×

NMB BANK
NIC ASIA

अर्थतन्त्र लयमा फर्किन थालेको संकेत, बैंकमा बढ्यो कर्जा र निक्षेप

कात्तिक ५, २०७७

NTC
प्रतिकात्मक तस्वीर
Premier Steels

पछिल्लो समय निरन्तर सुधारको क्रममा रहेका वाणिज्य बैंकहरूले १ हप्ताको अवधिमै ६९ अर्ब रुपैयाँले कर्जा प्रवाह र निक्षेप संकलन ७१ अर्बले बढाएका छन् । यसले अर्थतन्त्र क्रमशः लयमा फर्किन थालेको संकेत गरेको छ ।

Muktinath Bank

कोरोना संक्रमणबाट जोगिँदै सर्वसाधारण दैनिक कामकाजमा फर्कन थाल्नु र चाडबाडको माहोलले गर्दा बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाह र निक्षेप संकलनमा ह्वात्तै सुधार आएको हो । ६ महिनाअघिको बन्दाबन्दीपछि कर्जा प्रवाह ठप्प बनेका बैंकहरू पछिल्ला दिनमा कर्जा प्रवाह र निक्षेप संकलनमा आएको वृद्धिले उत्साहित बन्दै छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बैंकहरूले असोजको २३ गतेसम्म २८ खर्ब ७२ अर्ब रुपैयाँ ऋण प्रवाह गरेकामा ३० गते आइपुग्दा यो बढेर २९ खर्ब ४१ अर्ब रुपैयाँमा पुगेको हो । यसैगरी असोज २३ सम्म २९ खर्ब ६४ अर्ब निक्षेप संकलन गरेका २७ वाणिज्य बैंकले असोज ३० गतेसम्म ३० खर्ब ३५ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । १ हप्तामै निक्षेप संकलन मात्र ७१ अर्बले बढेको हो ।


Advertisment
Nabil box
Kumari

बैंक तथा वित्तीय संस्थाको कर्जा तान्ने होडबाजी, कर्जा तान्ने विभिन्न दशैं योजना र अफरले आर्थिक क्रियाकलाप चलायमान हुन थालेको छ । दशैंले बजारमा बढाएको चहलपहलसँगै बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाह बढ्न थालेको हो ।

Vianet communication

नेपाल बैंकर्स संघका कार्यकारी निर्देशक अनिल शर्मा बजार खुलेपछि चाडबाडले गर्दा कर्जा र निक्षेपको मागमा उल्लेख्य सुधार आएको बताउँछन् । कर्जाको ब्याज दर घट्नु, आर्थिक क्रियाकलाप खुल्दै जानु, दशैंको माहोल बन्दै जानुले बैंक तथा वित्तीय संस्थामा कर्जाको माग आउन थालेको उनको भनाइ छ ।

भदौको अन्त्यदेखि असोज ९ गतेसम्म करीब २ हप्तामा वाणिज्य बैंकहरूको कर्जा लगानी २५ अर्ब रुपैयाँले बढेको थियो । बैंक तथा वित्तीय संस्थाले मुद्दती निक्षेपमा पनि ब्याज बढाएका कारण निक्षेप संकलन पनि २ हप्तामा करीब ३७ अर्ब रुपैयाँले बढेको थियो ।

असोज ९ गतेसम्ममा वाणिज्य बैंकले ३५ खर्ब ३२ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् भने २९ खर्ब २९ अर्ब रुपैयाँ कर्जा लगानी गरेका थिए । गोरखापत्र दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

बैशाख २४, २०८१

जापानी बिदेशमन्त्री कामिकाबा योको झन्डै आठ घण्टाको नेपाल भ्रमण गरी स्वदेश फर्किएकी छन् । विमान चार्टर गरी नेपाल आएको मन्त्री योकोले स्वदेश फिर्दा भने नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको नियमित उडान प्...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x