ उनले भने ।

पत्नी मधुसँग महानायक राजेश हमाल

हमाल पत्नी भन्छिन्, ‘शंकर छिट्टै हे ... भन्नेवाला छ’

महानायकका धेरै ‘हिट डायलग’मध्ये एउटा हो – शंकर हुँ म शंकर । अनि हे ... । हमाल पत्नी मधु भन्छिन्, ‘शंकर छिट्टै हे ... भन्दै हलमा आउनेवाला छ ।’ मधुले राजेश हमाल छिट्टै चलचित्रमा फर्किने संकेत गरेकी छन् । हमालसँगै गफिने क्रममा उनले भनिन्, ‘यतिका वर्षसम्म चलचित्र उद्योगमा निरन्तर काम गर्नुभयो । सायद दर्शकको मायाकै कारण त थियो । दर्शकको मायामा कहिल्यै कमी नभएकाले पनि उहाँ छिट्टै फर्किनुपर्छ ।’

मधु राजेशसँगै स्वदेश, विदेश र भेटघाटमा जाने गरेकी छन् । उनी थप्छिन्, ‘चलचित्रका स्क्रिप्ट एकदमै धेरै छन् । राम्रो प्रोजेक्टको विषयमा कुरा भइराखेको छ । मैले पनि आम दर्शकजस्तै उहाँलाई अभिनयमा छिट्टै फर्किएको देख्न चाहेकी छु ।’

उता अमिताभ, यताका हमाल

चलचित्र क्षेत्रबाट हराउँदा पनि चर्चा । काम गरे पनि चर्चा । चलचित्रमा काम नगर्दा पनि उत्तिकै व्यस्तता । भारतमा महानायकको उपाधि पाएका अमिताभ र नेपालका राजेश हमालको दिनचर्या उस्ताउस्तै छ । एकदमै कम विवादमा आउने राजेश हमाल जस्तै अमिताभ पनि खासै कहिल्यै विवादमा आएको देखिएको छैन । आम नागरिकदेखि उपल्लो तहका व्यक्तिले समेत रुचाउँछन् महानायकलाई । ६ महिनाअघि भारतीय चर्चित मिडिया आजतकले लामो स्टोरी कभरेज गर्दैै महानायक राजेश हमाललाई अमिताभसँग दाँजेपछि हमालको चर्चा भारतमा समेत व्यापक रूपमा फैलिएको थियो ।

पढे–लेखेका, अग्लो कद, मिडियाका जस्तोसुकै प्रश्नको पनि सहज तरिकाले जवाफ दिन सक्ने सामर्थ्य राख्ने, कमै मात्रामा विवादमा मुछिने लगायतका कारण पनि हमाल र अमिताभलाई तुलना गर्ने गरिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख २५, २०८१

नेपाली चलचित्र ‘पुजार सार्की’को ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौंमा मङ्गलबार एक कार्यक्रमबीच ४ मिनेट १५ सेकेण्ड लामो ट्रेलर सार्वजनिक गरिएको हाे । आगामी जेठ १० गते विश्वव्यापी रुपमा एकसा...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

बैशाख ६, २०८१

यतिबेला भारतमा बलिउडका स्टार अभिनेताहरूमाथि सुरक्षा खतरा बढेको छ । सलमान खानपछि शाहरख खानमाथि पनि सुरक्षा खतरा बढेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।  केही दिनअघि मुम्बईस्थित सलमानको घरबाहिर फ...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x