×

NMB BANK
NIC ASIA

१२ कक्षाको परीक्षा छठलगत्तै

कात्तिक ५, २०७७

NTC
प्रतिकात्मक तस्वीर
Premier Steels

राष्ट्रिय परीक्षा बोर्डले देशभर होम सेन्टर (पढेकै स्कूल) मा ‘फेस टु फेस’ १२ कक्षाको परीक्षा सञ्चालन गर्ने भएको छ ।

Muktinath Bank

छठलगत्तै परीक्षा सञ्चालन गर्न कार्यविधि स्वीकृति र समयतालिका प्रकाशनको काम अन्तिम चरणमा पुगेको बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कार्यविधिअनुसार प्रत्येक विषयको सैद्धान्तिकतर्फ ४० प्रतिशतको छोटो परीक्षा, ४० प्रतिशत बराबर कक्षा ११ मा प्राप्त गरेको अंक र बाँकी २० प्रतिशत विद्यालयको आन्तरिक मूल्यांकनको आधारमा मान्यता दिने तयारी छ । प्रयोगात्मक परीक्षा भने पहिले जस्तै यथावत् रहनेछ । विद्यालयले सञ्चालन गरेको प्रयोगात्मक परीक्षाको अंक बोर्डमा पठाउनुपर्नेछ । ४० प्रतिशतको छोटो परीक्षाका लागि बोर्डले देशभर होम सेन्टर कायम गरेर एकै पटक सञ्चालन गर्ने अर्यालले जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

‘मन्त्रिपरिषद्ले कक्षा १२ को परीक्षा सञ्चालन गर्न स्वीकृति दिएको छ, शिक्षा मन्त्रालयले कार्यविधि बनाएर परीक्षा सञ्चालन गर्नु भन्यो,’ उनले भने, ‘परीक्षा सञ्चालनको कार्यविधिसहित दसैंअघि नै समयतालिका प्रकाशन गर्ने तयारीमा छौं ।’ छठ पर्व मंसिर ५ गते परेको छ । दुई साताअघि कक्षा १२ लगायत स्थगित भएका परीक्षा सञ्चालन गर्न मन्त्रिपरिषद् बैठकले अनुमति दिएको थियो ।

Vianet communication

बोर्डले स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पालना गर्दै प्रत्येक कोठामा निश्चित परीक्षार्थी राखेर परीक्षा सञ्चालन गर्ने जनाएको छ । परीक्षा सञ्चालनका लागि बोर्डले प्रश्नपत्र छपाएर जिल्लाजिल्लामा पठाइसकेको थियो । अब छोटो परीक्षाका लागि नयाँ प्रश्नपत्र छपाएर परीक्षा केन्द्रमा पठाइनेछ । प्रश्नपत्र छपाउन ढिलाइ भए अनलाइनमार्फत पठाउने कार्यविधिमा उल्लेख छ ।

विद्यार्थीको हाजिरी, विद्यालयले सञ्चालन गरेको परीक्षा, गृहकार्य, अतिरिक्त क्रियाकलापका आधारमा आन्तरिक मूल्यांकन गरिनेछ । कोरोना संक्रमणका कारण वैशाखमा हुनुपर्ने कक्षा १२ को परीक्षा सञ्चालन हुन सकेको छैन । बोर्डले परम्परागत विधिबाटै ठाउँअनुसार चरणचरणमा, कक्षा ११ को प्राप्तांकसहित कक्षा १२ को पनि मूल्यांकनसहितको परीक्षा र अनलाइनलगायत वैकल्पिक माध्यमबाट संक्षिप्त अनलाइन परीक्षा लिने प्रस्ताव गरेको थियो । सोही प्रस्तावमध्ये बोर्डले छोटो परीक्षा सञ्चालन गर्ने, कक्षा ११ को विषयगत प्राप्तांक र विद्यालयले सञ्चालन गरेको आन्तरिक परीक्षामा प्राप्त गरेको अंकको आधारमा परीक्षा सम्पन्न गर्न लागिएको हो ।

परीक्षा सकिएपछि बोर्डले नै नतिजा प्रकाशन र प्रमाणीकरण गर्नेछ । कक्षा १० को परीक्षा आन्तरिक मूल्यांकनका आधारमा गरेर बोर्डले प्रमाणपत्र जारी गरेको थियो भने कक्षा ११ को परीक्षा विद्यालयले सञ्चालन गर्ने र विद्यालय नै प्रमाणीकरण गर्ने निर्णय भइसकेको छ । कक्षा ११ को परीक्षा कोरोना संक्रमणका कारण अधिकांश विद्यालयमा हुन सकेको छैन । कक्षा १० को भने नतिजा प्रकाशन भएर पनि विद्यार्थी कक्षा ११ मा भर्ना हुन थालिसकेको छन् ।

कक्षा १२ को परीक्षा नहुँदा विश्वविद्यालयहरूमा स्नातक तहको भर्ना र पठनपाठन प्रभावित भएको छ । विगतमा दसैंअघि नै कक्षा १२ को नतिजा प्रकाशन भएर भर्ना प्रक्रिया सुरु भइसक्थ्यो । कक्षा १२ मा ४ लाख ३२ हजार परीक्षार्थी छन् । कान्तिपुर दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x