×

NMB BANK
NIC ASIA

विज्ञ भन्छन्– ‘अब परीक्षण घट्छ, संक्रमण बढ्छ’

कात्तिक ४, २०७७

NTC
Premier Steels

 कोरोना परीक्षण र उपचारमा सरकारले शुल्क लिन थालेपछि संक्रमण तीव्र विस्तारको जोखिम बढ्ने चेतावनी विज्ञहरूले दिएका छन् । सामान्य लक्षण देखिएका शंकास्पद व्यक्तिले परीक्षण नै नगर्ने भएकाले समुदायमा संक्रमण व्यापक फैलिने उनीहरूले बताएका छन् ।

Muktinath Bank

विज्ञहरूले कोरोना उपचारमा शुल्क तोकेपछि हुने महामारीले मुलुकको अर्थतन्त्रलाई नै प्रभाव पार्ने चेतावनी दिएका छन् । उनीहरूले शुल्क लिने निर्णय यही सरकारले ल्याएको जनस्वास्थ्य ऐन २०७५ विपरीत रहेको बताए । ‘शुल्क लिने निर्णयबाट संक्रमण र मृत्यु बढ्नेछ,’ इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी) का पूर्वनिर्देशक डा. बाबुराम मरासिनीले भने, ‘अन्ततः यसले देशको अर्थतन्त्र ध्वस्त वनाउँछ ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

करिब एक महिनाअघि स्वास्थ्यमन्त्री भानुभक्त ढकालको उपस्थितिमा स्वास्थ्य मन्त्रालयमा रहेको इन्सिडेन्ट कमान्ड सिस्टम (आईसीएस) का पदाधिकारी सम्मिलित बैठकले कोभिड–१९ को उपचार शुल्क लिने निर्णय गरेको थियो । उक्त निर्णय मन्त्रिपरिषद्बाट हालै पारित भएको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले निर्णय आइतबारबाटै लागू भएको बताएका छन् ।


Advertisment
Nabil box
Kumari

औलो नियन्त्रण कार्यक्रम सन् १९६० मा सुरु हुँदा सरकारले एक डलर खर्चबापत १४ डलर अनुदान पाएको थियो । ‘मेरो विश्लेषणमा कोभिडमा एक डलर खर्च गर्दा नेपाल सरकारले २५ डलर पाउँछ,’ डा.मरासिनीले भने, ‘अहिले राजधानीमा जताततै फ्ल्याट र सटर खाली छन् । यहाँ नेपाली र विदेशी अत्यावश्यक कामबाहेक आउँदैनन् । यसले झन् बेरोजगारी बढ्छ र त्यसबाट विभिन्न क्षेत्रमा असर पुग्छ ।’

Vianet communication

विज्ञहरूका अनुसार अब प्रायः सर्वसाधारणले शुल्क तिरेर कोभिड परीक्षण गराउँदैनन् । उनीहरू घरमै बस्दा धेरै व्यक्तिमा संक्रमण सर्ने र मृत्यु हुनेको संख्यासमेत अत्यधिक बढ्ने जोखिम छ । परीक्षण र उपचार निःशुल्क रहेको समयमा पनि विभेदलगायत समस्या र बाध्यताले कतिपय मानिस उपचार प्रक्रियामा नआएको पाइएको थियो ।

‘काठमाडौंमा जतिसक्दो धेरै परीक्षण गर्दा कोभिड–१९ चाँडै नियन्त्रणमा आउने थियो,’ डा. मरासिनीले भने, ‘सरकारको गलत निर्णयले चैतसम्म लाखौं संक्रमित हुने सम्भावना बढ्यो ।’ नारायणी अस्पताल वीरगन्जका डा. निरज सिंहले अब धेरै जनाले परीक्षण र उपचार नगराउने सम्भावना रहेको बताए । उनले भने, ‘संविधानमा स्वास्थ्यलाई मौलिक अधिकार भनिन्छ । महामारी कसैले निम्त्याएको होइन । सरकारले महामारीको उपचार निःशुल्क गर्नुपर्छ,’ उनले भने ।

इडीसीडीका पूर्वनिर्देशक डा. जीडी ठाकुरका अनुसार अब धेरैले आर्थिक कारणले परीक्षण, उपचारलगायतमा ध्यान दिँदैनन् । सरकारी निर्णयले गरिबी वृद्घि हुने र संक्रमणको व्यापक विस्तार भई देशको स्वास्थ्य सूचकांकमा असर पार्ने उनको भनाइ छ । ‘संक्रमणले समग्र अर्थतन्त्र, स्वास्थ्य सूचकलगायत मुलुकको समग्र स्वास्थ्यमा पार्ने दूरगामी असरबारे सरकारले विश्लेषण गरेको छैन,’ उनले भने, ‘व्यापक रूपमा निःशुल्क परीक्षण गरी बिरामी चाँडै पहिचान गरेर उपचार प्रक्रियामा ल्याउँदा संक्रमण नियन्त्रण गर्न सकिन्छ तर जनस्वास्थ्यको मापदण्डविपरीत निर्णय गरेर सरकारले मुलुकलाई कोभिडको भुमरीमा पारिरहेको छ ।’

अस्पतालले लिन थाले कोभिड उपचार शुल्क
सरकारी अस्पतालले कोभिड–१९ संक्रमित बिरामीको उपचार खर्च नबेहोर्ने सरकारको निर्णय कार्यान्वयन गर्न थालेका छन् । काठमाडौंस्थित सिभिल अस्पतालले सोमबार सूचना जारी गर्दै संक्रमित आफैंले उपचार खर्च र खाना खर्च बेहोर्नुपर्ने बताएको छ । सूचनामा खाना अस्पतालको क्यान्टिनमा नगद धरौटी राखेपछि उपलब्ध हुने जानकारी गराइएको छ । अस्पतालका निर्देशक डा. दीर्घराज आरसीले यो नियम सोमबारदेखि लागू भएको बताए ।

वीर अस्पतालले नयाँ निर्णय छिट्टै लागू हुने जनाएको छ । ‘सम्भवतः भोलिदेखि लागू हुन्छ होला,’ अस्पतालका निर्देशक डा. केदार सेञ्चुरीले भने । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागरकुमार राजभण्डारीले स्पष्ट ‘गाइडलाइन’ तयार भए मात्र लागू हुन सक्ने बताए । उनले भने, ‘सरकारले बिरामीको अवस्थाअनुसार उपचारको दैनिक भत्ता दिइरहेको छ अनि हामीले किन बिरामीलाई तिराउने ?’ त्रिवि शिक्षण अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले लेखासम्बन्धी ‘सफ्टवेयर’ मा प्राविधिक तयारी गर्नुपर्ने भएकाले नयाँ निर्णय मंगलबारबाट मात्रै लागू हुने बताए । कान्तिपुर दैनिकमा अतुल मिश्रले खबर लेखेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x